हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

ताप्लेजुङमा पहिलोपटक पतिको मागमा अनुसार सम्बन्धबिच्छेद

ताप्लेजुङ : जिल्ला अदालत ताप्लेजुङले मुलुकी देवानी (संहिता) २०७४ अनुसार पुरुषको सम्बन्धविच्छेदको निवेदनमा पहिलो निर्णय सुनाएको छ । भदौ १९ गते सम्बन्धविच्छेदको निवेदन दिएका फुङलिङ नगरपालिका–६ का ६२ वर्षीय अमृतबहादुर लिम्बूको पक्षमा पत्नीसँगको सम्वन्धबिच्छेदको फैसला गरिदिएको हो ।

जिल्ला न्यायाधीश कृपासुर कार्कीको इजलासले लिम्बूको माग अनुसार ५६ वर्षीया पत्नी पृथीमाया लिम्बूसँग सम्वन्धबिच्छेदको फैसला गरेको अदालतका श्रेस्तेदार केदार प्रसाद गौतमले बताए ।

अदालतले २०७२ जेठ ५ गते नै पृथीमायालाई अंश दिलाएको थियो । अंश लेनदेनपछि अमृत र पृथीमाया छुट्टै बस्दै आएका थिए । अंश दिएपछि पनि पत्नीले सम्बन्धबिच्छेद गर्न नमानेर पेन्सन खोस्ने र अन्य मुद्द लगाइ दुःख दिन्छु भनेपछि आफैले बाध्य भएर सम्बन्धविच्छेदको निवेदन दिएको उल्लेख गरेका छन् ।

२०३४ सालमा विवाह गरेका उनीहरुका ३ छोरा र २ छोरी छन् । मुलुकी देवानी (संहिता) ऐन २०७४ परिच्छेद ३ दफा (९३) मा पतिपत्नीको मञ्जुरीमा सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ ।

त्यही परिच्छेदको दफा ९४ मा पतिले सम्बन्धविच्छेद गर्न पाउने उल्लेख छ । भदौ १ गतेदेखि लागू भएको यो संहिताले लगातार तीन वर्षसम्म सम्पर्कविहीन भए सम्बन्धविच्छेदका लागि पुरुषले पनि महिलासरह अदालत जान पाउने व्यवस्था गरेको हो । जिल्ला अदालतमा अन्य २ पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् ।

 

१२ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution