तामाङ समुदाय बौद्ध दर्शन र ज्ञानको पक्षमा अनभिज्ञ छन् -आचार्य धर्मबज्र श्रीधर राणा

दिपक वाइबा तामाङ, पोखरा – श्रद्धेय विद्याधर महायोगी आचार्य धर्मबज्र श्रीधर राणाबाट धर्मदेशना कार्यक्रम श्री तामाङ बौद्ध सेवा समितिको सभाहल , संगमटोलमा सम्पन्न भएको छ । कार्यक्रम श्री तामाङ बौद्ध सेवा समितिका अध्यक्ष बुद्धि बहादुर रुम्बाको अध्यक्षतामा उपाध्यक्ष बिष्णु योन्जन तामाङले सन्चालन गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ , पूर्व कावा अध्यक्ष कुम बहादुर योन्जन र नेताघे गण्डकी प्रदेश- तमुवान मँगरातका अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य दिपक वाईबा तामाङ लगायत नेताहरुको विशेष उपस्थिति रहेको थियो ।
बौद्ध दर्शनका प्रकाण्ड विद्वान श्रीधर राणाले अत्यन्तै सरल र अन्तरकृयात्मक ढंगले धर्मदेशना गर्नुभएको थियो । तामाङ समुदाय जन्मजात बौद्ध धर्मावलम्बि भएरपनि बौद्ध दर्शनको र ज्ञानको पक्षमा अनभिज्ञ रहेको कुरा व्यक्त गर्नुभएको थियो ।
२६ असोज २०७५