हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

चितवनमा तामाङ चलचित्र आप्लेङला नाम्साको बिशेष प्रदर्शन, अहिलेसम्मकै उत्कृष्ट

तामाङअनलाइन ,  खैरहनी । मौलिक तामाङ चलचित्र आप्लेङला नाम्सा (मितबाऊको गांऊ) को बिशेष प्रदर्शन गरिएको छ । तामाङ पत्रकार संघ चितवनले खैरहनीको पर्सामा चलचित्रको बिशेष प्रदर्शन गरेको हो ।

ग्रामिण कथा र कला संस्कृति झल्काइएको फिल्मलाई उपस्थित दर्शकले खुलेर प्रशंसा गरे । फिल्मले नयां पुस्ताले भुल्न लागिसकेको तामाङ रितिरिवाज र कला संस्कृतिलाई जिवन्त बनाउने काम गरेको राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले प्रतिक्रिया दिए । त्यस्तै फिल्मले तामाङ समुदायको यथार्थ जीवन बोकेको बताउदै नेपाल तामाङ घेदुङका संघीय सदस्य गोमनसिहं रुम्बाले फिल्मले तामाङ समुदायको सांस्कृतिक जागरणका निम्ति महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे । फिल्मको कथा र प्रस्तुति अब्बल रहेको बताउदै गायक हरि योन्जनले यस्ता सन्देशमुलक फिल्महरु अझै बन्नुपर्नेमा जोड दिए । उपस्थित दर्शकले फिल्मलाई हालसम्म निर्मित तामाङ फिल्महरुमध्यकै अब्बल रहेको बताए ।

तामाङ घेदुङ भरतपुरका अध्यक्ष नरजंग तामाङ, राप्तीका अध्यक्ष सन्देश थिङ, जनप्रतिनिधिहरु सरस्वति लामा, दिलकुमारी थिङ लगायत तामाङ अगुवाहरुले फिल्म हेरेका थिए ।

सयौं दर्शकको सकरात्मक प्रतिक्रियाले उत्साहित भएको र अझै सन्देशमुलक फिल्म निर्माणमा क्रियाशिल रहने फिल्मका निर्माता छेम्बल ह्योल्मोको भनाई छ । फिल्मको बिशेष प्रदर्शनमा निर्माता ह्याल्मोसहित निर्देशक अजय स्याङतान र नायक बद्रि थिङ सहभागि थिए ।

तामाङ पत्रकार संघले नियमित गर्दै आएको विविध कार्यक्रहरुका बीच फिल्ममार्फत सन्देश प्रवाह गर्ने उद्धेश्यले फिल्म देखाइएको तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए । यसबाट तामाङ चलचित्रका बजार बिस्तार हुने र नयां पुस्तामा परम्परागत रितिरिवाज र भेषभुषाबारे ज्ञान बढ्ने उनको भनाई छ । चितवनका अन्य स्थानमा पनि फिल्मको बिशेष प्रदर्शन गर्ने लक्ष्य राखिएको कार्यक्रम संयोजक तथा संघका सचिव राजेश रुम्बाले जानकारी दिए ।

२८ असोज २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution