चितवनमा तामाङ चलचित्र ‘आप्लेगंला नाम्सा’ बिशेष प्रदर्शन गरिदै
रत्ननगर । तामाङ पत्रकार संघ चितवनले खैरहनीमा तामाङ फिल्मको बिशेष प्रदर्शन गर्ने भएको छ । यहि असोज २८ गते ग्रामिण तामाङ समाजको चित्रण गरिएको मौलिक फिल्म आप्लेगंला नाम्सा (मित बाऊको गाँऊ) देखाउन लागिएको तामाङ पत्रकार संघका सचिव तथा कार्यक्रम संयोजक राजेश रुम्बाले बताए ।
खैरहनीको पर्सास्थित खैरहनी पार्टि भेन्युमा फिल्म प्रदर्शनका लागि तयारी तिव्र भइरहेको उनको भनाई छ । फिल्मको माध्यमबाट भाषा, भेषभुषा, संस्कृति र परम्परागत रितिरिवाज बर्तमान पुस्तासमक्ष पुर्याउन मद्दत पुग्ने संघका अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए । यसबाट सांस्कृतिक जागरुकतासमेत बढ्ने उनको भनाई छ ।
अजय स्याङतानको निर्देशनमा बनेको फिल्ममा तामाङसहित नेपाली र ह्योल्मो भाषा प्रयोग गरिएको छ । सेन्सरबाट पिजी सर्टिफिकेट पाएको फिल्मको कथा धोर्जे तामाङले लेखेका हुन । शेखर लामा कार्यकारी निर्माता रहेको फिल्मलाई छेम्बल ह्योल्मोले निर्माण गरेका हुन । यसअघि फिल्मका देशका विभिन्न शहरहरुमा च्यारिटि शो तथा बिशेष शो गरिसकेको छ ।
२७ असोज २०७५