खोकनाबासीले किन मनाउँदैनन् दशैँ, यस्तो छ रहस्य

असोज ३०, ललितपुर । ललितपुरको खोकनाबासीले कहिले पनि दशैँ पर्व मनाउँदैनन् । दसैंका बेला खोकनाको सबभन्दा ठूलो सिद्धकाली रुद्रायणी जात्रा पर्छ । एकातिर सबै हिन्दु नेपालीहरुले दशैं मनाइरहँदा खोकनाबासी भने जात्रामा रमेका हुन्छन । दशैंलाई मान्यता नदिई सयौं वर्षअघिदेखि खोकनामा यो जात्रा मनाउन थालिएको थियो ।
खोकनामा सयौं वर्षअगाडिदेखि रुदायणी जात्राको प्रारम्भ भएको थियो । जात्राका पछाडि ‘तान्त्रिक शक्ति’को हात रहेको खोकना बासिको विश्वास छ । रुद्रायणी मन्दिर खोकनाको मध्य भागमा पर्छ। धेरै वर्षअघि महिसासुर नामक दैत्यले देवतालाई निकै दुःख दियो । एक दिन होइन, दुई दिन होइन। सधैं दैत्यहरूले विध्वंस गर्न थालेपछि देवताहरूको बैठक बसेर महिसाँसुरलाई खोज्ने निर्णय गरेका थिए । धेरै समय महिंसासुरको खोजीगर्दा फेला नपरेपछि उनीहरूले यो जात्रा गर्ने निणर्य गरेका थिए ।
खोकनाका वडा अध्यक्ष रवीन्द्र मर्हजनका अनुसार सिद्धकाली रुद्रायणी जात्रा परापूर्वकालदेखि नै जात्रा मनाउन थालिएको बताएका छन् । यो जात्रा आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरू भई नवमीसम्म चल्छ ।
महर्जनका अनुसार जात्राका पूजा गर्ने पूजा गर्ने विधि फरक फरक हुने जनाएका छन् । खोकनामा रातिको समयमा सुनसान भएपछि केटाहरुले मन्दिरमा पूजा गर्ने गरिन्छ । रुद्रायणी जात्रा राति शुरु भएर विहानपख रुदायणी मन्दिरमा आइपुग्ने गर्दछ । यस जात्रा खोकनाको विभिन्न स्थानमा खट घुमाउँदै मुकुट लगाएकाहरुले नाच देखाउने गर्दछन् ।
परम्पराअनुसार तृतीयाको दिन तीनवटा राँगा बलि दिइन्छ । राँगाको रगत सिफल चौरस्थित पुरानो मन्दिरमा चढाउन लगिन्छ । चौथीको दिन बाजागाजासाथ ४६ जना देवताको विधिपूर्वक पूजा हुन्छ । पञ्चमीको दिन रुद्रायणी मन्दिरको मूर्ति बाहिर ल्याइन्छ । स्थानीयले आआफ्नो इच्छाले पशुपक्षी बलि चढाउँछन् |
-कमल पोख्रेल