हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

पत्नीलाई कुकुरसँग घरमा छोडेर गए यी व्यक्ति, फर्केर आउँदा स्तब्ध

काठमाडौं — अमेरिकामा एक व्यक्तिले आफ्नी श्रीमती र घरपालुवा कुुकुरलाई घरमा एक्लै छोडेर हिँड्दाको दुष्परिणाम भोग्नुपरेको छ ।उनी दुवैलाई घरमा छोडेर बजारबाट सामान लिन गएका थिए र फर्किंदा घरको हालत देखेर स्तब्ध भए । उनकी पत्नी भुइँमा लडिरहेकी थिइन् भने कुकुरले उनलाई टोकिरहेको थियो । कुकुरले टोकेर पत्नीको मृत्यु भयो ।

रोबर्ट फ्रेजरकी पत्नीको यस्तो भयानक मृत्यु भएको हो । उनका अनुसार, पत्नीले कुकुरको खाना अन्त सारेकोले कुकुर रिसाएर उनलाई मारेको हुनुपर्छ ।

वाशिङटन डीसीमा भएको यो घटनामा रोबर्टकी पत्नी एन्जेलाको मृत्यु भएको हो । एन्जेलासँग दुई दशकदेखि सँगै बस्दै आएका भएपनि रोबर्टले दुई वर्षअघि मात्र बिहे गरेका हुन् ।

अनि पिटबुल कुकुर केनलाई उनले आठ वर्षदेखि पालिरहेका थिए । केनको व्यवहार यसअघि निकै राम्रो रहेको र ऊ हुँदा परिवारले सुरक्षित अनुभव गर्ने गरेको थियो ।

रोबर्टले घर फर्किंदा पत्नी एन्जेलालाई कुकुरले आक्रमण गरेर टोकेको देखेपछि एम्बुलेन्स बोलाएका थिए । एन्जेलाको शरीरमा घाउ नै घाउ थियो । प्रहरी तथा मेडिकल टोली घटनास्थलमा पुगे र एन्जेलालाई केनबाट छुटाए ।

यस क्रममा कुकुरले स्वास्थ्यकर्मीलाई पनि टोक्न खोजेको थियो । एन्जेलालाई तत्कालै अस्पताल भर्ना गरिएको भएपनि उनको केही समयमै मृत्यु भयो ।

एन्जेलाको सानो गल्तीले गर्दा केनले उनको ज्यानै लिएको भन्दै रोबर्टले बिलौना गरेका छन् ।

एजेन्सी

कात्तिक ४, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution