नेपाली सङघीय समाज इजरायलको अध्यक्षमा पासाङनुर्बु शेर्पा र महासचिवमा अनिला मोक्तान तामाङ निर्वाचित

तेलअविव -नेपाली सङघीय समाज(नेफेसो) इजरायलको १९ अक्टुवर २०१८ (शुक्रबार) सम्पन्न ऐतिहासिक तेस्रो अधिबेशनको बन्दसत्रबाट नयाँ समितिमा सर्वसम्मत अध्यक्षमा पासाङनुर्बु शेर्पा निर्वाचित हुनु भएको छ |
निर्वाचित पदाधिकारीमा क्रमश अध्यक्ष – पासाङनुर्बु शेर्पा,सहअध्यक्ष – कल्पना मोक्तान तामाङ ,वरिस्ठ उपाध्यक्ष – फुर्बा शेर्पा ,उपाध्यक्षहरुमा – छोङ्बा शेर्पा , शर्किनी ह्योल्मो, दिपक शाह ठकुरी, महासचिव –अनिला मोक्तान तामाङ,समिर स्वाङ्बा ह्योल्मो , सचिव आङ्छिरिङ शेर्पा, शंकर गोले तामाङ,पेम्बाडोमा ह्योल्मो, कोषअध्यक्ष- अनिता राई,सह-कोषअध्यक्ष-सुनिता मोक्तान तामाङ,कार्यकारिणी सदस्यहरुमा दिनेश मोक्तान तामाङ, लाक्पा लामा शेर्पा, दोर्जे शर्पा ,विमला मोक्तान तामाङ,अनुराज मोक्तान तामाङ (पार्टी नब प्रवेशी राष्ट्रिय तामाङ घेदुङ इजरायलका वर्तमान महासचिव रामेछाप ) र कार्यकारिणी सदस्य- छोक्गी डुमजन तामाङ ( पार्टी नब प्रवेशी तत्कालिन नेपाल तामाङ समाज इजरायलका पुर्व सह-कोषाध्यक्ष ( सिन्धुपाल्चोक ) रहेका छन् |
त्यसैगरी सल्लाहकार समितिमा अध्यक्ष: सुन्दरसिहं लामा तामाङ,सदस्यहरुमा – छिरिङ लामा शेर्पा, सुभास राई , कुमार राई र दिप कुमार राई रहेका छन् |
नव निर्वाचित कार्यसमितिका पदाधिकारी ,सदस्य र सल्लाहकारलाई नेपालबाट आमन्त्रित पार्टीका केन्द्रीय उपाध्य्क्ष युवराज कार्की द्वारा पार्टी विधान अनुसार शपथग्रहण गराउनु हुदै सम्पूर्ण नब निर्बाचित दुबै समितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो |
केहि प्राविधिक समस्यका कारण पार्टी नवप्रवेश गर्नु हुने सहयात्री सहयोद्धा साथीहरु केहि छुट्न गएको जानकारी गराउदै आउदो पहिलो बैठक मार्फत उहाँहरुलाई पार्टीको अधिकारिकता ग्रहण गराउने जानकारी प्रवक्त समिर स्वाङ्बा ह्योल्मोले जानकारी दिनु भएको छ |
कार्यक्रममा विभिन्न समाजसेवीहरुलाई सम्मान पत्र द्वारा सम्मान गरेका थिए |