हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

अब उपचुनावको लफडामा नलाग्ने ,वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियोः प्रचण्ड

२६ असोज २०७५ , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपचुनावको लफडामा नलाग्ने बताएका छन् ।काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेका छन् ।

शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले त्यसको पुष्टि गरे । विकास निर्माण छाडेर यो दफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’

प्रचण्डले सरकारको खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले । विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए ।

१०÷११ वर्षदेखि विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने, डुवान समस्या हल गर्ने सहमति भएको भन्दै उनले भने, ‘भारतसँग हाम्रो सम्बन्धका दृष्टीले यो पटक महत्वपूर्ण समझदारी भए । कार्यान्वयन पनि हुन थाले, जसले नेपालको आर्थिक विकासको राम्रो पूर्वाधार तयार भएको छ ।’

प्रधानमन्त्रीको भ्रमणपछि अर्को छिमेकी चीनसँग ट्रेड एण्ड ट्रान्जिटसम्बन्धी समझदारी भएको र यसले चार वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको उनले बताए । यसले नेपालको परिभाषा नै फेरिएको भन्दै प्रचण्डले भने, वामपन्थीहरुको सरकार आएर केही पनि भएन भन्नेहरुले यसबारे गहिरो गरी सोच्नुस् ।’

भारत र चीन दुबैतिरबाट रेल ल्याउन सर्वे गर्ने सहमति भएको भन्दै उनले भने, ‘कनेक्टिभिटीमा महत्वपूर्ण उपलब्धी भएको छ । यसले आउने दिनमा नेपालको आर्थिक विकासमा ठूलो क्रान्तिकारी परिर्वतन हुने आधार खडा भएको छ ।’

यद्यपि आम जनताले बाटोको खाल्डा पुरिहालोस्, बुढाबुढीको भत्तामा चिन्ता रहेको उनले बताए । यसतर्फ ध्यान गएको भन्दै उनले भने, ‘दशैंसँगै दशैंसँग पार्टी एकता पूर्णता दिने र विकासमा पनि जनताले हेर्ने वित्तिकै देख्ने बनाउँछौं ।’

विकास निर्माण र सुशासनमा केही महिनाभित्र जनताले देख्ने गरी काम गर्ने प्रचण्डको दाबी छ । ‘एक वर्ष पुग्दा नपुग्दै जनताले महसुस गर्ने दिन आउँछ’ उनले भनेको  अनलाइनखबरमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution