हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

गुरुङ समुदायको दसैं

लमजुङ — नेपाली समुदायमा विषेशगरी दसैंमा सेतो र रातो टीका प्रयोग गरिन्छ । आदिवासी जनजातिको गुरुङ समुदायमा भने दसैंको टीका सेतो प्रयोग गरिन्छ । नेपालका मगर र राइलिम्बूका अधिकांश समुदायमा सेतो टीका लगाउने गरिन्छ ।

आदिवासी जनजाति समुदायमा दसैं मनाउने या नमाउने बहस जारी छ । केहीले दसैं मनाउन पनि छोडेका छन् । तर, दसैंको विजयादशमीकादिन गुरुङ समुदायले भने सेतो टीका लगाउँदै आएका छन् ।

पूर्व प्राज्ञ एवं गुरुङ पुरोहित (पैंडी) इन्द्रबहादुर गुरुङका अनुसार देशविदेशका गुरुङ समुदायले दसैं मनाउँछन् । गिलुङ घर भएका उनले अन्य जाती र गुरुङ जातीको दसैं मनाउने तौरतरिका छुट्टै भएको बताए । ‘दसैंको तिथिमिति एउटै भएपनि यसलाई मनाउने परम्परा छुट्टै छ,’ उनले भने । उनका अनुसार विजयादशमीको दिन विषेश दिन हो । उक्त दिन आफ्ना मान्यजनबाट दहिचामल मुछेको सेतो टीका र जौ वा मकैको जमरा लगाउँछन् । ‘हामीले परापूर्वकालदेखि सेतो टीका प्रयोग गर्दै आएका छौं । यसले शुभकार्य र शुभसाइतको संकेत गर्छ । सेतो टीका शान्तिको प्रतीक पनि हो,’ उनले भने । उनका अनुसार रातो रंग पछि आएको हो ।

गुरुङ समुदायमा जमरा उमार्न बनकेराको पातलाई टपरी बनाएर चिप्ट्याइलो माटोमा बाख्रा वा भेडाको गोबर मिलाएपछि जौ वा मकै राखिन्छ । घटस्थापना वा भोलिपल्ट राखिएको जमरा घरभित्रै माथिल्लो तला जाने भर्‍याङमुनी थुन्से वा डालोले छोपेर राखिन्छ । सेतो कमेरो र गाढा पहेंलो चिम्ट्याइलो माटोमा गाइको गोबर राखेर घर लितपोत गरिन्छ । यही बीचमा परदेशिएका तथा सहरबजारका आफन्त गाउँ फर्किन्छन् । एकआपसमा उनीहरु एकठाउँ जुट्छन् । दौंतरी मिलेर जंगलका सुरिला रुख काटेर लिंगे पिङ र रोहटे पिङ बनाउने प्रतिष्पर्धा हुन्छ । क्व्होलासोंथर ६, पसगाउँका वडाअध्यक्ष मनलाल गुरुङका अनुसार केटा दौंतरीले पिङ काटेर ल्याउँदा केटी दौंतरीले बाटैमा खाजा बोकेर लिन जाने परम्परा अहिलेसम्म छ । यही बेला सहर झरेका र परदेश गएका आफन्त गाउँ फर्केपछि गाउँघरमा रमाइलो छाएको छ ।

गुरुङ समुदायमा फूलपाती, अष्टमी र नवमीको बिहान कुनै एक दिन बिहान खेमा (पूर्खा) को पूजा गर्छन् । यसलाई खेमा राख्ने भनिन्छ । यो गाउँपिच्छे फरक–फरक दिनमा गरिने मस्र्याङदी गाउँपालिका १, घनपोखराका गुरुङ पैंडी (पुरोहित) दुर्गाशंकर गुरुङले बताए । उनका अनुसार जुनदिन दसैं मानिन्छ, त्यही दिन बिहान खेमा राख्ने चलन छ । पहिले आफ्नो पूर्खालाई सम्झेर वा पूजा गरेरमात्रै दसैं मनाइने उनले बताए । गुरुङ गाउँमा अष्टमीका दिन टोलटोलमा राँगा काटिन्छ । यसलाई मार हान्ने भनिन्छ । टोलटोलमा राँडा काटेर ब्यक्तिपिच्छे बराबर मासुको भाग लगाइने गरिन्छ । केही गुरुङ गाउँमा त्यही दिनलाई दसैं मानेर रमाइलो गरिन्छ । ‘दुर्गा राखिएको घरमा नवमीमा बोका बली दिइन्छ र दसैं मनाइन्छ,’ उनले भने ।

विजया दशमीका दिन मीठामीठा परिकार खाएर आफ्ना बाजेबज्यै, बाबुआमा र मान्यजनबाट टीका थापिन्छ । भुजुङका ९१ बर्षीय बीरलाल गुरुङका अनुसार घरघरमा आफ्नो बाजेबज्यै र बाबुआमासंग टीका लगाएपछि गाउँघरका मान्यजनसंग टीका थाप्ने चलन छ । आफ्नै बाजेबज्यै वा आमाबुवा नभएकाले साइनो अनुसार सवैभन्दा जेठो दाइ पर्ने वा गाउँका सवैभन्दा पाको उमेरकासंग टीकाजमरा थाप्ने र आशिर्वाद लिने चलन छ । टिका लगाउँदा केहीले कोसेली दिने गर्छन् । टीका लगाउनेलाई घरमा बनाइएको एक गिलास दूध, घरेलु मदिरा वा अन्य पेय पदार्थ, मासुका परिकार वा काँक्रो खुवाउने चलन छ । गुरुङ समुदायका गाउँघरमा टीका लगाउन आउनेलाई दक्षिणा दिने चलन नरहेको उनी बताउँछन् ।

दसैंमा चेलीबेटीलाई बोलाएर सामुहिक रुपमा खाना खुवाउने चलन गुरुङ गाउँमा छ । दसैंमा माइत आउन नपाएका चेलीका लागि माइतीपक्षले दसैंभाग पुर्‍याउने चलन छ । दसैंको टीका थाप्न ससुराली जाने चलन छ । विवाह गरेको पहिलो दसैंमा ससुरालीका टीका अनिबार्य थाप्ने चलन रहेको छ । पछिल्लो समय बौद्ध धर्मालम्बीप्रति आस्थावान गुरुङ समुदायले दसैं विस्तारै मान्न छाडेका पनि छन् । उनीहरुले पशुबलीको विरोध पनि गर्दै आएका छन् । तर, बहुसंख्यक गुरुङ समुदायले दसैं मान्दै आएका छन् । मासु नखाने प्राय:ले दसैंमा सेतो टीका र जमरा भने लगाउने गरेका छन् ।

२०७५ कार्तिक १






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution