हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवासमा छापा

बेपत्ता साउदी पत्रकार जमाल खशोग्गीका सम्बन्धमा थप प्रमाण जुटाउनका लागि भन्दै टर्कीका अनुसन्धानकर्ताहरू इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवासमा प्रवेश गरेका छन्।

तर महावाणिज्यदूत मोहम्मद अल ओताइबी टर्कीबाट साउदी अरेबिया फर्किसकेका छन्।बेपत्ता पत्रकार खशोग्गीका विषयमा अमेरिकाको चासो पनि निकै बढेको देखिएको छ।

१५ दिन अघिदेखि बेपत्ता साउदी पत्रकार खशोग्गीको हत्या भएको हुन सक्ने आशंका गर्दै त्यसबारे थप प्रमाण जुटाउन टर्कीका अनुसन्धानकर्ताहरू इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवास प्रवेश गरेको बताइएको छ।

चासो

खशोग्गीको विषयमा टर्कीको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति रिजेप तायिप एर्दोआनसँग छलफल गरेका छन्।

टर्कीको विदेश मन्त्रालयले दुई पक्षबीचको भेट “लाभदायी एवं फलदायी” भएको बताएको छ।टर्कीको सरकार पक्षीय एक समाचारपत्रले खशोग्गीलाई विभिन्न यातना दिइएको र त्यसबारेका अभिलेख आफूसँग भएको दाबी गरेको छ।

न्यू योर्क टाइम्प पत्रिकाले चाहिँ साउदी अरेबियाका विभिन्न आपराधिक समूहहरूसँग साउदी राजकुमार मोहमद बिन सलमानको साठगाँठ रहेको उल्लेख गरेको छ।

टर्कीका सुरक्षा फौजहरूले खशोग्गीको हत्या भएको र त्यसको पुष्टी गर्ने श्रव्य प्रमाणहरू आफूसँग रहेको बताउँदै आएका छन्।

अनुसन्धान

उनीहरूद्वारा गरिएको महावाणिज्यदूतावासको खानतलासी मंगलबार बिहानसम्म जारी रहेको थियो।त्यसक्रममा बगैँचाको माटो र धातुको मूलद्वारका नमुनाहरू संकलन गरिएको बताइएको छ।

१५ जनाको समूहमा आएका साउदी प्रतिनिधिहरूले खशोग्गीको हत्या गरेको टर्किका सुत्रहरूको दाबी छ।उनीहरूले त्यो समूह महावाणिज्यदूतावास भित्र पसेर निस्किएको सीसीटीभी तस्बिरको अभिलेख सञ्चारमाध्यमहरूलाई वितरण गरिएको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution