मलेसियाबाट मृगौला पीडित चेपाङ बालिकालाई उपचारको लागि आर्थिक सहयोग प्रदान

राजेश रुम्बा लामा | मकवानपुर मनहरी, मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका वडा नम्बर ५ स्थित बिकट गाउँ वमकिमका मृगौला पीडित १४ बर्षिय सावित्री चेपाङलाई उपचारको लागि नेपाली रुपियाँ १४००० (चौध हजार )आर्थिक सहयोग प्रदान गरेको छ |
राक्सीराङ गाउपालिका-६ श्री स्यालुङ्खाई, कारासे, दुङ्थली टोलमा बस्दै आउनु भएका र हाल बैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा कार्यरत मुस्कान थीङ तामाङ्को सक्रियतामा त्यहाँ कार्यरत विभिन्न जिल्लाका २६ जना नेपालीहरुले सहयोग रकम जम्मा गरि नेपाल पठाएका हुन्।
बिहिबार आदिवासी जनजाति समन्वय समिती राक्सिराङ गाउपालिकाका संयोजक गणेश ब्लोन तामाङ, तामाङ पत्रकार संघ चितवनका जिल्ला सचिब राजेश रुम्बा तामाङ, तेमाल अनलाइन खबरका प्रकाश तामाङ र मुस्कान थीङ का दाजु लोक बहादुर बल्पा तामाङ लगाएत केहि सामाजिक कार्यकर्ताहरुको रोहोबरमा प्रदेश ३ का नेपाली कांग्रेशका युवा प्रदेश सांसद माननीय शान्त बहादुर चेपाङ्गको बाहुल्यता बाट मनहरी बजारमा सो रकम पिडित बालिका र बालिकाकी आमालाई हस्तान्तरण गरेको हो ।
आर्थिक अवस्था निक्कै नाजुक रहेकोले नियमित डैलेसिस समेत गर्न कठिन हुँदै गाएसि पीडितका आमा बुवा बालिकाको उपचारको निम्ति भौतारिदै आएका छन् भने छर-छिमेकीकोमा पनि सबै आफै जस्तो र हुने खानेहरु नहुँदा ऋण समेत पाउन नसकेको गुनासो गर्नुहुन्छ पिडितकि आमा ।
अहिले सम्म छर छिमिकिमा एक दुइ पैसा उठाएर बचाएँ अब त आश पनि मारी सकेको थियो तर बिरानु देश बाट आफुहरुलाई माया गरेर आज नेपाली दाज्यु भाइले सहयोग रकम पठाउनु हुँदा हामी गरिब दिन दुखीको नि कोहि रहेछ भन्ने लाग्यो,उहाँ थप्नु हुन्छ । र एउटा मानवियताको हिसाबले भए पनि आफ्नु छोरी बचाउनका लागि देश बिदेशमा रहेका नेपाली दाज्यु भाइ समक्ष सहयोगको आग्रह गरिन्।
सोहि क्रममा सांसद शान्त बहादुर चेपाङ्ग आफुले ति पिडित नानीको पारिवारिक अवस्था र शारीरिक अवस्था बुझेर नै नेपाल सरकार बाट मिर्गौला पीडितले पाउनु पर्ने एक लाख बराबरको सेवा सुबिधाको लागि आफुले कोशिस गरि राखेको बताउनु भयो ।