हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

प्रथम राप्ति गोल्डकपको उपाधि एपीएफ काठमान्डौले जित्यो

आश्विन ३० गते चितवन भण्डारा -राजेश रुम्बा लामा ,आश्विन १७ गते देखि जारि प्रथम राप्ती गोल्डकपको उपाधि एपीएफ काठमाण्डौले विजय युथ क्लब हेटौडालाई  पराजित गरि आफ्नो पहिलो उपाधि पोल्टमा पार्न सफल भएका छन् । आश्विन ३० गते फूलपातीका दिन खेलेको फाइनल खेलमा दुइ टिम बिच निक्कै घम्सा घम्सी रहेको थियो । खेलको पहिलो हाफमा कुनै पनि टीमले गोल गर्न नसकेतापनि खेलको दोस्रो हापमा ए पी एफ टिमका १६ नम्बर खेलाडी युव राज खड्काले हानेको गोल नै निर्नायिक गोल हुन पुगेको थियो ।

अन्य दिनमा भन्दा तुलनात्मक रुपमा फाइनलको दिन दर्शकहरुको बाग्लो उपस्थिति रहेको थियो भने प्रथम राप्ती गोल्डकपको समापन भुमि सुधार तथा कृषि सहकारी मन्त्रि दावा दोर्जे लामाले गर्नु भएको थियो । सो समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि लामाले विभिन्न समस्याको बाबजुत पनि प्रथम राप्ती गोल्डकपका आयोजकले सफलतापुर्वक खेल खेलाउन सकेकोमा खुलेर प्रसंसा समेत गरेका थिए भने कृषि लगायत खेलकुदको बिकाशलाई आफुले सुक्ष्म तवरले हेरिरहेको र क्याबीनेटमा पनि प्रस्ताब राखिसकेको जानकारी दिनु भयो । प्रमुख अथिति लामाले प्रथम र द्धितीय दुवै टिमलाइ क्रमश :२ लाख २,२२२ र १ लाख १,१११ नगत सिल्ड सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसै गरि समापन कार्यक्रमका विशिष्ट अथिति तथा रप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले नगरको अहिले विभिन्न स्थानमा सानो ठुलो गरि धेरै ठाउँमा खेलको आयोजना भइरहेको र कुनै पनि स्थानमा केहि अप्रिय घटना नभई सौहार्दपुर्ण रुपमा संचालन भएकोले पनि यो नगरमा खेलकुदमा बिकाश हुँदै गरेको बताए । कार्यक्रममा नगरका उप-मेयर इमान सिंह लामा सहित विभिन्न वडाका वडा अध्यक्षहरुको पनि उपस्स्थिति रहेको थिए ।

प्रथम पटक यसरि पैसा तिरेर फूटबल खेल हेर्ने हिसाबले आयोजना गर्नु आफैमा ऐतिहासिक रहेको र आफु पूर्ण रुपमा सन्तुष्टि रहेको र अझै पनि खेलकुदमा केहि नयाँ गर्ने उर्जा थपेको प्रथम राप्ती गोल्डकप खेल सयोंजक बिकाश लामाले बताए । समापन कार्यक्रमलाई स्वागत मन्तब्य राख्दै संयोजक लामाले प्रथम राप्ती गोल्डकप सफल हुनुमा सबैको हात रहेकोले सबैलाई धन्यवाद समेत दिएका थिए । खेल गत आश्विन १७ गते सुरु भई यहि आश्विन ३० गते फूलपातीका दिन सम्पन्न भएको सो खेलमा विभागीय टिम सहित गरि १४ टिम सहभागी थिए। प्रथम राप्ती गोल्डकप खेल हार्दी युव समाजको आयोजनामा भएको थियो भने समापन कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सम्भु बिकले गरेका थिए ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution