हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

देखे जस्तो छैन अमेरिका- सुने जस्तो हैन अमेरिका

अमेरिका संसारको सबैभन्दा ठुलो अर्थतन्त्र भयको भौतिक तथा आर्थिक विकासले उच्च स्थानमा रहेको विकसित मुलुक हो । अमेरिका आप्रवासीहरूको देश हो । कसैका पहिलो पुस्ता त कसैका धेरै पुस्ता अमेरिकामा छन् । नेपालीको पहिलो पुस्ता चल्दै छ । अङ्ग्रेजी पछि धेरै बोलिने भाषा स्पेनिस हो । करिब ३०० विभिन्न भाषा यहाँ बोलिन्छ । म कार्यरत कार्यालयमा मात्रै ७९ विभिन्न भाषा बोल्लने कर्म चारी कार्यरत छन् ।

कस्तो अचम्म अमेरिकामा अङ्ग्रेजी नजान्दा पनि जीवन चल्ने रहेछ । अङ्ग्रेजी नजान्ने नागरिकलाई राज्यले कतिपय सेवामा दोभासे (अनुवादक ) सेवा दिन्छ । अनि निजी संस्था जस्तो अस्पताल, कानुनी सेवा, बिधुत, टेलिफोन, यातायात आदि सेवामा पनि दोभासे सेवा दिने गरिन्छ ।

विश्वका बहुसंख्यक अति धनी मानीसहरु रहेको अमेरिकामा मध्यम वर्गका मानिसको बाहुल्यता छ । सरदर मध्यम वर्गीय अमेरिकी सातामा ४० देखि ५० घण्टा काम गर्दछन् । यही बर्गाका मानिस अतिरिक्त (Over time) समय काम गर्ने पनि उत्तिकै सङ्ख्यामा छन् । यसो गरेर मध्यमवर्गका मानिसले काम, आराम र मनोरञ्जनको सन्तुलन मिलायका हुन्छन् । आप्रवासी लगायत सबै अमेरिकनको लगभग एउटै प्रकारको सपना हुन् छ; निजी घर, निजी यातायात, राम्रो काम, खुसी परिवार अनि, बिदा मनाउन, मनोरञ्जन गर्न , आरामदायी जीवनको लागि खर्च जुटाउनु।

ठुला र सफा सडक, व्यस्त मान्छे, कामप्रतिको लगाव, सुविधा युक्त घर ( लगातार आइरहने ग्यास, पानी र बिजुली, इन्टरनेट, जाडोमा न्याना र पारिला, गर्मीमा शीतल घर) अमेरिकी आकर्षण हुन् । राजनीतिक स्थायित्व, प्रभावकारी निजी तथा सरकारी सेवा, कानुन प्रभाकरिता र उत्कृष्ट हुने अभिलाषा अमेरिकाको आधारशिला हुन । यस्तै यस्तै कारणले काम, सपना र सम्भावनाको खोजी उत्कृष्ट हुने अभिलाषामा विभिन्न तरिकाले मानिसहरू यो देशमा आउँछन्, आउन चाहनछन ।

त्यसैकै यौटा पात्र यो पंतिकार पनि हो । आधिकारिक तथ्याङ्क नभए पनि करिब ३–४ लाखको हाराहारीमा नेपालीहरू (नेपाली अमेरिकन ) अमेरिकामा छन् ।

अमेरिकामा नेपालीहरूको बहुलता छ । उत्कृष्ट वैज्ञानिक, शिक्षक, विद्यार्थी, वकिल, पत्रकार, व्यापारी, कलाकारको जमातदेखि साधारण लेखपढ गर्न जान्ने दुर्गम गाउँका सामान्य किसानहरू लेख पढ गर्ने नजान्ने सम्मका पनि छन् । सबैका आआफ्नै सुख खुसी र पिडाका अनुभवहरू छन् नेपालीहरूका । राम्रो आय भयका पनि बेखुसी देखिन्छन्, सामान्य आय भयका पनि निकै खुसी पनि देखिन्छन् ।

अमेरिकन सपना बोकेर आयका हामी सपना पुरा गर्न दौडिरहेका छौँ । खै सपना कहिले पुरा हुने हो पत्तो छैन ।जो जति अमेरिका आयकाछन् सबै जना आ-आफ्नो नितान्त व्यक्तिगत निर्णय र फाइदा (स्वार्थ)का लागि आयका छन् । न नेपालबाट कसैले जा भनेर वा यता आउनको लागि बाध्य बनाएर पठाएर आयको हो (बाध्य भएर आयको हो भन्ने पनि छन् तर मलाई त्यस्तो लाग्दैन) । नत यताबाट कसैले आउनै पर्छ भनेर आयकोहो । नेपालमा भयका नेपालीहरू आउन नपाएर धिक्कार्ने पनि त्यतिकै छन् आएर धिक्कार्ने पनि त्यतिकै छन्; अरूलाई होइन आ फुलाइनै । अनि भन्ने गरिन्छ कहिले रहरले यहाँ बसियो त्योभन्दा बडी बाध्यताले पनि बसियो। तर केको बाध्यता कसैले प्रस्ट व्यक्त गर्नसक्दैनन । मनभरि देशको अगाध माया भएर पनि जीवन गुजार्ने विकल्पको अभावमा विदेश सिनु पर्ने बाध्यता धेरै नेपालीको छ, भन्ने नेपालीहरू अमेरिकामा प्रशस्त छन् । तर मेरो बुझाइमा कसैलाई पनि अमेरिका बस्न बाध्यता छैन । सबैको आ-आफ्नै नितान्त व्यक्तिगत स्वार्थछन यहाँ बस्नुमा ।

जे बोलिन्छ त्यो यथार्थता होइन जुन यथार्थता हो तो बोलिँदैन लेखिँदैन अमेरिकन नेपालीहरूबाट । अनि अथार्थ बोल्लने लेख्ने व्यक्त गर्ने मानिसलाई यो जमातले मन पराउँदैनन् । हो, तन हाम्रो अमेरिकामा छ तर मन भने हरेक पल नेपालमै घुमिरहन्छ । यसरी घुम्ने मुख्य कारण नेपालप्रतिको हाम्रो सम्बन्ध हाम्रो परिवार, आफन्त र छिमेकीसँग जोडिएको हुनाले हो। साथसाथै हामी तेँही जन्माउन, हुर्केउँ, बढेउँ त्यहाँको माटोले हाम्रो शरीर मोलियको छ त्यहाँको पानीले हाम्रो शरीर सिन्चीत भयको छ ।

कतिले अमेरिकालाई बनारसी लड्डुको संज्ञा दिने गर्दछन् र भन्छन् अमेरिका आएर पनि पछुता उने आउन नपाउँदा पनि पछुताउने । यो हो पनि- होइन पनि जस्तो लाग्छ मलाई । वास्तवमा भोगेको अमेरिका सोचेको जस्तो छैन र सोचेको अमेरिका भोग्न पाउन निकै नै कठिन छ । हुन त सबजानाको रहर स्वदेशमै परिवार सँग खुसी साथ बस्ने नै हुन्छ । बाध्यता भनौ वा व्यक्तिगत लाभका लागि अमेरिका लगायत विभिन्न देशमा छरियका छन् । आफू अमेरिका भासिएर नेपाल प्रति खोक्रो आदर्श देखाउन जरुरत म मान्दिन । अधिकांश नेपालीले अमेरिका आएपछि ठुलो आर्थिक प्रगति र कुनै डिग्री–पिएचडी हासिल नगरेपनी आफ्नो गुजारा शहजरुपमा गरेकै छन् । यकाध नेपालीले भने निकै नै राम्रो प्रगति गरेका छन् । दोस्रो पुस्ताका नेपालीहरू अमेरिकामा निकै नै अगाडि जानेकुरामा म ढुक्क छु ।

अमेरिकामा तिन प्रकारका नेपाली छन् जागिर पेसा व्यावसायिक आधारमा । पहिलो प्रकार जागिरे यसमा धेरै जसो अमेरिकी सरकारले तोकेको न्यूनतम वा त्यो भन्दा कम ज्यालामा काम गर्ने अर्थात् चलनचल्तीको भाषामा “घण्टा हान्ने” हरू छन् अनि केही निकै राम्रो जागिर गर्ने यही वर्गकाहरु गरिबीको रेखामुनि रहेर गरिबलाई सरकारले दियको न्यूनतम जीवन यापनको सुभद्रा उपयोग गर्ने पनि छन् । दोस्रो प्रकार आफ्नो लागि आफै काम गर्ने (self-employee) जस्तो: उबर , ट्याक्सी चलाउने, आफैले सानो लगानी गरेर सानो पसल गने आफै काम गर्ने, आफ्नो गाडीमा अरूको सामान वोसार पसार गर्ने आदि । अनि तेस्रो वर्ग अलि ठुलो व्यापार व्यसाय गर्ने कर्मचारी राखेर काम गर्ने आफूले ब्यबस्थापकीय छेत्र हेर्ने ।

पंतिकारको बुझाइमा म/हामी अमेरिकामा भासिएकै हो । तर भासिए भन्दैमा नेपाल प्रतिको माया जिम्मेवारी सबैबाट पलायन भयो त? पक्कै छैन । अमेरिकामा बसेर पनि आत्मसम्मानका साथ बस्नु पर्छ । तर मैले भुझेको बाहिर जे भने पनि अधिकांश नेपालीमा अमेरिकामा आत्मसम्मानको अभाव/कमी देखेको छु हुन त मेरो बुझाई भोगाइ गलत पनि हुन सक्छ । हामी सबैको आ-आफ्नो व्यक्तिगत स्वतन्त्रता छ । त्यसैले कसैको व्यक्तिगत स्वतन्त्रता (जीवन) सँग त्यतिका सम्बन्ध राख्नु राम्रो होइन तही पनि समग्र नेपालीको अवस्था सगोलमा एउटै जस्तो छ ।

सबैको भोगाइमा एउटै भाव छ जस्तो मेरो छ; अमेरिकाले जे दिइरहेको छ, त्यो सायद कहिल्यै पाउन सकिनन् थिएन होला, अनि जे गुमाइरहेका छौँ त्यो पनि अब कहिल्यै पाउन सकिन्न होला शायद । मेरो अमेरिकाको भोगाइ मध्यम खालको रहेको छ । अमेरिकासँग मेरो कुनै गुनासो पनि छैन, औधी हर्ष पनि छैन। आफूले खोजे र सोचे जस्तो संसार कहीँ छैन होला सायद । म र मेरो श्रीमती हाम्रो भविष्य उज्यालो हुने आशाले/ विश्वासले डिभी मार्फत अमेरिका आयका हौँ । हामीले अमेरिका जान्न पाइन्छ भन्ने आशाले डिभी भरेका थियौँ , जुन कुरा मरो परिवारलाई थाहा थिएन । म आउने बेला नजान भन्ने मेरो बुवा-आमा बाहेक अरू यकजाना पनि थिएनन् । बाहिर बाहिर जानु हुन् भन्ने अनि भित्र भित्र भित्र जसरी पनि जानु पर्छ पठाउनु पर्छ भन्नेहरू धेरै नै थिए । हामीहरू दुबैजाना नेपालमै मजाले आफ्नो जीवन चलाउने हैन्सियातामै थियौ । म अमेरिका भासिएपछि मेरो बुवा- आमालाई जति पिडा कसैलाई छैन र हुन्न पनि । बुवा आमाको पिडाले उँहाहरु सँगै बसेर उँहाहरुको सेवा गर्न नपाउनुले मेरो अमेरिकाको भौतिक भोगाइलाई आत्मिक बनाउन सकेको छैन ।

कुनै पनि देश ठिक वा गलत छैनन् । नेपाल बेठिक अमेरिका ठिक वा नेपाल ठिक अमेरिका बेठिक दुवैमा मेरो सहमति छैन । स्वप्न भूमि हैन अमेरिका, कर्मभूमि हो । नेपालमा पनि कर्म गर्न सके स्वर्गीय आनन्द प्राप्त गर्न सकिन्छ । अभावले पिल्सियको हाम्रो नेपाली जीवनमा धेरै-थोरै अमेरिकाले टारिदियको छ । फर्कन चाहनेले आफ्नो जन्म भूमि फर्कन सक्नुहुन्छ नफर्ककनेलाई पनि कुनै गुनासो गर्नु पर्ने आवश्यकता छैन कर्म भूमिमा खुसी साथ रहनुस् । मेरोलागि अमेरिका कर्मभूमि हो । कर्म गदै जानु पर्छ कति अगाडी सम्म जान सकिन्छ यो पनि प्रत्येक व्यक्तिको मेहनत अनि क्षमतामा भर पर्छ भन्ने मेरो भुझाइ छ । आफ्नो अमेरिका बसाइलाई “जष्टिफाई” गर्न नेपाल र नेपाली नेतालाई गाली गर्ने प्रब्रिती प्रति म सहमत छैन जुन अधिकांश नेपालीले गर्ने गर्दछन् ।

