मलेसिया:सर्वजगत प्राणीको उद्धार र मृत आत्माको शान्तिको लागी पेनाङमा मोन्लम,प्रवचन कार्यक्रम सम्पन्न
राज मान तामाङ मलेसिया – हाम्रो धर्म भाषा संस्कृतिको जगेर्ना गरौं ,संसार भरिको तामाङहरु एक हौं” भन्ने मुल नाराको साथ स्थापना गरिएको तामाङ समाज मलेसिया क्षेत्रीय समिति पेनाङको आयोजनामा सर्वजगत प्राणीको उद्धार र मृत आत्माको शान्तिको लागी मोलाम तथा प्रवचन कार्यक्रम पुलाउ पेनाङ स्थित एक गुम्बामा सम्पन्न भएको छ ।
मोलाम प्रवचन लोपोन उर्गेन दोर्जे लामाले गर्नु भएको थियो । कार्यक्रममा तामाङ समाज मलेसिया केन्द्रीय समितिका पदाधिकारीहरू र क्षेत्रीय समितिका पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थितिले सो सम्पन्न भएको छ । साथमा काभ्रे सेवा समाज क्षेत्रीय कमिटी पेनाङ काे आध्यक्ष माया वाङबा तामाङको पनि उपस्थिति रहेको थियोे ।
प्रवचन कार्यक्रममा उपस्थित पेनाङमा बस्नु हुने बुद्धिस्ट र गैर बुद्धिस्ट नेपाली समेत सहभागी भएको थियो | अन्तमा केन्द्रीय महसचिब शेरब गोले तामाङको मन्तब्य पश्चात्
क्षेत्रीय अध्यक्ष सुकलाल मोक्तान (कुन्साङ) ले कार्यक्रम समपना गरेको थियो ।
२१ अक्टोबर २०१८