हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

युवालाई थाहा छैन युवा मन्त्रालयबारे

काठमाडौँ — दशकअघि गठित युवा मन्त्रालयले हालसम्म ५ सय जनालाई युवा प्रतिभा र युवा उद्यमीको सम्मान दिइसकेको छ । ४७ युवा उद्यमीलाई शैक्षिक प्रमाणपत्रका आधारमा दुई लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । तथ्यांकअनुसार वार्षिक पाँच लाख युवा श्रमबजारमा उत्रिन्छन् ।

अधिकांश युवालाई भने युवा मन्त्रालय र त्यसका कार्यक्रमबारे थाहै छैन । ‘युवा मन्त्रालय छ भन्ने सुनेको छु तर हाम्रा निम्ति के गर्छ थाहा छैन,’ पाटन संयुक्त क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत युवा विरास राई भन्छन् । मन्त्रालयअन्तर्गत युवा परिषद् रहेको र त्यहाँ राजनीतिक कार्यकर्ताले नियुक्ति पाउने सुनेको उनले बताए ।

सिंहदरबार हातामा रहेको मन्त्रालयले ‘राष्ट्रिय युवा नीति–२०६६’ निर्माण गरेको छ । उक्त नीति परिमार्जनसहित २०७२ मा युवा परिषद् गठन भएको छ भने दस वर्षे ‘युथ भिजन–२०२५’ निर्माण गरिएको छ । तर, अन्तर मन्त्रालय समन्वय हुन नसक्दा युवा नीति र युथ भिजन कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रालय युवाका समस्या तत्काल समाधान गर्ने निकायभन्दा पनि सरकारी ‘जागिर खाने थलो’ मात्र बनेको युवा अधिकारकर्मी बताउँछन् । ‘मुख्य रूपमा पाँच बुँदे सारलाई लिएर हामीले युथ भिजन तयार गर्‍यौं,’ युथ भिजन निर्माण कार्यदलका सदस्य प्रदीप परियार भन्छन्, ‘नेपाली युवाको आशा जगाउन युवा परिषद् बन्यो ।’

युथ भिजनले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सीप विकास, सामाजिक सुरक्षा, सहभागिता, नेतृत्व विकास तथा खेलकुद र मनोरन्जनलाई प्राथमिकतामा राखेको छ । ‘तर, मन्त्रालय र परिषद् नेतृत्वले भिजनलाई कार्यान्वयन गर्न सकेन,’ डेढ दशकदेखि युवाका मुद्दा उठानमा संलग्न परियार परिषद् नेतृत्वप्रति भन्छन्, ‘सरकारी संरचनामा यो मन्त्रालय जागिर खाने, छट्याइएको बजेट सक्ने निकायमात्र भयो, परिषद् राजनीतिक दलको उपगुटमात्र अटाउने थलो बन्यो ।’ संघीय संरचनाअनुसार मन्त्रालय र परिषदको काम केन्द्रीकृत मात्र रहेको उनले जनाए ।

मन्त्रालयका सूचना अधिकारी महेन्द्र पौड्याल भने उद्देश्यअनुसार काम गर्दै आएको दाबी गर्छन् । त्यसनिम्ति युवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा अन्तर मन्त्रालय युवा नीति तथा युथ भिजन समन्वय समिति र सचिवको नेतृत्वमा अन्तर मन्त्रालय युवा नीति तथा युथ भिजन अनुगमन तथा मूल्यांकन समिति गठन भएको उनले जनाए ।

‘मन्त्रालयले युवालक्षित कार्यक्रम कार्यान्वयन गर्न अन्तर मन्त्रालय समन्वय गर्दै आएको छ,’ युवा नीतिअनुसार अर्थमन्त्रालयले कार्यक्रम दोहोरिन नदिएको उल्लेख गर्दै पौड्यालले उनले भने, ‘निकट समयभित्र चौमासिक समीक्षा हुँदैछ ।’ मन्त्रालयले युवा उद्यम, राष्ट्रपति महिला युवा उद्यम, युवा परामर्श तथा पुन:स्थापना, युवा स्वयंसेवक परिचालन, युथ क्लब गठन तथा नमुना युवा संसद् अभ्यास, सीपमूलक तालिम सुचारु राखेको पौड्यालले जनाए ।

‘यद्यपि संघीयतामा समन्वयको खाँचो भएको महसुस गरेको छ,’ उनले भने, ‘युवाले सहज ढंगले वित्तीय परामर्श पाउन सकेका छैनन् ।’ अहिलेसम्म ३ सय ९१ युवा उद्यम समूह र ११ जिल्लाका १८ समूह राष्ट्रपति महिला युवा उद्यमले पाँच लाख रुपैयाँको ऋण प्राप्त गरेका छन् । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । उक्त उमेर समूहका कुल जनसंख्याको ४० दशमलव ३ प्रतिशत युवाशक्ति रहेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution