अन्तराष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन ३ दिन सम्म भारतको मिरिकमा हुदै

याम्बु – अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन भारतको दार्जीलिङ मिरिकमा आउँदो २०१८ डिसेम्बर १४,१५ र १६ तारिख (मङ्सिर २८ ,२९ र पुष १ गते) तीन दिन सम्म हुने भएको छ | सम्मेलनमा नेपाल भारत लगायत बिदेशमा रहेका तामाङ संस्थाहरुको सहभागी रहने छन् | बिदेशमा रहेका तामाङ संघसंस्थाको अन्तर्राष्ट्रिय तामाङ परिषद साझा संस्था हो | यसकोसम्मेलन प्रत्येक ४ बर्षमा एकपटक हुने गर्दछ |
विभिन्न देशमा रहेका तामाङ संघसंस्थाहरु प्राय सबै अन्तर्राष्ट्रिय तामाङ परिषदमा आवद्ध भईसकेका छन् | चौथो सम्मेलनको व्यवस्थापन अखिल भारत तामाङ बौद्ध संघले गरेको छ |
चौथो सम्मेलन द्वारा नयाँ नेतृत्वको चयन समेत गर्ने गर्ने छन् । यस संस्थाको संस्थापक अध्यक्ष परशुराम तामाङ हुनुहुन्छ। यसैगरी दोस्रो सम्मेलनले भारतका एमएस बमजनलाई अध्यक्ष चयन गरेको थियो । तेस्रो सम्मेलनबाट नेपालका महेन्द्रजंग तामाङ अध्यक्षमा चुनिनुभएको थियो ।
विश्वका विभिन्न देशमा निर्माण भएका तामाङ सङ्घसंस्थाहरुलाई समन्वय गरी विश्वभरिका तामाङहरुलाई तामाङ समाजको हक हित र समुन्नतिका लागि सङ्गठित गर्ने, तामाङ संघसंस्थाहरुको संस्थागत विकास एवम् सशक्तिकरणमा सहयोग पुर्याउने, तामाङ भाषा, लिपि, साहित्य, कला, धर्म, संस्कार, संस्कृति इतिहास एवम् मूल्य मान्यताको संरक्षण प्रवद्र्धन एवम् विकासमा टेवा पुर्याउने, तामाङ समुदायको शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक सामाजिक, धार्मिक एवम् राजनीतिक अभिवृद्धि तथा सर्वाङ्गीण हितका लागि आवश्यक योजना निर्माण तथा कार्यान्वयन गर्ने यो संस्थाको उद्देश्य रहेको छ ।