हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

अमेरिकामा स्व. चक्रप्रसाद बस्तोलाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना

याम्बु – जन सम्पर्क समिति अमेरिकाले पुर्व मन्त्रि एवं भारतका लागी पुर्व राजदुत स्व. चक्रप्रसाद बस्तोलाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरियो । उक्त सभा पुर्व अर्थमन्त्रि राम शरण महतको प्रमुख आथित्यमा भएको थियो । न्युयोर्कको ज्याक्सनहाइटमा सम्पन्न कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न सस्थाका प्रतिनिधिहरुले स्व चक्र बस्तोलाले नेपालको परिवर्तित आन्दोलनमा महत्वपुर्ण भुमिका निभाउनुको साथै मुलुकको विकासमा पुर्‍याउनु भएको योगदानको बारेमा चर्चा गरेका थिए ।


जन सम्पर्क समितिका सभापति आनन्द विष्टको सभापतित्वमा भएको कार्यक्रममा पुर्व मन्त्रि महतले मुलुकको राजनितिक आन्दोलनको साथै देशको आर्थिक विकास र कुटनितिक क्षेत्रमा स्व नेता बास्तोलाले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।


समितिका महासचिव मुनिन्द्र नेम्हाङले सञ्चालन गरेको कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष तथा कानुन व्यवसायी खगेन्द्र क्षेत्री, गुल्मी जिल्लाको कांग्रेसको नेता त्रेलोक्या प्रताप सेन, आदीवासी जनजाती महासंघ फिफनाका बरिष्ठ उपाध्याक्ष राजकुमार विष्ट , नेपाली कांग्रेस महासमिति सदस्य बेद खरेल, समितिको सल्लाहकार कृष्ण बहादुर विष्टएनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजा, नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुडामगर, एनआरएन आइसिसिका सदस्य बन्दना कोइराला, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, युनाइटेढ किरात राई एसोसियसन न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, गुरुङ समाजका अध्यक्ष जीतजंग गुरुङ ,मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप मगर, जन सम्पर्क समिति न्युयोर्क च्याप्टरका उपाध्याक्ष अमर तामाङ, नर्थ अमेरिका तामाङका अध्यक्ष लकेन लामा लगायतले स्व नेता बास्तोलाको योगदानको चर्चा गदै शोक मन्तव्य दिएका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution