धार्मिक पवित्रस्थल – नमो बुद्ध

ऒम नमो सर्वबुद्धबोधिसत्वेभ्य !!!
परापूर्वकालमा पाँचाल भन्ने देश थियो। जहाँ महारथ नामको धर्मिक राजाले राज्य चलाउँनु हुन्थ्यो। वहाँको अत्यन्तै सुन्दर देवपुत्र जस्तै महाप्रणाद, महादेव र महासत्व नाम गरेको तीन छोराहरू थियो।
एक दिन ति तीनै राजकुमारहरू वनमा डुल्नको निमिता निस्के। डुल्दै डुल्दै जादाँ ति राजकुमारहरू घनघोर जंगल भित्र पगेछन, जहाँ वन्यजन्तुहरूको आवाजहरू सुन्न थाले। त्यति नै बेला महादेव ले भने यो ठाँउ निकै डर लाग्दो छ। अवश्य पनि यहाँ कतै हिस्रांक जन्तु बाघ, भालुहरू हुनुपर्छ भन्ने अडकल गर्दै दाई महाप्रणाद र भाईमहासत्वलाई सचेत गरायो महादेवले।
तीनै राजकुमारहरू त्यांहबाट सर्तक हुदै घुम्दै जाँदा हलचलै गर्न नसक्ने अवस्थमा ५ वटा डमरूहरूले घेरि राखेका बाघिनीको सामुन्ने पुगेछन। राजकुमारहरूले बाघिनीको त्यस्तो दुर्बल परिस्थिति देखेर अवश्य पनि यिनी केहि खान नपाएर नै यस्तो कमजोर भएको होला भनि आ–आफ्नो विचारहरू व्यक्त गरे।
यदि यो बाघिनीले के हि खानु पाइनन् भने यिनीले आफ्नै बच्चाहरू खान सक्छ भन्ने कुरा महाप्रणादले भाइहरू समक्ष भन्यो।
दाई महाप्रणादको त्यो वचन सुनेर महासत्वमा महाकरूणा उत्पन्न भयो र मनमनै सोचे कि मैले मेरो रगत र मासु खुवाएर भए पनि यी बाघिनीको डमरूलाई बचाउँनु पर्छ। आफ्नो शरीर त्याग गरी अरूलाइ परोउपकार गर्ने मौका सितिमिति कसैले पनि पाउँदैनन साथै यो एउटा महान अवसर हो परोउपकार गर्ने भन्ने मनन् गरियो महासत्वले ।
केही पल पछि दाईहरूको छल्दै यो शरीर दान गरेरा बुद्धत्व लाभ गर्ने पर्छ भन्न् दृढ निश्चय गर्दै फेरी बाघिनीको सामुन्ने नै उपस्थित भयो।
त्यसपछि महासत्वले जगत हित गर्नुको निमिता म मेरो यो शरीर तिमीलाई दान गर्देछु। यही पुण्यले जगत हित गर्नुको लागि म बुद्ध बन्न संकु भनि प्रर्थाना गरे र बाघिनीलाई महासत्वले आफ्नो शरीर दान गरे। तर बाघिनी धेरै दिन देखि केहि खानु नपाएकोले गर्दा निकै कमजोर र हलचल सम्म गर्नु सकेको थिएनन्।
यसले गर्दा बाघिनी समक्ष महासत्वले शरीर नै भोजनको लागि दान गरे पनि बाघिनीले झम्टनु सम्म सकेनन्। त्यो अवस्था देखेर झन महासत्व माथी महाकरूणा उत्पन्न भयो।
यत्ता उत्ता हतियारहरू खोजे तर त्याँह कंहि कतै हतियारहरू भेटिएनन् र त्याँही नजिकै एउटा पुरानो बाँसको टुक्रा देखियो। त्याँही बाँसको टुक्राले महासत्वले आफ्नो शरीरबाट रगत निकाल्दै बाघिनी र डमरूहरूलाई पिलाँए साथै तिघ्राका मासुहरू पहिला बाघिनी र डमरूहरूलाई काँटदै खुवायो क्रमश अन्य भागका मासुहरू पनि खुवाउँदै जानुभयो। त्यतिबेला महासत्वलाई कुनै पिडा, दु.ख र गाह्रो कुनै बिल्कुलै थिएनन् । त्यो समयमा वहाँ निकै खुशी देखिनुहुन्थ्यो ति दुर्बल बाघिनी र डमरूहरूलाई आफ्नो शरीरको रगत मासु खाएर बल बढेको देखेर।
त्यतिबेला पृथ्वी कम्पमान भयो, सुर्य पनि धामिलीन हुन थाले, आकाशबाट सुगन्ध मिश्रित पुष्पाहरू बर्षा हुनथाले साथै देवताहरूले आकाशबाटै बोधिसत्व महासत्वको ठुलो प्रशंसा गर्दै स्तुति गर्नथाले।
बाघिनीले बोधिसत्वको शरीर हेर्दा हेर्दै हाडमात्र बाँकी रहेको पारिदियो।
यसरी बोधिसत्व महासत्वले आफ्नो शरीर बाघिनीलाई दान गर्दै परम आनन्द र परम सुख प्राप्त गर्दै पारलोक हुनुभयो। त्यतिबेलाको भुकम्पको कम्पन देखेर महाप्रणाद र महादेवले अनुमान लगाए कि अति नै महत्वपूर्ण छ। किनकी सुर्य समेत धमिलिएका छन भने सुगन्धित पुष्पाहरू समेत यहाँ बृष्टी भएको छन्।
त्यो पल सम्म भाइ महासत्व संग बिछोडिएको पनि धेरै पल भईसकेको थियो। अनि महाप्रणाद र महादेवले त्यो अनुमान गरे कि पक्कै पनि भाइ महासत्वले ति निर्बल कमजोर बाघिनीलाई शरीर दान दिएको हुनुपर्छ भनि ।
यस्तै अनुमान गर्दै महाप्रणाद र महादेवले आकुल व्याकुल हुदै महासत्वलाई खोज्दै जाँदा अघि बाघिनी र डमरूहरू बसेको स्थानमा पुगे जहाँ बाँसको टुक्रा, रगतले मुछिएका महासत्वको बस्त्रहरू साथै हाडहरू यत्रतत्र छरिएका देख्यो।
त्याँहको त्यो परिस्थिति देखेर महाप्रणाद र महादेवले यो अनुमान गरे कि भाइ महासत्व अवश्य पनि परलोक भयो भनि शोक विह्राल भयो ।
यता यस्तो घटना घटदै थियो भने उत्त दरबारमा पनि महारानी त्यति बेला मै निदाउँनु पुगेछन् र सपनामाआफ्नो दुई वटै स्तानहरू काटिएको, दाँत झरेको र तीन वटा परेवाको बच्चाहरूलाई बाँझले लखेटेर लगेको देख्दा देख्दै ब्युझिनु भएछन्। यस्तो सपना देख्नु अवश्य पनि नराम्रो हो, मैले के दु.ख भोग्नु पर्ने हो भनि महारानी रूदै कराउँदै राजालाइ बिन्ती गरिन्।
राजा महारथले महारानीलाई आश्वासन दिदै, राजकुमारहरूलाई खोज्नुको निमिता सैनिकहरूलाई पठाए।
त्यति नै बेला राजाले महाप्रणाद र महादेव त्यतैतिर आइरहेको देख्नु भयो। तर महासत्वलाई चाँहि नदेख्दा राजाको मनमा शंका पैदा भयो र वहाँ निकै दु.खित पनि हुनु भयो। ।
दुई छोराहरू राजाको सामुन्ने खडा भयो।
राजाले छोराहरू महाप्रणाद र महादेवलाई सोधे महासत्व खै ?
त्यति बेला महाप्रणाद र महादेवले भाई महासत्व संग भएको वियोगको कुराहरू व्यक्त गर्न नसकी केबल रूइरह्यो।
पछि महासत्वको सबै बृतान्त बताएँ महाप्रणाद र महादेवले राजा महारथ समक्ष यो घटना सुनेर राजपरिवारका सबै सदस्यहरू महासत्वको महाकरूणा चित्तलाई सम्झदै रूदै कराउँदै वहाँको हाडमात्र भएको स्थानमा पुगे।
त्यो स्थानमा पुगेपछि राजा र महारानीले धेरै विलाप गरे र आफ्नो छोराको अस्थिलाई पुजा गर्दै, सात वटा सुनको बट्टामा ति अस्थिहरूलाइ राख्दै महारथले त्याँह चैत्यको स्थापन गर्नु भयो।
हो त्याँही स्थानलाइ हामीहरू हिजो आज नमो बुद्ध भनि पवित्र धर्मिक स्थलको रूपमा मान्ने गर्छौ।
यँही महाकरूणाकारी बोधिसत्व महासत्व नै धेरै कल्प पछि लुम्बिनीमा सिदार्थ गौतमको रूपमा जन्म लिदै बुद्धत्व लाभ गरी भगवान बुद्ध तथा सातौ बुद्ध हुनु भएको थियो।
त्यसबेलाका पाँचालाका राजा महारथ नै पछि कपिलवस्तुका महाराज शुद्धोधन र महारानी मायादेवीको रूपमा पुर्नजन्म लिनु भएको थियो भने महाप्रणाद मत्रयै बोधिसत्व ( भविस्यका मत्रैया बुद्ध), महादेव मन्जुश्री बोधिसत्व, बाघिनी महाप्रजापति र ति पाँचवटा डमरूहरू पंच भद्रवार्गीय भिक्षुहरू हुन भन्ने बौद्ध दर्शन शास्त्रहरूमा भेटिन्छन्।
मेरा प्यारा बौद्धमार्गी मित्रहरू हामी निकै भाग्यमानी छौ। किनकी हाम्रै मुलुक नेपालमा हाल सम्मा तीन बुद्धहरूले जन्म लिनुभई सकेका छन् भने भविष्यका बुद्धको जन्म पनि यहाँ नै हुन सक्छ भन्ने अनुमान पनि हामी गर्न सक्छौ। साथै कयौ बोधिसत्व र तथागतहरू पनि यो नेपाल भूमिमा जन्म लिइसकेका छन्।
यस्तो बुद्धधर्मको लागि स्वर्ण भूमिमा रहेका हामी नेपाली बुद्ध धर्म र दर्शनमा अझै अनभिज्ञा छौ।
-आशिष कुमार लो तामाङ