सङघीय समाजवादी फोरमको केन्द्रिय उपाध्यक्ष कार्की इजरायल आईपुगे

तेलअविव – संघिया समाजवादी फोरम,नेपालका प्रवास संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक तेस्रो अधिबेशनको लागि प्रमुख बक्ता खसक्षेत्रि समाजका संस्थापक अध्यक्ष एवं सङघीयवादी र पहिचान प्रेमी ससफो,नेपाल पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज आज बिहान इजरायल आईपुग्नु भएको छ |
वहांको स्वागतको लागि नेपाली सङघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ,प्रवक्ता समिर लामा ह्योल्मो , सत्य साई केन्द्र इजरायलकी अध्यक्ष नेहा गुरुङ ,अन्तराष्टृय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष निशा अर्याल बेन्गुरिन एयरपोर्ट तेलअविवमा पुग्नु भएको थियो |
कार्यक्रम भोलि १९ अक्टुवर २०१८ (शुक्रबार) यशोदा हमला स्ट्रिट ४० तेलअविवमा बेलुका निश्चित समय ठिक ६ बजे देखि सुरु हुने जनाएको छ |
इजरायलमा स्थापित विभिन्न राजनीतिक पार्टी संगठनका महानुभावहरु,सामाजिक एवं धार्मिक संघ/संस्थाका महानुभावहरु,नेपाली साहित्यिक क्षेत्रका साहित्य प्रेमी महानुभावहरु,नेपाली सांगीतिक क्षेत्रका कलाकार बन्धुहरु,खेल प्रेमी यूवासाथी मित्रहरु, र अनलाईन संचारकर्मी बन्धुहरुको गरिममाया उपस्थितिको लागि नेपाली सङघीय समाज (नेफेसो) इजरायल द्वारा हार्दिक अनुरोध गरेको छ |
१८ अक्टोबर २०१८