१८८ जना यात्रु सवार रहेको विमान समुद्रमा खस्यो

इन्डोनेसियामा विमान दुर्घटना
जकार्ता, कार्तिक १२ । इन्डोनेसियाको लायन एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
बोइङ ७३७ विमान आइतबार जकार्ताबाट उडेको केही समयमै दुर्घटना भएको हो । विमानमा १८९ जना सवार रहेको बताइएको छ ।
अधिकारीहरुका अनुसार विमान उडेको केहीबेर मै विमानस्थल टावरसँग सम्पर्कविच्छेद भएको थियो । समुद्रमाथि उडान गरिरहेको समयमा विमान दुर्घटना भएको हो ।
दुर्घटना भएको जलक्षेत्रमा उद्धारकर्मी पुगिसकेका छन् । समुद्रमा विमानसँग सम्बन्धित सामानहरु फेला परेको बताइएको छ । (एजेन्सी)