लुम्बिनीमा तामाङ जातिको अन्तराष्ट्रिय गुम्बा निर्माण हुने
याम्बु – तामाङ समुदायको अन्तर्राष्ट्रियस्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को तर्फबाट केही वर्षदेखि निरन्तर पहल भइरहेकोमा २०७३ फागुन २० गते लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको बैठकबाट यस प्रयोजनका लागि सो क्षेत्रमा एउटा प्लट दिने दिने निर्णय भएको थियो ।
सोही निर्णय कार्यान्वयन गराउन परिषद्ले पेश गरेको निवेदनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट मन्त्री रविन्द्र अधिकारीले आवश्यक कार्यका लागि यही कात्तिक ८ गते लुम्बिनी विकास कोषलाई तोकादेश भएको छ । लुम्बिनीमा तामाङ बौद्ध गुम्बा निर्माणका लागि परिषद्ले अखिल भारतीय तामाङ बौद्ध संघको नामबाट निवेदन गरेको थियो ।
-प्रतीक ङेसुर तामाङ ला फेसबुक ग्यामसे