नेपाल तामाङ घेदुङ इजरायलले ‘हमाद गदेर’ तातोपानीमा नुहाउन भ्रमण लैजाने
तेलअविव – नेपाल तामाङ घेदुङ इजरायल द्वारा तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने उद्धेश्यका साथ् यहि आउँदो १७ नोभेम्बर २०१८ (शनिबार) का दिन पाँचौ पटक भ्रमण कार्यक्रमको आयोजन गरेको छ |
यसपटक हमाद गदेर अर्थात् तातोपानीमा नुहाउनको लागि भ्रमण लैजाने भएको छ |बिहान तेलअविव लेवेन्सकी पार्कबाट ६ बजे प्रस्थान हुने कार्यक्रम रहेको छ | यस पटक भ्रमणमा जानेहरुको लागि इजरायली रेस्टुरेन्टमा लन्च (खानाको ब्यबस्था ) रहेको संस्थाका अध्यक्ष अनिता तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
बेलुका ५ बजे तेलअविव फर्कि सक्ने कार्यतालिका रहेको छ |
थप मनोरन्जनको लागि सहभागीहरुलाई भाग्यशाली चिठ्ठा मार्फत पुरुस्कारको पनि व्यवस्था गरेको छ | हमाद गदेर तातोपानीमा नुहाउदा चर्म रोग ,ढाड दुख्ने ,जोर्नी दुख्ने कम र निको बताएको छ |
प्राय जाडो महिनामा यहाँ नुहाउनेहरुको भिड लाग्ने गर्दछ | तातोपानीमा नुहाएर अनुभव गर्नुको साथै इजरायलको काम बाट थकाई मार्दै छुट्टीको समयमा साथीसंगी संग रमाइलो मनोरन्जन गर्न सुनौलो अबसर नगुमाउन इज रायल वासी तामाङ ज्यो ज्यो , आले, नाना आङ लगायत समस्त भ्रमण प्रेमि नेपाली दाजु भाइ तथा दिदि -बहिनिहरुलाई भ्रमण कार्यक्रमममा सहभागी हुना नेपाल तामाङ घेदुङले सबैलाई हार्दिक अनुरोधको साथ निमन्त्रणा गरेको छ |