हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

तामाङ घेदुङको अध्यक्ष मोहन गोलेको जग्गा सडक विभागले खोसेपछि, गोले परिवारको बिचल्नी हुँदै

२६ असोज, २०७५ । गाईघाटदेखि करिव ३ कि. मि. पश्चिम बगाहा गाउँमा काठे घर रहेको एक कठ्ठा जग्गा समेत खोसिएपछि नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोलेको परिवारको बिचल्नी हुने भएको छ । उनले ऋण तिर्नको लागि जग्गा बिक्री गरेर ६ लाख रुपैयाँ बैना लिइसकेका थिए । तर पास गर्न भनेर मालपोत कार्यालय पुग्दा पुरै जग्गा सडक विभागको नाममा गइसकेको देखियो ।

 

अहिले किन्नेले कि तुरुन्त जग्गा पास गरिदिनु प¥यो, कि पैसा फिर्ता दिनुप¥यो भनेर अल्टिमेटम नै दिएपछि उनी के गर्ने, के नगर्ने भन्ने अन्यौलमा छन् । लिएको पैसा सबै ऋण तिरे, अब कहाँबाट दिनु गोलेले भने, घर छोडेर हिड्नुको उपाय छैन । मालपोत र नापी कार्यालयको कर्मचारीको लापरभावीबाट उनको सडकमा नपर्ने जग्गा समेत यसरी खोसाईमा परेको हो ।

जग्गा खोसिएपछि गोले महिना जति दिन मालपोत र नापी कार्यालय धाएर सकेसम्म कागजपत्र मिलाएर संगठनको काममा काठमाडौं हिँडे । तर यता मालपोतले प्रक्रिया अघि बढाएन । उनी फेरि जिल्ला आएर अहिले दिनहुँ कार्यालय धाइरहेका छन् तर मालपोत अधिकृत नवराज खड्काले कहिले विभागमा सोध्नुपर्छ त कहिले सडकको आधिकारित जवाफ आएको छैन भन्दै अल्झाईराखेको उनी बताउँछन् ।

यता सडकमा सोध्यो भने मालपोत कार्यालयले नै पुर्जा बनाईदिएको हुँदा पत्र लेख्नुको कुनै अर्थ नहुने भन्दै आएको छ । जे भएको हो मालपोतले त्यो कुरा लेखेर पठाउनु किन यत्रो समय लगाउँछन्, मैले बुझ्न सकेको छैन गोलेले भने, आफै काम बिगार्ने अनि सर्वसाधारणलाई दुःख दिने यो त हदै भयो ।

मालपोत कार्यालयले यो र त्यो कागज बनाउनुपर्छ भन्दै कहिले नापी कार्यालय त कहिले सडक कार्यालयलाई पत्र लेखेर जवाफ माग्दै हैरान बनाएको गोलेले बताए । नापीले उक्त जग्गा कुनैपनि प्रकारको बाटोले नछोएको भनि पत्र पठाएपछि पनि फेरि पत्रमाथि पत्र लेखेर मालपोतले फिल्ड प्रतिवेदन पेश गर्न भनेर अर्को पत्र पठाएर दुःख दियो– गोलेले भने ।

मालपोतको पत्र अनुसार असोज ९ गते नै नापी कार्यालयको कर्मचारीले स्थलगत बुझी वडा अध्यक्षको रोहवरमा सरजमिन मुचुल्का समेत मालपोतमा पेश ग¥यो । मुचुल्कामा उक्त जग्गा कुनैपनि बाटोले नछोएको स्पष्ट खुलाइएको छ । तरपनि मालपोतले प्रक्रिया अघि बढाउन अझै आनाकानी गरिरहेको छ ।

गोलेको पत्नी आशामाया तामाङको नाममा दर्ता रहेको साविक जि. उदयपुर गाविस देउरी वडा नं. ८/झ कि. नं. ५९६ को एक कठ्ठा जग्गा २०६३ को निर्णयबाट गाईघाट कदमाहा सडकको नाममा दर्ता भइसकेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ ।

मूल सडकबाट करिब ५५० मिटर टाढा दक्षिणतर्फ उक्त जग्गा रहेको छ । जबकि त्यस वरपर कसैको जग्गा सडकको नाममा परेको छैन र गोलेको मात्रै टपक्क सडकको नाममा गएको छ । भएको एक कठ्ठा जग्गा समेत खोसिएपछि गोले यतिबेला न्यायको लागि हारगुहार गरिरहेका छन् ।

मालपोत कार्यालयले भने उक्त जग्गा सडकको नाममा दर्ता भइसकेको हुँदा नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट मात्र फिर्ता हुनसक्ने बताएको छ । तर कार्यालयको कर्मचारीको लापरभावीबाट भएको हुनाले यो सबै काम मालपोत कार्यालयबाटै हुनुपर्ने र तत्कालीन कर्मचारीहरुलाई कारवाही समेत हुनुपर्ने गोलेको भनाई छ ।
सडकमा पर्ने जग्गाको लगत कट्टा सम्बन्धि फिल्ड चेक गरी पछिसम्म फरक नपर्ने प्रतिवेदन पेश गर्न मालपोत कार्यालय उदयपुरको खरिदार तस्बीरकुमार श्रेष्ठ, नापी निरीक्षक राजेन्द्र प्रसाद मंडल, अमिन सत्यनारायण यादव र पियन भूपबहादुर खत्री (गौली) लाई कार्यालयले खटाएको थियो । अहिले सबै कर्मचारी रिटायर भई पेन्सन खाइरहेका छन् ।

यसमध्ये खरिदार तस्बीरकुमार श्रेष्ठ त्रियुगा नगरपालिका वडा नं. ४ बगाहाकै स्थानीय बासिन्दा हुन् । स्थानीय कर्मचारीलाई सबै कुरा थाहा हुँदाहुँदै पनि यस्तो काम गरेको हुँदा यो रिसईवी साध्ने उद्देश्यले नियतवस गरिएको गोलेको दाबी छ ।

नगरपालिकामा बार्षिक सम्पति कर आफैले बुझाउँदै आएको उक्त जग्गा बिक्री गर्ने क्रममा मात्र गोले परिवारले सडकको नाममा जग्गा गएको थाहा पाएको थियो । सहायक बाटोले समेत नछोएको उक्त जग्गा सडकको नाममा गएपछि परिवारमा त्रास छाएको छ ।

त्यही जग्गा बेचेर ऋण तिर्ने र बाँकी पैसाले भुइँ घर बनाउने उनले योजना बनाएका थिए । तर जग्गा बिक्रीको प्रक्रिया नै रोकिएपछि उनी अन्यौलमा परेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution