सय ३० फिट अग्लो जाइन्ट बुद्धले चीनको शोभा बढाउँदै

काठमाडौं । विश्वमा यस्ता अचम्मका संरचना निर्माण भएका छन् जसले सवैलाई अचम्मित पार्ने गरेको छ । चीनको सिचुवान प्रान्तमा अवस्थित विशाल बुद्ध प्रतिमा पनि एक हो । पहाड कुँदेर निर्माण गरिएको २ सय ३० फिट अग्लो लेसहान् जाइन्ट बुद्ध संसारको अनौठो ठाउँमध्येमा गनिन्छ ।
लेसहान् जाइन्ट बुद्ध , चीनको सिचुवान प्रान्तको मे नामक पवर्तमा निर्मित यो विशाल बुद्ध प्रतिमा २ सय ३० फिट अग्लो छ । जुन आज भन्दा १ हजार २ सय देखि १ हजार ३ सय वर्ष पहिले बनाईएको थियो । यस प्रतिमा पहाड काटेर त्यही पहाडमा जोडिने गरि बनाइएको छ र यसला्ई बनाउने जिम्मा हाइ टोम जामक चिनिया नागरिकले लिएका थिए ।
उनले तीव्र गतिमा बग्ने नदीको बहाव कम गर्ने उद्धेश्यले विशाल प्रतिमाको निर्माण गरेका थिए । यो नदीको बाटो भएर पानी जहाजमा यात्रा गर्ने व्यापारी नदीका उच्च बहावका कारण डुब्ने गर्थे । तर अचम्म जब यो मूर्तिृ बनाउने क्रममा ढुगाको टुक्रा नदीमा खस्दा नदीको बहाव कम भएको विश्वास गरिन्छ । यस मूर्तिको चौडाई ७८ फिट छ ।
बुद्ध प्रतिमाको हातको औला मात्र २७ फिट लामो छ । यो संरचना निर्माण हुन झण्डै ९० वर्ष लागेको थियो । लेसहान् जाइन्ट बुद्ध प्राचिन इन्जिनियरिङको चमत्कार पनि हो । यो मूर्तिलाई पहाडबाट तल झर्ने पानीबाट असर नगर्ने तरिकाले निर्माण गरिएको छ |
– न्युज २४ नेपाल