ठोरी भण्डारा हुँदै रसुवागढी सडक जोड्ने : पुर्व अर्थ मन्त्रि पाण्डे

राजेश रुम्बा तामाङ – चितवन देशले द्रुत गतिमा बिकाश गर्ने लक्ष सहित अबको आफ्नो योजना ठोरी भण्डारा गल्छी हुँदै रसुवा गढी जोड्ने रहेको पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले जनाए ।
पूर्वी चितवन राप्ती नगरपालिका वडा न ८ को नया कार्यालय भवन समुद्धघाटन गर्दै पाण्डेले यदि यसो गर्न सकेको खण्डमा नेपालको व्यापार ब्यबसायीले अन्तराष्टिय हिसाबमा प्रतिस्पर्धा गर्ने समेत जिक्किर गरे । त्यस कार्यको निम्ति ७० अरब बराबरको बजेट आवस्यकता परेको हुनाले आफु चुप लागेर लगानी कर्ताको खोजि गरिरहेको जनाए । त्यसै गरि सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश न ३ का मन्त्रि दावा दोर्जे लामाले राप्ती नगरपलिकालाई पैशाकै कारण बिकाश हुनबाट नरोक्ने र आफुले सक्दो गर्ने बताए ।
पुर्व अर्थ मन्त्रि पाण्डेको प्रमुख अथित्यतामा र मन्त्रि दावा दोर्जे लामा,नगर प्रमुख प्रभा बराल ,उपप्रमुख इमान सिंह लामाको बिशेष्ट अथितीमा र राप्ती नगर पालिका प्रशासकीय प्रमुख मिठु राम लगाएतको अथितीमा सो भवन समुद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको अधक्ष्यता राप्ती न/पा/ वडा न ८ का वडा अध्यक्ष बुद्धि राज थपलियाले गरेका थिए । सोहि अवसर पारि आउदै गरेको दशैं तिहार तथा छटको शुभकामना अडान प्रदान समेत गरेका थिए |
२६ असोज २०७५