अरुलाई दोष लगाएर बस्ने समय छैन : मन्त्रि दावा दोर्जे लामा

राजेश रुम्बा तामाङ्ग , चितवन | तामाङ जागरण अभियान एबं म्हेनिङ्ग शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्वी चितवन साबिक पिप्ले दुबी चौर झ्याल चोर चोकमा पुगेका प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि दावा दोर्जे लामाले अझै पनि तामाङ्ग जाति पछि पर्नुमा अन्य जातिको कारण हो भनेर अरुलाइ आरोप लगाई बस्ने समय नभएको बताए ।
हो कुनै बेला त्यो युग थियो जति खेर तामाङ्गले तामाङ्ग भन्न पाउने थिएन,शिक्षा स्वास्थ्य देखि पूर्ण रुपमा बन्चित गरेर तामाङ्ग जातिलाई दबाएको मात्रै थिएन २०१० को संबिदनमै किटानी साथ् लेखेको थियो कि तामाङ्ग जाति भनेको मास्न बेच्न हुने जात भनेर नि भन्यो तर राज्यको त्यो कालो ब्याब्सथाको बिरुद्ध तामांग अग्रजहरु लाग्नु भयो,न्याय प्रेमी जनता र विभिन्न पार्टी लाग्यो , तामाङ्गहरुले जातीय पहिचान र आफ्नो भाषा भेष मात्रै नभई रिति रिवाज पनि छाडेनन र आज गर्वको साथ् हामि तामाङ्ग भन्न पाएका छौं । त्यसैले अबको दिनहरुमा पनि तामाङ्गहरु एक जुट भै राज्यको कानुनको अधिनमा रहेर सकारात्मक ढंगले अगाडी बढे लोकतान्त्रिक यो संघीय गणतान्त्रिक मुलुकमा अरु सो सरह सबै स्थानमा पुग्न सक्ने बताए ।
कार्यक्रमका बिशेष्ट अथिति तथा नेपाल तामाङ्ग घेदुङ्ग संघिय बुद्धिजिबी बिभाग प्रमुख इमान सिंह मोक्तानले हामी पछि पर्नुमा गरिबीको कारण र गारीबी हुनुमा हामीले अंगाल्दै आएका कतिपय कु संस्कार संस्कृति कारण रहेको बताए ।हामीले हिजोको दिनमा जसरि मान्दै आएका कतिपय संस्कारहरु हामीलाइ नै पछि पार्ने खालका छन् भने समय सपिक्षा परिमार्जन गरेर अघि बढ्नु पर्नेमा उहाँको जोड थियो ।कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्गका संघिय महा सचिब बाबु घिसिङ्ग,संघिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज गोमन सिंह रुम्बा,जिल्ला अध्यक्ष गोपी राज घलान ,समाज सेवी तथा बुद्धिजिबी मानबहादुर स्याङ्ग्बा लगाएतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ्ग राप्ती नगर पालिका १ न कमिटि र नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न भएको हो भने कार्यक्रममा राष्टिय चर्चित गायक हरि योञ्जनको बिशेष प्रस्तुतिले र स्थानीय कलाकारहरुको नृत्यले उपस्थित दुबिचौर बासीलाई मनोरंजन दिलाएका थिए । कार्यक्रमको सभाध्यक्ष तामाङ्ग घेदुङ्ग राप्ती नगरपालिका वडा न १ का वडा अध्याक्ष मान बहादुर पाख्रिनले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष हर्क बहादुर खुलालले राख्नु भएको थियो ।
कार्यक्रम यम बहादुर तामाङले संचालन गरेका थिए।
आश्विन २७ गते २०७५