हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

काठमाडौं स्थित तीनचुलीको नाम्ग्याल झ्याङ्छ्युब गुम्बामा आगलागी (फोटो सहित)

याम्बु – बौद्ध स्थित तीनचुलीमा नाम्गेल ज्याङछयुब छयोलिङ गुम्बा कार्तिक ९ गते शुक्रबार  तदअनुसार अक्टोबार २६ गते बेलुकी १०ः३० बजे गुम्बाको प्रार्थना भवनमा अकस्मात विद्युत सर्किट सट भइ आगलागी भएको छ |

आगलागी गुम्बाको प्रार्थना भवन र भवन भित्र रहेका सम्पूर्ण समाग्री पूर्ण रुपमा जलेर क्षति भएको छ |  आगो नियन्त्रण गर्न हामीलाई सहयोग गर्नु हुने धर्म सदस्यहरु, सुरक्षाकर्मीहरु, दमकलका कर्मचारीहरु, स्थानीय दाजुभाइ  तथा दिदीबहिनीहरुमा नाम्गेल ज्याङछयुब छयोलिङ गुम्बाले  हार्दिक कृतज्ञता व्यक्त गरेको छ |

त्यसैगरी यो दुखद घटना लगत्तै देशविदेशमा रहनु भएका धर्म सदस्यहरु तथा शुभेच्छुक महानुभावहरुले घटनाप्रति प्रकट गर्नु भएको दुःखले हामीलाई धैर्यधारण गर्न उर्जा मिलेको छ । त्यसको लागि सम्पूर्ण धर्म सदस्य शुभेच्छुक महानुभावहरुमा धेरै धेरै थुजुछे व्यक्त गर्दछ |

सत्य कुनै बेला कल्पना भन्दा पनि विचित्रको हुन्छ । त्यही विचित्रको रुपलाई स्वीकार्नु भन्दा हामीसँग अरु केही विकल्प छैन । यो पनि संसाराभित्रको एउटा नियति भएकोले हाम्रो लागि आकस्मिक र ठूलो र्दूघटना हो । अझ भन्दा यो अनित्य कै स्वरुप हो । फेरि पनि यो दुःखद घडीमा यहाँहरुले प्रकट गर्नु भएको अपार सहानुभूति र साथको लागि हार्दिक धन्यवाद दिदै अगामी दिनहरुमा यहाँहरुको साथ, सहयोग र प्रणिधानको अपेक्षा गर्न चाहन्छौं ।
गुम्बाको प्रशासन र लामा आवशीय भवनमा कुनै क्षति नभएको जानकारी यहाँहरु समक्ष राख्न चाहन्छौं ।  क्षतिको प्रारम्भिक संकलित विवरण अनुसार भवन सहित झण्डै रुपियाँ १,१३,४२,०००  क्षति भएको अनुमान छ ।

-नाम्गेल ज्याङछयुब छयोलिङ गुम्बा
सर्व मंगलम

१० कार्तिक २०७५ 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution