कुर्दिस्तान इराकमा दिपावली धमाका २०७५ सांस्कृतिक कार्यक्रमको आयोजन गरिदै

याम्बु – प्रवासी नेपाली कलाकर ग्रुप कुर्दिस्तान इराकले आफ्नो धर्म र संस्कार संस्कृतिको जगेर्न गरौ आफ्नो कला र कलाकारको उच्च सम्मान गरौ भन्ने मुल नाराको साथ आउदो २०७५ कार्तिक २३ गते शुभ दिपावलीको शुभ अवसरमा पहिलोपटक स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित दिपावली धमाका २०७५ को गरेको छ |
कुर्दिस्तान इराकमा रहेको नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई बर्ष भरिको थकाइलाई मेटाउदै ,परदेशमा रहेको आम नेपालीहरुको ढुढुकीमा बस्न सफल गीतसंगीत , नृत्यको साथै हास्य कलाकारहरुले मनोरंजनमय प्रस्तुति रहने बताएको छ |
सुलेमानी सर्चिनरको होटल पेरिज हलमा हुने कार्यक्रममा कुर्दिस्तान इराकमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थितको लागि प्रवासी नेपाली कलाकर ग्रुप कुर्दिस्तान इराक द्वारा हार्दिक निमन्त्रणा गरेको छ |