हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

जनजातिले रातो टीका नलगाउनु संस्कृतिको अपव्याख्या हो – जगमान गुरुङ

१ कात्तिक, पोखरा । दशैं भन्नेबित्तिकै विशेष त्यही दिनको झल्को आउँछ, जुन दिन हामीले निधारभरि टीका लगाएर आशिर्वाद लिन्छौं । अग्रजको हातबाट चामलको अक्षता निधारमा लगाएर आशिर्वाद लिएपछि बल्ल दसैंले सार्थकता पाउको महसुस गर्छौं ।

खास किन लगाइन्छ त दसैंमा टीका ? त्यसको महत्व समृद्धि, शक्ति र युद्धसँग जोडिएको संस्कृतिविद प्रोफेसर डाक्टर जगमान गुरुङ बताउँछन् । ‘क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने, यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको हो ।’

अक्षता धानको चामलको हुन्छ । संस्कृतमा धन्य र नेपाली भनिने धान अन्नमध्येको उच्चकोटीको अन्नको रुपमा मानिने वरिष्ठ संस्कृतिविद गुरुङको भनाइ छ । उर्भर अन्न प्राणलाई धान्ने प्राणेश्वरका रुपमा चामललाई लिइन्छ । प्राणेश्वर अर्थात चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको गुरुङको दाबी छ । यसले कृषि र समृद्धिसँग जोड्ने काम गरेको उनी बताउँछन् ।

दसैं र दसैंको अक्षता युद्ध परम्परासँग पनि जोडिएको गुरुङको तर्क छ । शरद ऋतु सुरु भएसँगै खेतबारीबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ । अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ ।

किन त ? ‘खेतबारीबाट काम मुक्त भएर हातहतियार सफा गर्ने, साँध लगाउने, पूजा गरेर दशमीको दिन हातहतियार अभिषेक गरेपछि निधारमा दहीमा मुछेको चामलको टीका लगाए हर्षबढाइँ गर्दै युद्धको अभ्यासमा निक्लने चलन थियो,’ डा. गुरुङ भन्छन्, ‘दसैं युद्ध परम्परासँग जोडिएको पर्व हो ।’ दसैंमा पुजिने दुर्गा एक शक्तिको प्रतीक भएको गुरुङ बताउँछन् ।

साँस्कृतिक पर्व दसैंमा लगाइने टीका भने फरक-फरक हुन्छ । अहिले पनि एकाथरिले रातो टीका निधारभरि लगाउँछन् भने अर्काथरीले सेतो । गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवार लगायत जनजातिले सेतो टीका लगाउँछन् भने खसआर्यले रातो टीका । यसमा संस्कृतिविदहरुको फरक-फरक धारणा पाइन्छ । तर, वरिष्ठ संस्कृतिविद जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर विवाद गर्नु बेकारको कुरा भएको बताउँछन् ।

पहिलेपहिले सबैले दही र चामल मुछेर सेतै टीका लगाउने गरेको डा. गुरुङको तर्क छ । ‘पहिले कहाँ पाउनु अबीर, उत्पादनै हुँदैनथ्यो । सबैले सेतै टीका लगाउने हो,’ संस्कृतिविद् जगमानले भने, ‘रातो टीका लगाउन थालिसकेका जनजाति पनि आˆनो पहिचान भन्दै सेतोमै फर्केका छन् । वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो ।’

पछि यातायातको सुविधा भएपछि बल्ल अबीरको प्रयोग हुन थालेको उनको भनाइ छ । रातोलाई विजयीको प्रतीकका रुपमा टीका लगाउने गरिन्छ ।

‘विवाहमा बाध्य भएर धेरै दिन लगाएर भए पनि अबीर लिन जाने तर मितब्ययिताको आधारमा बाँच्ने बाहुन ४ पैसाको लिन धेरै दिन लगाएर जान सक्दैनथ्यो,’ उनले भने, ‘त्यसैले आˆनै ठेकीको दही र आफ्नो घरको चामल मुछेर टीका लगाउने हो ।’

पहिले नेवारले मात्रै रातो टीका लगाउने उनको तर्क छ । मुख्य बजार एरियामा अबिर बेच्ने नेवारले मात्र रातो टीका लगाउने गरेको गुरुङ बताउँछन् । अहिले आएर टीकाको सन्दर्भमा उल्टो भइरहेको उनलाई लागेको छ ।

अहिले आएर दसैंको टीकासम्बन्धी अपव्याख्या भएको गुरुङले बताए । ‘गुरुङ, मगर, राई, लिम्बू, तामाङ, थारुले रातो भनेको छ बाहुनको हो हाम्रो त सेता टीका भनिरहेका छन् । कि चाहिँ दसैं मान्नै हुँदैन नत्र हामीले सेतो टीका लगाउनुपर्छ भन्छन् उनीहरु,’ गुरुङले भने, ‘गुरुङले हामी त वुद्धिष्ट भन्छ । गुरुङले बुद्धिष्ट भनेर जानेकेा कति वर्ष भयो होला ? १ सय वर्ष पनि पुगेकेा छैन ।’

रातो हाम्रो होइन, हाम्रो टीका त सेतो हो भन्नु जनजातिले गरेको अपव्याख्या भएको उनको तर्क छ । गुरुङ, मगर, राई, लिम्बू, तामाङहरुले हाम्रो रातो होइन भन्नुभन्दा पहिले आˆनो चलन हेर्नुपर्ने उनको भनाइ छ ।

‘अयँर-भयँर पुज्दा होस् या देउराली पुज्दा परेवा, कुखुरा, भेडो वा बोका जेसुकै काटे पनि थानको ढुंगामा पर्सिने चलन छ,’ गुरुङले भने, ‘भोग दिएको टाउकोको रगत थाल वा टपरीमा राखेको अक्षतामा मुछेर टीका लगाउने हो ।’

जसले रगतमा मुछेको टीका लगाउँछ उसैले रातो त हाम्रो होइन भन्न नमिल्ने उनको तर्क छ । यो संस्कृति नबुझेकोजस्तो भएको गुरुङको भनाइ छ । अहिलेसम्म पनि त्यो चलन यथावत रहेको गुरुङ बताउँछन् ।

बाहुन त काटमार नै नगर्ने जात भएको संस्कृतिविद डा. गुरुङको भनाइ छ । ‘बाहुन काटमार गर्ने जातै होइन । क्षेत्री, गुरुङ, मगर, राइ, लिम्बुहरु लडाकु जाति हुन् । उनीहरुले दुश्मनलाई मछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो,’ डा. गुरुङले भने । त्यसैले उनीहरुले रातो टीका हाम्रो होइन भन्नु भनेको संस्कृतिको अपब्याख्या भएको गुरुङको निश्कर्ष छ ।

बाहुन क्षेत्रीले पनि रातो टीका लगाउन थालेकाे धेरै वर्ष नभएको गुरुङले बताए । बिस्तारै बजारको पहुँच र भारतीयको प्रभावले विजयको प्रतीकको रुपमा रातो सबैले रातो टीका लगाउने प्रचलन बढेको गुरुङको भनाइ छ । दसैं कुनै जात विशेषको पर्व नभएर सबै जातको सांस्कृतिक पर्व भएको उनको भनाइ छ ।

-अनलाइनखबरबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution