हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान विरुद्ध उजुरी

कञ्चनपुर – कञ्चनपुरमा एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् ।

भीमदत्त नगरपालिका–२, भाँसिकी रामकुमारी जोशी (नाम परिवर्तन)ले श्रीमान श्याम कुमार (नाम परिवर्तन) जोशीविरुद्ध मुद्दा दिएकी हुन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै जोशीले सोमबार आफ्नै श्रीमान विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो ।

रामकुमारीले श्रीमानले ३ महिनाको गर्भपतन गराएर आफूमाथी जबरजस्ती करणी गरेको उजुरी दिएको प्रहरीको भनाई छ ।

श्रीमतीले उजुरी दिएपछि प्रहरीले अहिले श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि आदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

जोशीले महाकाली अञ्चल अस्पतालमा एक हप्ताअघि गर्भपतन गराएको प्रहरीले जनाएको छ । कार्कीका अनुसार रामकुमारी र श्याम कुमारले डेढ वर्षअघि भागी विवाह गरेका थिए ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसुरको (४) उपदफा (३) मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कैदको व्यवस्था गरिएको छ ।

१२ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution