हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

टिकटक : विश्वभर सामाजिक सञ्जालमा छाएको चिनियाँ एप,सरकारसँग टकराव

एजेन्सी । चिनियाँ सामाजिक सञ्जालका एपले बिरलै आफ्नो घरेलु प्रयोगकर्ताभन्दा बाहिर लोकप्रियता हासिल गरेको इतिहास छ । तर, यो परिस्थितिलाई बदल्दै छ टिकटकले ।

मात्र दुई वर्षको समयमा यो एपका आधा अर्बभन्दा बढी प्रयोगकर्ता भइसकेका छन् । जसमध्ये ४० प्रतिशत चीनबाहिरका रहेका छन् ।यस एपबाट प्रयोगकर्ताहरुले लिप सिङ्क गर्दै आफू नाचेको, अभिनय गरेको वा रमाइलो गरेको भिडियोहरु सेयर गर्ने गर्नेछन् ।

बेइजिङमा रहेको स्टार्टअप बाइटडान्सले शुरु गरेको टिकटक एपले चीनका अन्य स्थापित सोसल मिडिया प्लाटफर्म जस्तै, टेनसेन्टको विच्याट, सिना वेइवो र अलिबाबाको योउकुलाई पनि पछि पार्न सफल भएको छ ।

‘फेसबुक, ट्वीटर र स्नापच्याट जस्ता विदेशी कम्पनीका प्लाटफर्महरुले सामाजिक सञ्जालमा अधिपत्य जमाइरहेको अवस्था बाइटडान्सको यो एपले आफूलाई भिन्नरुपमा उभ्याउन सफल भएको छ,’ एनालाइटिक फर्म सेनसर टावरमा मोबाइल इन्साइटका प्रमुख र्यान्डी नेलसन भन्छन् ।

सामाजिक भिडियो एपले यो वर्ष झनै लोकप्रियता हासिल गर्न सफल रह्यो । सेन्सर टावरका अनुसार विश्वभर डाउनलोड भएका शीर्ष १० एप मध्ये तीन सामाजिक सञ्जालको भिडियो एप थियो । त्यसमध्ये दुईवटा बाइटडान्सको टिकटक र भिगो थियो । अर्को थियो, फेसबुकको इन्सटाग्राम ।

बाइटडान्सको सफलताले ठूला बाइटडान्सले ठूला लगानीकर्ताहरु आकर्षित गरिरहेको छ । पछिल्लो समय टेक किङमेकर सफ्टबैंकले लगानीको लागि छलफल गरिरहेको छ । यसपछि कम्पनीको मूल्य ७५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । जबकी पछिल्लो वर्ष यसको मूल्य करिब २० अर्ब डलर मात्र थियो ।

यसो भएको खण्डमा उबरसँगै बाइटडान्स विश्वकै सबैभन्दा मूल्यवान स्टार्टअप हुनेछ ।

यसबारेमा बाइटडान्सले कुनै प्रतिक्रिया दिन चाहने भने सफ्टबैंकले पनि कुनै प्रतिक्रिया दिएन ।

मानिसलाई अल्झाउन एआईको प्रयोग

बाइटडान्सले आफूलाई आर्टिफिसियल इन्टिलिजेन्स कम्पनी भन्न रुचाउँछ । यसले मेसिन लर्निङ र एल्गोरिदमको प्रयोग गरेको मानिसहरुको रुची पत्ता लगाउँछ र उनीहरुले चाहेको कुरा प्रस्तुत गर्छ ।

यो कम्पनी चीनमा चर्चित न्युज एप जिनरी टाउटियाओ वा ‘टुडेज् हेडलाइन्स’ का लागि चनिन्छि । यो उसले सन् २०१२ मा लञ्च गरेको थियो । यसको कस्टमाइज्ड न्युज फिडबाट मानिसहरु तत्कालै यो एपमा आकर्षित बनेका थिए ।

यो एपको हाल २४ करोड मासिक प्रयोगकर्ता रहेका छन् भने उनीहरुले हरेक दिन औसत ७४ मिनेट यो एपमा बिताउने गरेका छन् ।

बाइटडान्सले यही फर्मूला सन् २०१६ मा लञ्च गरिएको डुओयिन नामक भिडियो एपमा प्रयोग गर्यो ।

यसमा स्नापच्याट जस्तै फङ्गसनहरु रहेका छन् जसमा प्रयोगकर्ताले १५ सेकेन्ड लामो भिडियोलाई सामाजिक सञ्जालमा पोष्ट गर्न अघि फिल्टरहरु राखेर इडिट थर्न सक्छन् ।

विश्व बजारमा प्रवेश

बाइटडान्सले शुरुमा नै विश्वबजारमा प्रवेश गर्ने लक्ष्य लिएको थियो । उसले सन् २०१५ मा अंग्रेजी समाचार एप ‘बज’बाट पहिलो अन्तर्राष्ट्रिय उत्पादन शुरु गरेको थियो ।

पछिल्लो वर्ष बाइटडान्स निकै आक्रामक देखियो । मात्र १० महिनाको अवधिमा कम्पनीले लस एन्जलिसको भिडियो स्टार्टअप फ्लिपग्रामलाई किन्यो, डाउयिनको विदेशी भर्सन टिकटक रिलिज गरयो र ८० करोड डलरमा अमेरिका र पश्चिमा देशमा लोकप्रिय म्युजिकल.लीलाई किन्यो ।

फ्लिपग्रामलाई अहिले भिगो भनेर चिनिन्छ भने म्युजिकल.लीका प्रयोगकर्ताहरु टिकटकमा समावेश भइसकेका छन् ।

यसले एसियामात्र नभएर युरोप र उत्तर तथा दक्षिण अमेरिकामा प्रयोगकर्ताहरु बढाउन मद्दत गर्यो ।सेन्सर टावरका अनुसार बढ्दो प्रयोगकर्ताको अनुपातले बाइटडान्सलाई विश्वकै पाँचौ ठूलो एप निर्माता कम्पनी बनाएको छ ।

सन् २०१८ को तेस्रो क्वाटरमा पछिल्लो वर्षको तुलनामा टिकटकको डाउनलोड पाँच गुणाले बढेको छ ।बाइटडान्सका अनुसार टिकटक डाउयिनको अहिले ५० करोड मासिक प्रयोगकर्ता रहेका छन् ।

यो ट्वीटरभन्दा बढी हो भने इन्सटाग्रामभन्दा आधा मात्र कम हो ।टिकटकको लोकप्रियताले एप्पलका सिइओ टिम कुकको समेत ध्यान तान्न सफल रह्यो । गत हप्ता उनी बाइटडान्सको हेडक्वाटर्समा नै पुगेका थिए ।

आयको सम्भाव्यता

लगानीकर्तालाई बाइटडान्स मनपर्छ किनभने यसका करोडौँ प्रयोगकर्ताले विज्ञापनको ठूलो राशी आकर्षित गर्छ ।बाइटडान्सले आफ्ना एपहरुले भित्र्याउने आयको बारेमा खुलाएको छैन । तर, स्रोत भन्छ टोउटियाओले चीनबाट मात्र २.९ अर्ब डलर संकलन गरेको थियो ।

यसका भिडियो एप झनै युवाहरुमा निकै चर्चित रहेको छ ।

सरकारसँग टकराव

यो स्टार्ट अपको लोकप्रियतासँगै चिनियाँ सरकारको ध्यानाकर्षित भएको छ ।

फेसबुक र ट्वीटर जस्तै बाइटडान्स पनि फेक न्युज र अनुचित कन्टेन्टको समस्याबाट जुझीरहेको छ ।

गत वर्ष सरकारी अधिकारीहरुले अनुचित कन्टेन्टको कारण देखाउँदै २४ घण्टा टाउटियाओलाई बन्द गरेको थियो ।

त्यस्तै, बाइटडान्सको नेइहान डुआन्झी नामक एपलाई अश्लिल सामाग्री तथा अनुचित समाजिक राय प्रस्तुत गरेको भन्दै पूर्णकालिन रुपमा बन्द गरिएको थियो ।

बाइटडान्सले यसबारे माफी माग्दै यस्ता कन्टेन्टलाई रोक्न थप जनशक्ति थप्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution