हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बिहेअघि सेक्स नगरौं – साइकलचालक अशोक यादव

सप्तरी । कुनै सेलिबि्रटी होइनन्, अशोक यादव । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् ।उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।

आधा दाह्री फुलेका अशोक उमेरले आधा सय वर्ष पुगे । यद्यपि, अहिलेसम्म अविवाहित छन् । आफूले अहिलेसम्म सेक्सको अनुभव नलिएको दावी गर्ने उनी अरुलाई पनि बिहेपछि मात्रै शारीरिक सम्वन्ध राख्ने सन्देश बाँडिरहेका छन् ।

सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिका १, तिलाठी निवासी अशोक भन्छन्, ‘विवाहपूर्व सेक्स गर्नु न त धर्मको नीति हो, न त समाज वा कानुनकै । अहिले विवाहपूर्व नै यौन सम्पर्क राख्ने क्रम बढेकै कारण यौनिक हिंसाले उग्ररुप लिएको हो ।’

देशमा बलात्कारका घटना पनि विवाहपूर्व यौन सम्पर्क राख्ने प्रवृत्तिले नै बढाएको उनको बुझाई छ । ‘यदि बिवाह गरेपछि मात्र यौन सम्पर्क गर्ने संस्कार कायम गर्ने हो भने,’ उनी भन्छन्, ‘बलात्कार स्वतः घट्छ ।’

यौन सम्पर्क आफैंमा पवित्र कार्य भए पनि विवाहपूर्व भने यो अपवित्र हुने यादवले बताए । यो सन्देश सप्तरी जिल्लामा व्यापक फैलाउने उनको योजना छ । भविष्यमा जिल्लाबाहिर पनि जाने उनको योजना छ ।

यो उमेरसम्म यौनसम्पर्कको अनुभव नलिँदा आफूलाई कुनै गाह्रो नपरेको पनि यादवले बताए । उनले भने, ‘पूरा कन्ट्रोलमा बसेको छु, अहिलेसम्म यसको आवश्यकता महसुस नै भएको छैन ।’

दक्षिण भारतीय कलाकार खुश्बुले विवाहपूर्वको यौन सम्पर्कलाई मान्यता दिन केही वर्षअघि सरकारसँग गरेको अपील फेल भएको स्मरण छ उनलाई । उनी भन्छन्, ‘यदि यो कुरा राम्रो हो भने त त्यहाँको सरकारले मान्यता दिन सक्थ्यो नि, तर दिएन ।’

गाउँमा कृषि पेशा अंगाल्दै आएका यादव कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले निकै चिन्तित बनेका छन् । योउ घटनापछि उनले किताब र पत्र-पत्रिका पढ्ने बानीको विकास गरे ।

‘अहिले दैनिक रुपमा तिलाठीबाट राजविराज आएर किताव पढ्ने नै काम गर्छु,’ उनी भन्छन्, ‘दिनभर साझा प्रकाशनमा बसेर नेपाली, मैथिलीको कला, संस्कृतिका कितावहरु पढेर दिन बिताइरहेको छु ।’

विवाह नगरेका कारण खर्चको त्यति आवश्यकता नभएको उनले बताए । किताव पसलमा केही काम पाए गर्ने उनको इच्छा छ ।‘किताव पसलमा झाडू लगाउने काम पाए पनि गर्छु,’ उनले भनेको अनलाइनखबरमा छ  ।

२८ असोज २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution