हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

केपी ओलीको ‘थेसिस’-वामदेवलाई भारतले उचाल्यो

४ कात्तिक, काठमाडौं । नेकपाका शीर्षनेता वामदेव गौतमलाई काठमाडौं- ७ बाट चुनाव लडाउने अध्याय समाप्त भइसकेको छ । तर, पटक-पटक सांसद बन्न खोज्ने वामदेवको प्रयासका पछाडि छिमेकी भारतको उक्साहट रहेको विश्लेषण नेकपाभित्र सुरु भएको छ ।

नेकपाका नेताहरुले दिएको जानकारी अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमको चुनाव लड्ने प्रयासलाई छिमेकीको उक्साहटमा भएको षडयन्त्र बताएका छन् । अघिल्लो साता रामवीर मानन्धरको राजीनामा आएपछि प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालसँग भने- ‘यसमा ठूलै डिजाइनले काम गरेको छ ।’
महाकाली सन्धिको विरोध गर्दै एमाले फुटाएका वामदेव गौतमलाई भारतले राम्रो नजरले हेर्ने गरेको थिएन । महाकाली सन्धि हुँदा केपी ओली त्यसको पक्षमा थिए भने वामदेव गौतम चर्को विरोधमा थिए । तर, अहिले उनै केपी ओलीले वामदेवलाई भारतको उक्साहटमा लागेको आरोप लाग्ने अवस्था कसरी आइपुग्यो ? यो नेकपाभित्रको निकै रोचक प्रशंग हो ।

दक्षिणतर्फ वामदेवको यु-टर्न !

नेकपाको उच्च स्रोतका अनुसार जतिबेला केपी शर्मा ओली भारतीय नाकाबन्दीको विरोधमा चर्कोसँग उत्रिइरहेका थिए, त्यसबेलादेखि नै भारत एमालेभित्र आफ्नो बलियो विश्वास पात्रको खोजीमा थियो । तर, उसले ओलीको विरुद्धमा माधव नेपाल वा झलनाथ खनाललाई प्रयोग गर्न सम्भव देखेन र उसको नजर वामदेव गौतमतर्फ पर्‍यो ।

महाकाली सन्धीको विरोध गरेर नेकपा माले बनाउँदा राष्ट्रवादी छवि बनाएका वामदेव वैचारिक अडान नभएका नेताका रुपमा परिचित छन् । यही कारण उनको राष्ट्रवाद भारतपरस्त दृष्टिकोणमा सहजै परिवर्तन भएको पूर्वएमालेका एक नेता बताउँछन् ।

सूत्रको दाबीअनुसार वामदेव गौतमलाई भारतले आफ्नो प्रभावमा पूर्णरुपमा पारेको चाहिँ एमाले-माओवादी गठबन्धन सरकार ढलेर प्रचण्ड प्रधानमन्त्री बनेपछि हो । ओली सरकार ढलेपछि प्रधानमन्त्री बनेका प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बेलामा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको थियो । तर, ओलीले यो प्रस्तावलाई अस्वीकार गरिदिए ।

‘प्रचण्डले शेरबहादुरलाई हस्तान्तरण गर्ने बेलामा इण्डियनहरुले सर्वदलीय सरकार बनाउने एउटा प्रस्ताव ल्याएका थिए,’ नेकपा स्रोत भन्छ- ‘चुनावको म्याद एक वर्ष थप्ने, चुनावी सरकार देउवाकै नेतृत्वमा बनाउने तर, वीचमा केही समय सर्वदलीय सरकार बनाएर वामदेवलाई प्रधानमन्त्री बनाउने । तर, यो प्रस्ताव केपी ओलीले मानेनन् । र, देउवाकै नेतृत्वमा सरकार बन्यो ।’

त्यसबेला वामदेवले आफ्नो नेतृत्वमा सर्वदलीय सरकार बनाउने प्रस्ताव केपी ओलीसम्म पुर्‍याएको नेकपाका नेताको दाबी छ । पदीय लोभमा परेर गौतम भारतको योजनामा लपक्कै भएको आरोप नेकपाका केही नेताहरुले लगाउन थालेका छन् । र, विश्लेषणका सर्जक प्रधानमन्त्री केपी ओली आफैं हुन् ।

रामवीर प्रकरणले वामदेव ‘एक्स्पोज’ भए

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का सांसद रामवीर मानान्धरले सांसद पद छाड्ने घोषणा गरेपछि वामदेव गौतम एक्स्पोज भएको नेकपाका नेताहरुको बुझाइ छ ।

नेकपाका एक नेताले भने- ‘आर्थिक अनुशासनको हिसाबमा पनि वामदेवको छवि भ्रष्टाचारसँग जोडिने गरेको छ । उनले महाकाली सन्धीका बेलाको राष्ट्रियताको अडान पनि इण्डियालाई बिसाइसकेका छन् । र, अहिले सांसद हुन डोल्पादेखि काठमाडौंसम्म गरेको मरिहत्तेपछि उनी पदका लागि जे पनि गर्छन् भन्ने सन्देश गएको छ ।’

केपी ओलीमाथि ‘सरप्राइज्ड एट्याक’

काठमाडौं क्षेत्र नम्बर ७ का नेकपा सांसद रामवीर मानन्धर केपी ओली गुटकै नेता हुन् । तर, ओलीले मन्त्री नबनाएकोमा मानन्धर ओलीसँग असन्तुष्ट रहँदै आएका थिए । तर, राज्यमन्त्रीसरहको सुविधा पाइने संसदीय समितिको सभापति बन्न पाइन्छ कि भन्ने मानन्धरको चाहना थियो, ओलीले त्यो सभापति पनि बनाएनन् । यसले गर्दा अलिकति सन्की स्वाभावका मानन्धर ओलीसँग भित्रभित्रै मुर्मुरिइरहेका थिए ।

ठीक यही समयमा वामदेव गौतमका प्युठानतिरका एकजना नेकपा नेताले मानान्धर ओलीसँग रिसाएको पत्तो पाए । त्यसपछि उनले मानन्धरलाई वामदेव गौतमकहाँ लिएर गए । नेता गौतमले आफू सांसद बनिसकेपछि उनलाई राष्ट्रियसभाको सदस्य र मन्त्री बनाइदिने आश्वासन दिए । कतिपयले आर्थिक विषयमा पनि कुरा भएको बताए पनि त्यो पुष्टि हुन सकेको छैन ।

रामवीरसँग सांसद पदको लेनदेन गर्ने सहमति भइसकेपछि वामदेवले प्रचण्डलाई फोन गरेर भने- ‘एकजना महत्वपूर्ण मान्छेसँग तपाईलाई भेट गराउनुपर्ने छ, समय मिलाइदिनुपर्‍यो ।’

यति भनिसकेपछि वामदेव रामवीर मानन्धरलाई लिएर प्रचण्डनिवासमा पुगे । र, रामवीरले त्यहीँ बसेर आफ्नो राजीनामा लेखे । जुन राजीनामा प्रचण्डबाट महासचिव विष्णु पौडेलको हातमा पुग्यो । पौडेलले दशैं अघि नै सचिवालय बैठकमा रामवीरको राजीनामालाई बैठकको सुरुमै एजेण्डाका रुपमा प्रस्तुत गरे ।

नेकपा नेताहरुका अनुसार वामदेवका लागि ठाउँ खाली गर्न रामवीरले राजीनामा दिने कुरा एउटै गुटका केपी ओलीलाई थाहा थिएन । सचिवालयमा एकैचोटि यस्तो प्रस्ताव आएपछि प्रधानमन्त्री ओली सरप्राइजमा परेको र उनले यो प्रकरणमा भारतीय डिजाइन रहेको निश्कर्ष निकालेको नेकपाका नेता बताउँछन् ।

प्रचण्डले साथ दिएनन्, वामदेव हार्ने देखियो

रामवीरले आफ्नै निवासमा आएर राजीनामा लेख्दासम्म वामदेवप्रति उदार देखिएका प्रचण्ड अन्ततः केपी ओलीले यो प्रकरणलाई ‘भारतीय डिजाइन’ भनिदिएपछि हच्किएर एक कदम पछि हटे । प्रचण्ड पछि हटेपछि वामदेवको केही जोर चलेन । र, उनले ‘अहिले म उठ्दिनँ’ भनेर शीर्षनेतृत्वलाई बताइसकेका छन् ।

नेकपा स्रोतका अनुसार वामदेव गौतम काठमाडौं ७ बाट पछि हट्नुका पछाडि दुई/तीनवटा कारणहरु छन् । प्रथमतः केपी ओलीले हप्काएपछि प्रचण्ड पछि हटेका छन् । दोस्रो- सामाजिक सञ्जालमा देखिएको चर्को विरोधले वामदेव पराजीत हुने निश्कर्ष निस्किएको छ । यसैक्रममा रामवीर मानन्धर पनि बदनाम बनेका छन् र मानन्धर गुठीले उनलाई दिएको सम्मानसमेत फिर्ता लिएको छ ।

यी सबै कारणले गर्दा तत्कालका लागि वामदेवले काठमाडौं ७ बाट चुनाव लड्ने च्याप्टर क्लोज भएको छ । नेकपाको सचिवालयले आइतबार औपचारिक रुपबाटै यो च्याप्टरलाई बन्द गरिदिएको छ ।

वामदेव प्रकरण सकियो, अब एकता बलियो बनाइने

यसैवीच आइतबार बालुवाटारमा करिब ४ घण्टा बसेको नेकपाको सचिवालय बैठकमा वामदेव गौतम प्रकरणमा नेताहरुवीच चर्काचर्की बहस भयो । छलफलको निश्कर्षचाहिँ नेताहरुवीच आपसी शंका उपशंका हैन, एकता र विश्वासको बतावरण बनाउने रहेको सहभागी नेताहरुले बताएका छन् ।

आइतबारको सचिवालय बैठकले सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालयको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ भने स्थायी कमिटीको बैठक कात्तिक १२ र १३ गते बोलाइएको छ । -अनलाइनखबरबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution