हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

श्रीलंकामा राष्ट्रपति सिरिसेनाले गरे संसद् निलम्बन,झन् चुलियो राजनीतिक संकट

श्रीलंकामा राजनीतिक संटक थप चुलिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसद् निलम्बन गरेका छन् । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रिपरिषद् विघटन गरेको भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गरेका हुन् । यसअघि शुक्रबार राष्ट्रपति सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । आफ्नै पार्टी गठबन्धन युनाइटेड पिपुल्स फ्रिडम अलायन्स (युपिएफए)ले सरकार छाड्ने निर्णय गरेलगत्तै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमासिंगेलाई पदच्युत गरेपछि राजापाक्षेलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । रनिल विक्रमासिंगेको स्थानमा सिरिसेनाले पूर्वराष्ट्रपति राजापाक्षेलाई नयाँ प्रधानमन्त्रीको शपथ खुवाएका थिए |

१६ तारिखसम्म संसद् निलम्बन

आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपति सिरिसेनाले संसद् निलम्बन गरेको संसद्का उच्च अधिकारीले जनाएका छन् । अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिंगेले संसद्को आपतकालीन बैठक बोलाउन माग गरिरहेका वेला राष्ट्रपतिले संसद् नै निलम्बन गरेका हुन् । निवर्तमान प्रधानमन्त्री रानिल विक्रमासिंगेले आफू संसद्को बहुमत प्राप्त प्रधानमन्त्री भएकाले बहुमत रहेसम्म प्रधानमन्त्री पदमै रहने दाबी गरेका छन् । संसद्मा आफ्नो बहुमत रहेकाले राष्ट्रपतिले हटाउन नमिल्ने उनले बताएका छन् ।

के छ चुनावी समीकरण ?

पछिल्लोपटक अर्थात् सन् २०१५ को अगस्टमा सम्पन्न संसदीय निर्वाचनमा रनिल विक्रमासिंगेको युनाइटेड नेसनल फ्रन्ट फर गुड गर्भनेन्स (युएनएफजिजी)ले १०६ सिट ल्याएको थियो । २२५ सिटका लागि भएको सो निर्वाचनमा प्रमुख विपक्षी पार्टी युनाइटेड पिपुल्स फ्रिडम एलियन्स (युपिएफए)ले ९५ सिट ल्याएको थियो । युपिएफए राष्ट्रपति सिरिसेनाको पार्टी हो । सरकार बनाउन ११३ सिट आवश्यक हुने भएको र कुनै पनि पार्टीले बहुमत नल्याएकाले दुवै पार्टीको गठबन्धनमा सरकार गठन भएको थियो । राष्ट्रपति सिरिसेनाप्रति बफादार सांसदहरूको समर्थनमा विक्रमासिंगेले सरकार गठन गरेका थिए ।

अनौठो संयोग

सन् ०१५ को राष्ट्रपति निर्वाचनमा सिरिसेनाले राजापाक्षेलाई पराजित गरेका थिए । आफ्ना कट्टर विरोधीलाई नै सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेको घटनालाई अनौठो मानिएको छ । निर्वाचनपछि राष्ट्रपति सिरिसेनाले विक्रमासिंगेको युनाइटेड नेसनल पार्टी युएनपीसँग मिलेर सरकार चलाएका थिए । श्रीलंकामा गृहयुद्धको समय तथा राजापाक्षेको शासनकालमा भएको दमनका दोषीलाई सजाय दिने प्रतिबद्धतासहित प्रधानमन्त्री र उनको युएनपी शक्तिमा पुगेका थिए । तर, नाटकीय रूपमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई च्युत गरेका छन् ।

राष्ट्रपतिको कदमको विरोध

राष्ट्रपतिको कदम असंवैधानिक भएको विपक्षीले बताएका छन् । अर्थमन्त्री मंगला समारविराले आफ्ना नेताको पदच्युतलाई कू बताएका छन् । राष्ट्रपतिद्वारा संवैधानिक रूपमा रनिल विक्रमसिंघेलाई पदच्युत गर्न नमिल्ने भएकाले विक्रमासिंघे नै श्रीलंकाको प्रधानमन्त्री भएको कतिपय राजनीतिक दल र तिनका नेताहरूले बताएका छन् । मन्त्रिपरिषद्का प्रवक्ता रैथा सिनार्टेनेले पनि विक्रमासिंघे नै प्रधानमन्त्री रहेको जिकिर गरे ।

विवादित राजापाक्षे

सन् २००९ मा श्रीलंकाको गृहयुद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गरिएको थियो । तर, विद्रोह दबाउने नाममा महिन्दा राजापाक्षे सरकारले हजारौँ तमिल नागरिकको हत्या भएको भन्दै उनको आलोचना भएको थियो । युद्धका अन्तिम समयमा सरकारले विद्रोहीविरुद्ध चरम दमन गरेको थियो ।

सरकार र विद्रोहीबीचको २६ वर्ष लामो द्वन्द्वमा ८० हजारदेखि एक लाख मानिस मारिएको अनुमान छ । दुवै पक्षले एक–अर्कालाई युद्ध अपराध गरेको आरोप लगाएका छन् । यसबाहेक पूर्वराष्ट्रपति राजापाक्षे र उनका भित्री वृत्तका मानिसमाथि ठूलो मात्रामा भ्रष्टाचार गरेको आरोप लागेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि दुई वर्षअघि सिरिसेनाले गृहयुद्धका समयमा भएको मानवअधिकार उल्लंघन र युद्ध अपराधबारे छानबिन गर्ने बताएका थिए ।

किन बढ्यो मतभेद ?

विक्रमासिंघेले सन् ०१५ को राष्ट्रपति निर्वाचनमा मैत्रीपालालाई विजयी गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर, आर्थिक नीति र प्रशासनिक कामलाई लिएर पछिल्लो समय सिरिसेना र विक्रमासिंगेबीच रस्साकस्सी चलिरहेको थियो । एउटा बन्दरगाह भारतलाई लिजमा दिने योजनाबारे दुई नेताबीच गम्भीर मतभेद थियो । पछिल्ला सातामा राष्ट्रपति सिरिसेना विवादमा तानिएको श्रीलंकाली सञ्चारमाध्यमले जनाउँदै आएका छन् । भारतीय गुप्तचर निकायले आफ्नो हत्याको षड्यन्त्र गरेको सिरिसेनाले मन्त्रिपरिषद्को बैठकमा बताएका थिए । सोही विषयमा उनले एक महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका थिए ।

११ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution