हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

गणेश लामाको एक कलले खुल्यो सुन्दरीको नाटकीय प्रेमको रहस्य

काठमाडौं– ठगका हजार दाउ हुन्छन् भनेझैं प्रहरीलाई नै चकित पार्ने गरी एउटा ठगीको प्रयास भएको छ। प्रहरीको अनुसन्धान-प्रविधि दिन प्रतिदिन विकसित भइरहेको अवस्थामा ठगी गर्नेहरुले नयाँनयाँ तरिका अपनाउन थालेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाले ठगी प्रयास गर्ने एक जोडी युवक-युवतीलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो।

यसरी भयो ठगीको नाटकीय शैली

ललितपुरको कुपण्डोलमा बस्दै आएका एक व्यवसायी (शिव, नाम परिवर्तित) को फेसबुकमा जेठ अन्तिम साता एक युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। निशा अधिकारी नामको उक्त प्रोफाइल एक सर्को हेरेर उनी एसेप्ट बटम थिच्छन्।

‘हाई!’ तत्काल निशाबाट शिवलाई म्यासेज आउँछ।

म्यासेन्जरमा सामान्य कुराकानी र चिनजान हुन्छ। यो क्रम दुई-तीन दिनसम्म चली नै रहन्छ।

सन्चो-बिसन्चोदेखि खाना खाएको/नखाएकोसम्म कुराकानी म्यासेन्जरमै हुन थाल्छन्। केही दिनको कुराकानीपछि दुई जनाबीच मित्रता प्रगाढ बन्दै जान्छ। परिचितझैं उनीहरुबीच गफ हुन थाल्छ।

म्यासेन्जरमै उनीहरुले मोबाइल नम्बरसमेत साटासाट गरिसकेका हुन्छन्। म्यासेन्जरको कुराकानी फोनबाट थप विस्तारित हुँदै जान्छ।

असार १ गते ती युवतीले फोनमा भन्छिन्, ‘तपाईंलाई अफिसमा भेट्न दिउँसो आउँछु। भेटेर कुराकानी गर्नुछ।’

नदेखे पनि परिचितझैं बनिसकेकी उनको प्रस्तावमा शिव नाइँनास्ती गर्दैनन्। अफिसको लोकेसन दिन्छन्। निशा त्यहीँ पुग्छिन्।

‘नाम- इन्दु। घर- झापाको बुधबारे,’ उनी यसरी परिचय दिँदै कुराकानीको सुरुवात गर्छिन्।

उनी नजानिँदो पाराले शिव बसेको नजिकै पुग्छिन्। सोफामा बसेका उनी इन्दुको मुलायम कुरामा पग्लिन थाल्छन्।

यतिन्जेलमा शिव-इन्दुको दुरी एक इन्चभन्दा कम भइसकेको हुन्छ। बिस्तारै शिवको आलिंगनमा सुन्दरी इन्दु कसिँदै जान्छिन्।

यही मौकामा शिवमाथि इन्दुले चुम्बन गर्छिन्। केही समय रोमान्स गरेपछि फेरि भेटौंला भन्दै उनी शिवको कोठाबाट बाहिरिन्छिन्।

सुन्दर युवतीको मायामा डुबिसकेका शिव उनकै कल्पनामा डुबिरहेका बेला अचानक नयाँ नम्बरबाट फोन आउँछ।

‘म गणेश लामा।’ यति परिचय दिनासाथ उनी थरर हुन्छन्।

‘इन्दुसँग अफिसमा रोमान्स गरेको भिडियो मसँग छ। एक करोड दिन भए दिनु। नत्र भिडियो युट्युब र फेसबुकमा अपलोड गरेर भाइरल बनाउँदै तेरो बेइज्जत गर्छु।’ गणेश नामक उक्त व्यक्तिले धम्क्याइपछि शिव छाँगाबाट खसेझैं हुन्छन्।

बल्ल थाहा पाउँछन्- इन्दुले मायाको नाटक गरेर चुम्बन गरेर भिडियो बनाएको।

त्यसपछि एक करोड रुपैयाँको बार्गेनिङ गर्दै दिनहुँजसो फोन आउन थालेपछि शिव प्रहरीकहाँ पुग्छन् र उजुरी गर्छन्।

उनको उजुरीकै आधारमा प्रहरीले चुम्बन गर्ने ती युवती र फोनबाट करोडको बार्गेनिङ गर्ने युवकलाई पक्राउ गरेको छ। ठग्नकै लागि युवा-युवतीले गलत नाम ठेगाना दिएको तथ्यसमेत प्रहरीले पत्ता लगाएको छ।

पक्राउ पर्नेमा निशा र इन्दु नाम बताउने पाँचथरको हिलिहाङ गाउँपालिका–४ की २५ वर्षीया इन्दिरा उप्रेती र गणेश लामा नाम बताउने गोरखाको पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने छन्।

लामिछानेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बेलुका गौशालाबाट र उप्रेतीलाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। उनीहरुलाई कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ। नेपाल  खबर |

८ कर्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution