हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

यसरी गरियो साउदी दूतावासभित्र पत्रकार खशोग्गीको हत्या !

टर्कीको राजधानी इस्तानबुलमा रहेको साउदी अरबको वाणिज्य दूतावास भएको एक जना चर्चित पत्रकारको हत्याको सनसनीपूर्ण खुलासा भएको छ ।
हत्या भएको दिनको सीसीटीभी फुटेजका आधारमा कैयौँ खुलासा भएका छन् । जसमा पत्रकार जमाल खशोग्गीको हत्या भएको दिनमा साउदी अरबले भ्रम पैदा गर्न अपनाएका विभिन्न हर्कतहरुको खुलासा भएको छ ।


अक्टोबर २, २०१८ । बिहानको ११ः ०३ बजे । एक व्यक्ति शर्ट र जिन्स लगाएर आफ्ना केही साथीका साथ दूतावासमा प्रवेश गर्छन् । त्यसको २ घण्टापछि दिउँसो १ बजेर १४ मिनेट जाँदा पत्रकार जमाल खशोग्गी दूतावासमा प्रवेश गर्छन् । उनी दूतावासमा प्रवेश गरेको केही मिनेटमै भित्र साउदी अरबको पूर्व नियोजित षड्यन्त्र सफल हुन्छ ।

न्यूयोर्क टाइम्सका अनुसार अक्टोबर २ मा इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र जानेबित्तिकै पत्रकार खशोग्गीमाथि आक्रमण हुन्छ र सात मिनेटभित्र उनको हत्या हुन्छ । त्यति मात्रै होइन, २२ मिनेटभित्र उनको शरीरलाई टुक्राटुक्रा पारिन्छ ।

टर्कीका सरकारी अधिकारीका अनुसार पत्रकार खशोग्गीको हत्या गरी साउदी टोली त्यहाँबाट दुई घण्टाभित्रमै बाहिर निस्कन्छ ।

सीसीटीभी फुटेजबाट यो स्पष्ट हुन्छ कि साउदी अरबका हत्यारा एजेन्टहरुले भ्रमपूर्ण अवस्था सिर्जना गर्न खशोग्गीजस्तै देखिने व्यक्ति(बडी डबल) को बन्दोबस्त गरेको थियो ।

हत्यापछि उसलाई खशोग्गीले लगाएकै कपडा लगाइदिइएको थियो । केही समयअघि दूतावास प्रवेश गरेका खशोग्गी त्यहाँबाट फर्किए भन्नलाई यस्तो गरिएको थियो । केही समयसम्म त साउदीको योजना सफल भएको थियो । पत्रकार खशोग्गी दूतावासबाट फर्किए भन्ने कुरा सीसीटीभीमा पनि देखिएको थियो । तर एउटा जुत्ताले हत्याको पुरै षड्यन्त्रको खुलासा भयो । टर्कीले सार्वजनिक गरेको भिडियोमा खशोग्गीजस्तै व्यक्तिलाई उनको हत्या भएको केही समयपछि नै इस्तानबुलको सडकमा हिँडिरहेको देख्न सकिन्छ । केही समयपछि उसले खशोग्गीको कपडा पनि फुकाल्यो ।

कपडा, दाह्री र शारीरिक वनावट दुरुस्तै

खशोग्गीको कपडा लगाएर दूतावासबाट बाहिर निस्कने व्यक्ति उनीजस्तै देखिन्छ । चश्मा र दाह्री पनि उनकै जस्तो छ । उमेर र शरीर हेरेर पनि सबैले खशोग्गी नै भएको लख काट्छन् । तर जुत्ताले भने सबै खुलासा गरिदियो, जुन साउदीले लुकाउन खोजेको थियो । यदि दूतावासबाट निस्किएका पत्रकार खशोग्गी नै हुन् भने उनले किन जुत्ता फेरे भन्न गम्भीर प्रश्न उठ्छ । यदि उनी पत्रकार खशोग्गी होइनन् भने उनको कपडा लगाएर बाहिर निस्कने व्यक्ति को हो त ?

नक्कली व्यक्तिको भयो पहिचान

खशोग्गीजस्तै बनेर दूतावासबाट बाहिर निस्कने व्यक्तिको परिचय मुस्तफा अल मदनीका रुपमा खुलेको छ । मदनी साउदी जाँच टिमको सदस्य भएको र उनलाई खशोग्गीको हत्या गर्न दूतावासमा पठाइएको बताइएको छ । मदनी झण्डै ५७ वर्षका छन् । उनी दूतावासमा जाँदा उनको दाह्री थिएन । उनले अर्कै कपडा लगाएका थिए । उनले स्पोर्ट शुज लगाएका थिए । तर खशोग्गीको हत्या गरेर बाहिर निस्कने बेलामा उनले एउटा गल्ती गरे । उनले खशोग्गीको कपडा र नक्कली दाह्री त लगाए तर जुत्ता भने फेरेनन् । उनी आफ्नै स्पोर्ट शुज लगाएर बाहिर निस्किए ।


खशोग्गी कालो रंगको फर्मल ड्रेस लगाएर भित्र गएका थिए । उनलेका कालो रंगको जुत्ता लगाएका थिए । यो सीसीटीभी फुटेज टर्कीका अनुसन्धानकर्ताका लागि महत्वपूर्ण प्रमाणका रुपमा रहेको छ ।

हत्यामा १५ जना सहभागी

टर्कीका राष्ट्रपतिका निकट एक अधिकारीका अनुसार पत्रकार खशोग्गीको हत्या पूर्वनिर्धारित षड्यन्त्र थियो । योभन्दा पहिले साउदीकै एक वरिष्ठ अधिकारी पत्रकार खशोग्गीसँग सोधपुछ गर्न १५ जनाको टोली खटाइएको थियो । उनीहरुले अक्टोबर २ का दिन खशोग्गीसँग सोधपुछका साथै किडन्याप र ज्यान लिने धम्की दिए । खशोग्गीले विरोध जनाएपछि उनको घाँटी रेटेर हत्या गरिएको र १५ जनामध्ये एक जना उनकै कपडा लगाएर बाहिर निस्किए ।एजेन्सी

***

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइनेछ : साउदी अरब

पत्रकार जमाल खशोग्गीको हत्यारा जो भए पनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।’

राज्य सञ्चालित एसपीए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रिपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘साउदी अरबले सत्य तथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ ।’

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महावाणिज्य दूतावासमा गएको अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।रासस

७ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution