हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

बौद्धनाथको पौराणिक कथा

याम्बु – पूर्व जन्मकी अप्सरा ज्याजिमाले धर्म सकेपछि साधारण कूलमा जन्म लिइन्। उनको ४ जना श्रीमानबाट प्रत्येकको १-१ जना छोराहरू जन्मिए । घोडा व्यापारीबाट ताजेब, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जना छोराहरू धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्योर्तेन (स्तुपा) निर्माण गर्ने निश्चय गरे जसको लागि आवश्यक जमिन माज्यमिजाले उपलब्ध गराईन्। त्यसपछि हात्ती, घोडा र गधालाई माटो, ढुङगा, ईंटा बोकाएर स्तुपा निर्माण सुरु गरिन्। करिब ४ वर्षपछि ४ तल्ला सम्मको निर्माण भएपछि माज्यमिजाको देहान्त भयो। अरु ३ वर्षसम्म निरन्तर प्रयास गरेपछि ४ जना छोराहरूले ७ वर्षपछि बौद्ध स्तुपाको निर्माण पूरा गरे।

यस बौद्ध स्तुपामा सांगे, हुइसुमा साक्य बुद्धको रिङसल र थुप्रै जिन्लबहरू सुङमा हाली राख्ने गर्दा हजार बुद्ध र स्वर्गका देवताहरू लामाको रूपमा आएको विश्वास गरिन्छ। राबनेले गर्दा स्वर्गबाट बोधिसतवको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ। बोधिसत्वको शक्तिहरू यस स्तुपाको सुरूङमा पसेकोले यसलाई (सांङ्गे थाम्जे दुइवे छ्योर्तेन्) भन्ने गरिन्छ।

बौद्ध स्तुपाको निर्माणपछि ताजेबुले अर्को जन्ममा धर्म प्रचार गर्न उत्तर दिशाको राजा हुन पाउँ भनि प्रार्थना गरेकाले ती पछि तिब्बतको राजा ठिचेन देबजन भए। फजेबुले पनि अर्को जुनीमा धर्म प्रचारकै लागि विद्वान लामा हुन पाऊँ भनी प्रार्थना गरेकोले पछि तिब्बतमा खेन्पो बोधिसत्वको रूपमा जन्म लिए।

खिजेबुले धर्म नष्ट गर्ने राक्षसहरूको दमनगरीधर्म रक्षाको लागि अर्को जुनीमा फूलको थुङ्गाबाट जन्म होस् भनि प्रार्थना गरेकाले उर्गेन ह्युल  (कास्मिर) काे दक्षिण–पश्चिम कुनाको कुख्या दु्धकुण्डमा कमलको फूलमाथि असार दशमीको दिन गुरु रिन्पोछेको रूपमा अवतर लिए । उत्तरमा धर्म रक्षाको लागि मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि ज्यजेवुले प्रार्थना गरेकोले भामिटिसी मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो। तर सबैले आ–आफ्नै लागि मात्र प्रार्थनाको तर ईँटा, माटो र ढुङ्गा बोक्ने पशुहरूको बारे प्रार्थना नगरेकाले पशुहरू रिसाएर ताजेबु (ठिचेन देचन)ले धर्म प्रचार गरेको देशमा धर्म नष्ट गर्न राक्षसको रूपमा जन्म होस् भनि हात्तीले प्रार्थना गरेकाले तिब्बत्मा लाङधर्मको रूपमा तिब्बत्का राजा भए । त्यसै गरी गधाले पनि धर्म नष्ट गर्न मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि प्रार्थना गरेकाले अर्को जन्ममा धुईलोन मस्यात थोम्वेको नामले मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो।

ती पशुहरूको प्रार्थना अचानक कागले सुनेकोले पवित्र धर्म नष्ट गर्ने राजालाई मारी धर्म जोगाउन मन्त्रीको रूपमा जन्म हुन सकुँ भनि बौद्ध स्तुपामा प्रार्थना गरेकोले तिब्बतमा मन्त्रीकै भाइ लालाङ पाल्दोरको रूपमा जन्म भयो। साथै उक्त धर्मको नास गर्ने राक्षसहरूलाई दमनगरी धर्म रक्षाको लागि पशु गोठालाहरूले प्रार्थना गरेकोले तिब्बतमा  छ्योलेन गोही पेमाचेनको जन्म भयो। त्यसै गरि छोङपुर च्यान र सरमे दुई जना बाहुनले धर्म भएको देशमा धार्मिक पुस्तक लेख्नको लागि स्तुपामा प्रार्थना गरेकाले, कावापाल्चेक र लुईग्याल्छेनको रूपमा जन्म भई भगवान बुद्धका हजारौं उपदेशरुलाई अनुवाद गरि उनीहरूले काङग्युर लेखे । साथै पुस्तक लेखि धर्म प्रचारमा सहयोग गर्न पाऊँ भनि नेपालका दुई राजकुमारीले प्रार्थना गरेकाले तिब्बत्मा देनमा चेमाङ र लेजिक ङिमाको जन्म भएर धेरै पुस्तकहरू लेखे।

यसै क्रममा तिब्बतको तत्कालीन धर्मराजा देचेन देवचनले हामीले पूर्व जन्ममा कुन र के संस्कार गरेकाले धर्म प्रचार गर्न पायौं भनि गुरु रिन्पोछेलाई प्रश्न गर्दा त्यसको व्याख्या र उत्तर दिंदा ज्यारुङ खस्योरको नामदार बनेको कुरा मणि कम्बु छ्योईमा उल्लेख गरिएको छ।

भगवान शाक्यमुनि बुद्ध निर्माण हुनु भएको केही वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्योर्तेन हो। यहाँ हरेक १२ वर्षमा छ्योर्तेनको गुम्बामा पानी भरिन्छ। त्यहाँ हजारौं तोला सुनको जलप लगार्ईएको छ। १८ औं शताब्दीको अन्त्यमा चीन सरकारले विशेष लामाको नियुक्ति गरी  बौद्ध छ्योर्तेन्को रेखदेख, पूजापाठ र सुरक्षाको व्यवस्था गरेका थिए। उनै लामाका सन्तानलाई अझै चिनियाँ लामा भन्ने गरिन्छ। छ्योर्तेन्को गुठी र छ्योर्तेन् उनै लामाको नेतृत्वमा सञ्चालन गर्दै आईरहेको छ।

राप्ने (प्राणप्रतिष्ठा) गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ। त्यसैकारणले यो स्तूपालाई साङ्गे थाम्जे दुइवे छ्योर्तेन् पनि भनिन्छ। तामाङ वंशावली अन्तर्गत  ती चार  योन्जन, घिसिङ, वल र  लोप्चन थरका तामाङ (पूर्खा) थिए। त्यसकारण तामाङहरूको मुख्य धार्मिक तिमाल जात्रा (पितृश्रद्धा पूजा) र प्रमुख तिर्थहरू नमोःबुद्ध, बौद्ध, नागार्जुन र स्वयम्भू पर्दछन्।

*****

बौद्धनाथ स्तुपा

बौद्धनाथ (तिब्बती: བྱ་རུང་ཁ་ཤོར། वयली: bya-rung-kha-shor, ज्यरुङ खशोर), काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ। विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ।

ज्यरुङ खशोरको नामकरण

बौद्धनाथ स्तूपलाई तिब्बती इतिहासमा ज्यरुङ खशोर (བྱ་རུང་ཁ་ཤོར།) नामले उल्लेख गरिएको छ । तिब्बती भाषामा ज्यरुङ को अर्थ गर्न हुने र खशोर को मतलब ‘बचन खुस्केको’ भन्ने हुन्छन जुन कुरा बौद्धनाथको पौराणिक इतिहासमा बताए अनुसार स्तूपको निर्माताले चैत्यको लागि राजालाई जमिनको स्वीकृति माग्दा राजाको मुखबाट चैत्य बनाउने काम थालनी गर्दा हुन्छ भन्ने बचन खुस्केको हुनले स्तूपको नाम ज्यरुङ खशोर रहेको थियो ।

बौद्धनाथको इतिहास

बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४ औं शताब्दी तिर बनेको थियो। यद्यपि यसको निर्माण सम्बन्धी धेरै रोचक कथाहरू रहेको छ। सन् १९५९ तिब्बत माथि चीनको आक्रमणले गर्दा हजारौ संख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ स्तुपा तिब्बती बुद्ध धर्मको महत्वपूर्ण केन्द्र बनेको थियो ।

बौद्धनाथको पौराणिक कथा

बोधिसत्त्व अवलोकितेश्वर द्वारा दुई थोपा आँसुको प्रणिधान

यस स्तूपको निर्माण आरम्भ ज्यजीमा (कुखुरा गोठाल्नी) देछोग ले गरेका थिए, जसको कथा श्रुतिमुक्ति नामक ग्रन्थ अनुसार यस प्रकार रहेको छ। अप्रमेय असंख्य कल्पको पहिले तथागत अमिताभको सामुन्ने बोधिसत्त्व अवलोकितेश्वरले सम्पूर्ण प्राणीहरू संसारिक दुःखबाट मुक्त गर्नको लागि प्रणिधान गरी अपरिमाण जगतको उदार गरेर पोटल पर्वतको शिखरमा जानुभई अब कुनै पनि प्राणी मुक्ति गर्नु बाँकी रहेन होला भनि अवलोकन गर्दा छ-गतिमा रहेको प्राणीहरू अझै केहि कामी नभएको देख्नुभएर, अब संसारिक सगरबाट प्राणीको उदार गर्न नसकिन्ने भयो भनि अश्रु झर्दै ति आँसुको थोपा लाई औलाले लिएर यी दुई थोपा आँसुले पनि प्राणीको हित र मुक्ति गरुन् भनि प्रणिधान गरेअनुसार, त्रयस्त्रिंशदेव लोकमा शक्र देवेन्द्रको दुइजना पुत्रीमा जन्म भए जसको नाम गङ्मा र गङ्छुङ्मा थिए।

*****

बौद्धको पुरानो नाम झ्यारुङ खस्योर

विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपाको निर्माण ५ औँ शताब्दीमै भएको मानिन्छ । लिच्छवी राजा शिवदेवको पालामा बौद्धनाथ पत्ता लागेको इतिहासमा पाइन्छ। १४ औँ शताब्दीमा मुगल साम्राज्यको आक्रमणमा बौद्ध स्तुपा ध्वस्त भएको र पछि फेरि पुनर्निर्माण गरिएको इतिहासम उल्लेख छ।

बौद्धको पुरानो नाम झ्यारुङ खस्योर हो । बुद्धले निर्वाण प्राप्त गरेको केही समयपछि नै झ्याझिमा नामक एक महिलाले राजाको अनुमति लिई महाचैत्य निर्माण गरिएको बौद्ध मिथक छ । केही बौद्ध अनुयायी स्वयम्भूजस्तै यो महाचैत्य पनि आफैं उत्पत्ति भएको विश्वास गर्छन् । डानियल राइटद्वारा सम्पादित उन्नाइसौं शताब्दीको एक वंशावलीअनुसार भने यो महाचैत्य राजा मानदेव प्रथमले सन् ४६४-५०५ मा निर्माण गर्न लगाएका थिए ।

-खोजखबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution