हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

नेपाल तामाङ घेदुङ इजरायलको चौथो बार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउदै

तेलअविव -नेपाल तामाङ घेदुङ,इजरायलको चौथो बार्षिकोत्सव विविध कार्यक्रमको साथ आउँदो नोभेम्बर १६ तारिख (शुक्रबार) साँझ ७ बजे देखि तेलअविव स्थित लेवेन्सकी स्ट्रिट ९९ नयाँ भवनको आठौं तल्लामा भव्यताको साथ मनाउने भएको छ |

चौथो बार्षिकोत्सवको शुभअवसरमा शुभकामना आदानप्रदान , तामाङ व्हाइखा(कविता) वाचन, सांस्कृतिक कार्यक्रम (नाचगान) संगै तामाङ जातिको मौलिक भेषभुषालाई प्रवर्द्धन र संरक्षणको लागि तामाङ महिला भेषभुषा प्रतियोगिता गर्ने भएको छ | प्रतियोगितामा तामाङ तथा गैर तामाङ दिदीबहिनीहरुले भाग लिन सक्ने संस्थाका महासचिव अनिला मोक्तान तामाङले जानकारी दिनु भएको छ |

प्रतियोगिताको लागि तामाङ ठेट पहिचान झल्कने भेषभुषामा हालसालै खिचेको फोटो चौबन्दी चोलो (हाङरे), तागी/कुलाकी, (टोपी) के (पटुका) फरिया वा लुङ्ङी (स्यामा) घलेक  (गा) पहिरनको साथमा गरगहनालाई मान्यता दिने जनाएको छ |

प्रतियोगितामा इजरायलवासी दिदीबहिनीहरुले मात्रा भाग लिन पाउने छन् | प्रतियोगितामा भाग लिन कुनै शुल्क लाग्ने छैन | प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई नेपाली रु १०,०००/( दस हजार) नगद पुरुस्कार सहित सिल्बर फ्रेममा प्रतियोगिताको फोटो राखेर प्रदान गर्ने भएको छ | प्रतियोगितामा भाग लिन इच्छुकहरुले इजरायलवासी दिदीबहिनीहरुले यथाशिघ्र सम्पर्क गर्न आव्हान गरेको छ | सहभागी सबैलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ |

 सम्पर्क 

तामाङ मौलिक भेषभुषा प्रतियोगिता २०१८ का संयोजक:उर्मिला पाख्रीन तामाङ फोन नं -०५४८३७४५५१ , सदस्य बी बी लामा तामाङ फोन नं -०५८५५०२५३०,फोन नं – सदस्य : सुन्दरसिंह लामा तामाङ फोन न: ०५२५४६३३३२,सदस्य :कल्पना मोक्तान तामाङ फोन न:०५२२१६९३७३ ,सदस्य : माया मोक्तान तामाङ फोन न:०५४४३६४५२२ सम्पर्क वा संस्थाको इमेल : [email protected] मार्फत फोटो पठाउन सकिने छ |

हमाद गदेरमा भ्रमण कार्यक्रम

चौथो चौथो बार्षिकोत्सवको अवसरमा छुट्टीलाई मध्यनजर गर्दै नोभेम्बर १७ तारीख (शनिबार)मा नेपाल तामाङ घेदुङ इजरायलको ऐतिहासिक पाँचौ भ्रमण कार्यक्रमको आयोजन हमाद गदेर (तातोपानी नुहाउने ) लाने भएको छ | भ्रमण कार्यक्रमको मुख्य उद्धेश्य तामाङ शैक्षिक कोष मजबुत बनाउन रहेको छ |

यसपटकको भ्रमण कार्यक्रम इजरायली रेस्टुरेन्टमा लन्च (दिउँसोको खाना) सहितको व्यवस्था गरिएको छ साथै थप मनोरञ्जन होस भन्ने हेतुले भाग्यशाली चिट्ठा राखिएको छ |
हमाद गदेरमा तातोपानीमा नुहाउदा चर्म रोग ,ढाड दुख्ने ,जोर्नी दुख्ने कम हुने बिश्वास गरिन्छ | भ्रमण कार्यक्रमको सुनौलो अबसर नगुमाउन संस्था देखि बाहिर रहेका सम्पूर्ण तामाङ ज्यो ज्यो ,आले, नाना आङ् , लगायत समस्त भ्रमण प्रेमि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहभागी हुना हार्दिक अनुरोध गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution