इजरायलमा मणि पूजा कार्यक्रम सम्पन्न

तेलअविव -नेपाल तामाङ घेदुङ इजरायलको आयोजनमा सर्वजगत प्राणीको उद्धार र मृत आत्माको शान्तिको लागि कामना गर्दै बौद्ध धर्मगुरु लामा थुप्तेन योन्जन तामाङ द्वारा द्वारा बौद्धधर्मविधि अनुसार सम्पूर्ण प्राणी जगतको कल्याणको साथै विश्वभरी जति पनि पशु-प्राणीको काटमार , हत्या-हिंसा र अकालमा मृत्यु भएका सम्पूर्ण मृत आत्मालाई सम्झेर मृत आत्माको शान्ति तथा सुखवती लोकमा पुनः जन्म होस् , विश्वमा शान्ति फैलियोस भन्ने कामना सहित २० अक्टोबार २०१८ (शनिबार)का दिन बौध धर्मविधि अनुसार पाढ़ पूजा सहित मणि जप (पूजा) सम्पन्न गरेको छ |
मणि पूजा कार्यक्रममा नेपाल तामाङ घेदुङ इजरायलका पदाधिकारीहरु लगायत अन्य नेपालीहरुको सहभागी रहेको थियो | पूजा समापन पाश्चात प्रशाद तथा जुश पानी वितरण गरिएको थियो |