हामी नेपालीहरू कामलाई सम्मान गर्दैनौ विभेद राख्छौ नेपालमा । यो सानो काम मैले गर्न हुँदैन भन्छौँ । तर अमेरिका छिरेपछि हामी स्वतःस्फूर्त परिवर्तन भएर कामलाई सम्मान गर्न थालिहाल्छौ । कामलाई सम्मान गर्नेहारुकालागी लागि यो देश स्वर्ग जस्तो पनि छ । धेरै जना कुतर्क गर्नेहरूले अमेरिकामा सबै काम बराबर हुन्छ कुनै काम सानो ठुलो हुन्दैन भन्ने गर्छन् यो गलत हो किन प्रतीक ठाउँमा कोही मानिस हाकिम र कोही मानिस सामान्य कारिन्दा हुन्छन् । कुरो के हो भने काम सानो ठुलो हुन्छ तर जनकामलाई पनि सम्मान गरिन्छ । अमेरिकामा, नेपालमा जस्तो काममा गएर ठग्न पाइँदैन । काममा पुगेपछि काम नै गर्नुपर्छ। हामी नेपालीले ठगेर काम गर्ने बानी परेको, धेरथोरै भ्रष्टाचार गर्ने बानी परेकोले अमेरिकामा दिक्दारी पनि लाग्दो हो तर यसरी दिक्दारी मान्दा फाइदा भन्दा बेफाइदा नै बढीछन ।

घर भाडाको सम्झौता, बिजुलिपानी, टेलिफोन, इन्टरनेट, जीवन बिमा, स्वास्थ्य बिमा, सम्पत्ति बिमा, गाडी बिमा,भइपरी बिमा,अन्य सम्झौता, सर्त नामा र कागजात जस्ता कुरा नभै नहुने र गर्नलाई निकै नै झन्झट हुने रहेछ। थोरै मात्र सावधानी नपुराउँदा जोकोहिलाई पनि आर्थिक ठुलो नोक्सानी पुग्छ यसले उठिबास र क्रेडिट ध्वस्त बनाइदिन्छ अनि अमेरिका बसाइलाई अस्तव्यस्त बनाइदिन्छ । जन्म मिति, बसेको ठेगाना, सम्पर्क फोन, सोसियल कार्ड नम्बर, सवारी चालक नम्बर, क्रेडिट, डे बिट कार्ड गोप्य सूचनाहरू कदापि फोन र इन्टरनेटमा दिन हुन्दैन यसले अमेरिकाको बसाइलाई निकै नै महँगो साबित बनाइ दिन सक्छ भन्ने मेरो बुझाइ छ । हामीहरू यस्ताकुरामा चुकेर कानुनी अड्चनलाई नबुझेर निकै नै दु:ख भोग्नु पर्ने पनि हुन सक्छ ।

नेपालीलाई नेपालमा हुँदा लागेको कुरा अमेरिकामा सेक्स खुल्ला (फ्री) छ जस्तो । अमेरिका र नेपालमा सेक्सको अर्थ फरक रहेछ । अमेरिकामा सेक्सलाई निजी बस्तुका रूपमा लिइने रहेछ थाहै छ कुनै पनि निजी कुरा फ्री हुँदैन । नेपालमा सेक्सलाई सामाजिक रूपमा हेरिन्छ, त्यसैले नेपालमा सेक्सको चाहिने भन्दा बढिनै चर्चा हुन्छ । अमेरिकाको समाज सेक्समा उदार छ मात्र यती हो ।

अमेरिकी कानुन त्यस्तै सामाजिक मान्यता अनुसार युवायुवती सँगै बस्न विवाह गरिरहनु पर्दैन । यसको कारणले अमेरिकामा झन्डै ५०% बच्चाहरू विवाह अगाडि नै जन्मन्छन् । यहाँको विवाह भावनात्मक वा सामाजिक नभै निजी हुन्छ त्यसैका रणले होला झन्डै आधा विवाह विच्छेदमा सकिन्छन् । फेरी ती विच्छेद भयका मान्छे अर्को साथी सँग सँगै (leaving together ) रूपमा बस्दछन् कतिले विवाह गर्छन् कति यतिकै बसछन कतिको त्यो सम्बन्धपनी टुट्न पुग्छ । रोचक कुरा के भने श्रीमान् र श्रीमतीको काम, कमाइ, अस्तित्व र पहिचान अलग अलग हुन्छ । यकजानाको काम, कमाइ, अस्तित्व र पहिचानले अर्कोलाई खासै प्रभाव हुँदैन । खाने, लगाउने, घुम्ने, मनोरञ्जन गर्ने, विलासीताका बस्तुको प्रयोगमा पनि आफ्नो खुसी काम, कमाइ, चाहना अनुसार गर्दछन् । याने की श्रीमान् श्रीमती हरेक कुरामा एक आपसमा स्वतन्त्र हुन्छन् ।

सेक्स, विवाह जस्तै उनीहरू राष्ट्रियताका बारेमा पनि हामी नेपाली भन्दा फरक रहेछन् । अमेरिकीहरू आफ्नो देशप्रति गर्व गर्दछन् । अमेरिकनहरू देशमा भासिन/पलायन हुन पटक्कै चाहँदैनन् हामी नेपाली जस्तो। मात्र घुम्न, केही कुरा सिक्न विदेश जाने गर्दछन्। उनीहरू यहाँको कानुन पालन गर्दछन्। नेतालाई गाली गरेर अरूका कुरा काटेर समय खर्च गर्दैनन् । अमेरिकामा मनग्गे विभेदहरू पनि रहेछन् । आर्थिक रूपमा सम्पन्न र विपन्नका बिचमा पनि अत्यन्तै ठुलो विभेद रहेछ । गोरा र काला अनि अरुसमुदायको मानिस बिचमा निकै विभेद छ। गोराहरू कालाप्रति उदार देखिँदैनन्। कडा कानुनको बाबजुद पनि रंगभेद जारी छ। अल्पसङ्ख्यकमाथि आर्थिक र सामाजिक हेला होचा छ। काला समुदाय बस्ने इलाकालाई गतिलो मानिँदैन । अहिलेसम्म पनि अमेरिकामा महिला राष्ट्रप्रमुख भएकाछैनन | कतिपय संरचनामा महिलालाई पुरुष सरह समान अवसर अझै छैन ।

अमेरिका भनेको एउटा अनेकौँ रहस्यहरूको देश हो यो कुरामा कसैको दुइमत हुन सक्दैन । ती रहस्यहरू जान्दा-जान्दै बुझ्दा-बुझ्दै समयले नेटोकटिसको हुन्छ । प्रत्येक नेपालीले बुझेको अमेरिका फरक-फरक छ। यो मानव सङ्रालय अमेरिकामा जसरी भूगोल, वातावरण, धर्म, संस्कृति, भाषा, मानिस अमेरिकामा फरकछन त्यसै गरी हामी प्रत्येक नेपालीले भुझ्ने, भुझेको र भोगेको अमेरिका फरक-फरक छ। मेरो अहिले सम्मको बुझाई र भोगाई मात्र सारांशमा लेख्ने प्रयत्न हो यो । कति पय मेरा धारणाहरू अरुनेपाली सँग नमिल्न पनि सक्छन् । जीवन र जगत्लाई बुझ्ने क्रम, भोग्ने क्रम एउटा सिकाइनै हो हामी सबै अमेरिका बासी नेपालीहरू बुझ्ने क्रम, सिक्ने अनि भोग्ने क्रममा छौँ । मातृभूमिभन्दा प्यारो अमेरिका मेरो लागि कहिले पनि नहुने भयो । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भन्दा ज्यादा केही छैन भन्ने कुरामा म प्रस्ट छु ।

सुरेन्द्र रेग्मी/सेतोपाटि |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution