हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

डिभोर्सपछि फस्टाएकी प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाडाैंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडाैंमै बित्यो ।

प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् ।

प्रियंकाका दुई आमा छन् । प्रियंकालाई जन्म दिने आमा रक्षा मल्होत्रा हुन् भने उनकी सानी आमा अंगुर बाबा कार्की डाक्टर हुन् ।

प्रियंकाका बुवा अहिले कान्छी आमा डाक्टर अंगुर बाबा कार्कीसँग बस्दै आएका छन् भने प्रियंकाकी आमा रक्षा भुपेन्द्रसँग अलग भइसकेकी छिन् ।

प्रियंका भने दुईवटै आमासँग नजिक छिन् ।

प्रियंकाका एक भाई छन् प्रणित कार्की, जो विगत केही वर्षयता अमेरिकामा बस्दै आएका छन् । प्रियंकाले रातो बंगलाबाट ए लेभलको अध्ययन पूरा गरेकी हुन् ।

प्रियंकाले बाल्यकालमै आफ्नो अभिनयको थालनी गरेकी थिइन् । सिनेमाको नाम थियो ‘महादेवी’ ।

७ वर्षको उमेरमा प्रियंकाले काम गरेको यो सिनेमालाई  निर्देशक नारायण पुरीले निर्देशन गरेका थिए ।

प्रियंकाले सन् २००५ अर्थात २०६१ सालमा मिस टीनको उपाधि हासिल गरिन् । उनले यस प्रतियोगितामा मिस ट्यालेण्ट, मिस विकिनीसँगै मिस इन्टेलिजेन्टको उपाधि पनि हात पारिन् । यो प्रतियोगितापछि प्रियंका ग्ल्यामर क्षेत्रतर्फ  आकर्षित भईन् ।

मिस टिन भएपछि प्रियंकाले कान्तिपुर टेलिभिजनमा भिजेको रुपमा काम गर्ने मौका पाइन् । उनले कान्तिपुरमा सुरुमा सेलुलोईड नामक कार्यक्रम सञ्चालन गरिन् भने पछि उनले द ग्ल्याम फ्याक्टर पनि सञ्चालन गरिन् ।

यहि च्यानलमा काम गर्दा प्रियंकाले अभिनयमा पनि डेब्यु गरिन् टेलिसिरियल ‘घरबेटी बा’ बाट । जान्ने बुझ्ने भएपछि प्रियंकाको यो नै पहिलो अभिनय थियो । यस सिरियलमा उनी टिनाको भूमिकामा थिइन् ।

यहाँ काम गर्दै गर्दा प्रियंकालाई सिनेमा पढ्न मन लाग्यो र उनी सन् २००७ मा अमेरिका हान्निइन् । अमेरिका पुगेर युनिभर्सिटी अफ नर्थ अलावामाबाट उनले सिनेमामा स्नातक गरिन् । सिनेमामा स्नातक गरेपछि सन् २०११ म प्रियंका फेरि नेपाल फर्किइन् ।

प्रियंकाले अमेरिकाको नर्थ अलावामामा अध्ययन गर्दा पनि युनिभर्सिटी अफ नर्थ अलावामा इन्टरनेशनल यु एन ए ब्युटी प्याजेन्टमा  भाग लिएकी थिइन् । यस प्रतियोगितामा उनी उत्कृष्ट ५ मा पर्न सफल भएकी थिइन् ।

अमेरिकामै हुँदा प्रियंकाले ‘भुल्ने पो हो की’ नामक सिनेमामा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यो सिनेमालाई भुटानिज नेपलिज प्रोडक्शनबाट निर्माण गरिएको थियो ।

सन् २०११ मा नेपाल फर्केकी प्रियंकाले सन् २०१२ बाट सिनेमामा प्रवेश गरिन् । उनले काम गरेको र साइन गरेको पहिलो सिनेमा थियो मेरो बेस्ट फ्रेण्ड । तर उनको यो सिनेमा प्रदर्शनमा आउन समय लाग्यो ।

यसै कारण प्रदर्शनका हिसाबले उनको पहिलो सिनेमा बन्यो ‘थ्री लभर्स’ । पहिलो सिनेमाबाटै सिनेमाबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड पनि हात पारिन् ।

प्रियंकाका सुरुवाती केही सिनेमाले कारोबार राम्रो नगरे पनि प्रियंका आफ्नो काम र व्यत्तित्वबाट भने धेरै निर्माता र निर्देशकलाई प्रभावित बनाउन सफल रहिन् । यसै कारण उनलाई कामको कहिल्यै खाँचो भएन ।

प्रियंकाको करिअरको पहिलो सफल सिनेमा हो सन् २०१४ को सिनेमा ‘झोले’ ।

यो सिनेमा प्रियंकाको सिने करिअरको करोड कमाउने पहिलो सिनेमा बन्यो । यस सिनेमामा प्रियंकाले दयाहाङ राईको जोडीको रुपमा काम गरेकी थिइन् ।

झोलेपछि उनको सिने करिअर निरन्तर रुपमा अघि बढ्यो ।

तयसपछि प्रियंकाले नेपालका चलेका र स्थापित भईसकेका ब्यानरसँग काम गर्ने मौका पाइन् ।

त्यसपछि विकासराज आचार्यको सिनेमा ‘नाई नभन्नु ल २’ उनको करिअरको अर्को सफल सिनेमा बन्यो ।

यो सिनेमामा प्रियंकाले सुरज सिंह ठकुरीसँग जोडी बाँधेकी थिइन् । यो सिनेमाले ४ करोड भनदा धेरैको कारोबार गरेको थियो ।

प्रियंकाले नाईं नभन्नु ल सिरिज, वडा नम्बर ६, छक्का पञ्जा सिरिज, फाटेको जुत्ता, शत्रु गते, कोहलपुर एक्सप्रेस, पुरानो डुंगा जस्ता सफल सिनेमामा काम गरिसकेकी छिन् ।

प्रियंकाको अभिनयको जति तारिफ हुन्छ उत्तिनै उनको नृत्यको पनि । नेपाली सिनेमा उद्योगमा उनीजस्तो नाच्न सक्ने अभिनेत्री नभएको धेरैको तर्क छ ।

उनले मुख्य अभिनेत्री भएर मात्रै हैन एउटा गीतमा मात्रै नृत्य गरेर धेरै सिनेमा लिड गरेकी छिन् ।

का कार्की सिनेमा सफल भएपछि उनले विभिन्न ब्राण्डहरुको ब्राण्ड एम्बेस्डर हुने अवसर पनि हात पारिन् ।

उनी कोकाकोला, सेनिटरी न्यापकिन, मेगा बैंक, ब्रिटानिया २०–२० बिस्कुट, एनसेल, डाबर हर्बल जेल टुथपेस्ट लगायतका ब्राण्डको ब्राण्ड एम्बेस्डर बनिसकेकी छिन् ।

प्रियंका भाग्यमानी अभिनेत्रीमा पर्छिन् किनभने नेपालमा भित्रिएको पहिलो फ्रेन्चाईज डान्स रियालीटी शो ‘बुगी वुगी’मा जज भएर काम गर्ने मौका पनि उनलाई नै जुर्यो ।

उनले भारतीय चाउचाउ, ईट ओको विज्ञापनमा पनि काम गरेकी छिन् जुन भारतीय भाषामा निर्माण गरिएको थियो । अति नै व्यस्त प्रियंकाको जीवन शैली पनि विन्दास छ । उनी मात्रै त्यस्तो अभिनेत्री हुन् जोसँग दुईवटा कार छन् ।

तीन वर्षअघि मात्रै मर्सिडिज कार किनेकी प्रियंकाले केही महिना अघि नयाँ सुविधासहितको कार किनेकी छिन् । उनले किनेको नयाँ कार टाटा जेस्ट  हो । यसको मूल्य ३३ लाख ५० हजार पर्न आउँछ ।

प्रियंका आफूसँग भएका दुईवटा कार आलोपालो प्रयोग गर्छिन् । विज्ञापन, सिनेमा, टेलिभिजन शो, स्टेज कार्यक्रम, म्युजिक भिडियो र विभिन्न कम्पनीका ब्राण्डहरुसँग आवद्ध रहेकी प्रियंका सबैभन्दा धेरै व्यस्त र धेरै कमाउने अभिनेत्रीमा पर्छिन् ।

प्रियंकाको प्रेम र वैवाहिक जीवन

सिनेमा पढ्न अमेरिका पुगेको बेला २३ वर्षको उमेरमा प्रियंकाको विवाह रोचक मैनालीसँग भयो । यो उनको प्रेम विवाह थियो ।

तर विवाह भएको तीन वर्षमा उनै प्रियंकाले यो सम्बन्धबाट अलग हुने निर्णय गरिन् । आफू स्वतन्त्र भएर जिउन चाहेका कारण रोचकसँग अलग भएको उनी बताउँछिन् ।

सन् २०१० मा उनीहरुको विवाह भएको थियो । सिनेमाको पढाई सकेर प्रियंकाले रोचकसँग नेपालमा आएर सिनेमा क्षेत्रमा काम गर्ने इच्छा जाहेर गरिन् । तर रोचकले भने उनलाई उतै एक गृहणीको रुपमा बसेर काम गर्न आग्रह गरे ।

तर प्रियंका सिनेमा क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढेकी थिइन् यहि कारण उनले रोचकलाई छोडिन् र सिनेमालाई रोजिन् । हुन पनि सम्बन्धबिच्छेद गरेर अघि बढेपछि प्रियंकालाई सिनेमा क्षेत्रमा फलिफाप नै भयो ।

सिनेमामा सफल रुपमा अघि बढ्दै गर्दा केही सिनेमामा एकसाथ स्क्रिन सेयर गरेका कारण प्रियंकाको नाम अभिनेता दयाहाङ राईसँग जोडिन पुग्यो । तर उनीहरुले यो प्रेमलाई कहिल्यै पनि स्विकारेनन् ।

यही हल्लाका बीच प्रियंकाको जीवनमा आए आयुष्मान देशराज जोशी । दुई वर्षअघि सिनेमा ‘कथा काठमाडांै’मा काम गर्ने क्रममा यो जोडी एकअर्कासँग नजिकिएको हो ।

प्रियंका अहिले अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेममा छिन् । आयुष्मान प्रियंका भन्दा ७ वर्ष कान्छा छन् ।

यी दुईले केही समय अघि मात्रै इन्गेजमेन्ट गरेका छन् भने अबको एक वर्षमा विवाह गर्ने तयारी उनीहरुको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution