तामाङ बौद्ध सेवा समितिको आयोजनमा बाल-कविता प्रतियोगिता सम्पन्न

वाइबा दिपक – कार्तिक ६ गते, पोखरा ।तामाङ बौद्ध सेवा समिति ,संगमटोल-१३ को आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता सम्पन्न भएको छ । दुई समूहमा विभाजित जुनियर समुहबाट सोहेन योन्जन प्रथम , युनिक गोम्जा द्वितीय र एलिना लोप्चन तृतीय हुन सफल भएको छ । यस्तैगरि सीनियर तर्फ प्रथम गोम्जा प्रथम , आस्था वाईबा द्वितीय र निरा लामा तृतीय हुन सफल भएको छ ।
कुम बहादुर योन्जनको नेतृत्वमा अन्जना तामाङ र मनिशा तामाङ सहितको तीन सदस्यीय छनोट समितिले नतीजा सार्वजनिक गरेका थिए । तामाङ मातृभाषा र नेपाली दुवै भाषामा प्रतियोगीहरुले कविता वाचन गरेका थिए ।
कार्यक्रमाका प्रमुख अतिथि धनप्रसाद तामाङले यस्तै सिर्जनशील कार्यक्रम मार्फत बालबालिकाको क्षमता अभिवृद्धि र प्रतिभाको उजागर गर्दै लैजानुपर्छ भन्ने विचार व्यक्त गर्नुभयो । समाजमा यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्छ भन्नुभयो ।
सो कार्यक्रममा कुम बहादुर योन्जन , दिपक वाईबा तामाङ, राम प्रसाद सम्देन र अन्जना डुम्जन लगायतका अगुवाहरुले आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
समितिका अध्यक्ष बुद्धि बहादुर तामाङको अध्यक्षतामा समितिका महिला सदस्य शान्ति तामाङको स्वागत मन्तव्य र सहसचिव पवित्र थोकरको सन्चालनमा सम्पन्न भएको थियो ।