हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

एनआरएनएले बनाएको शंखमूल पार्क महानगरपालिकालाई हस्तान्तरण

काठमाडौं -गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ।एनआरएनएले निर्माण सुरु भएको करिब ४ वर्षपछि ललितपुरको शंखमूल पार्क स्थानीय सरकारलाई बिहिबार एक कार्यक्रम बिच हस्तान्तरण गरेको हो।

पार्क निर्माणको जिम्मा स्पेश क्राफ्ट नामक कम्पनीले पाएको थियो । ३२ रोपनी क्षेत्रफलमा पार्क बनाउन सुरूमा २ करोड रुपैयाँ खर्च हुने बताइएकामा केही संरचना थप गरिएका कारण लागत २ करोड ४२ लाख ९९ हजार १ सय आठ ४ रुपैयाँ खर्च भइसकेको एनआरएनएले जनाएको छ।

पार्क निर्माणका लागि हालसम्म १ करोड ५३ लाख ६८ हजार २ सय ६८ रुपैयाँ सहयोगको प्रतिबद्धता आएकोमा १ करोड १७ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ सहयोग प्राप्त भइसकेको छ।

पार्क निर्माणका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख, पूर्वअध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले जनही १५-१५ लाख, डा. निरजगोविन्द श्रेष्ठले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

यसबाहेक अन्य सहयोगी संस्था र व्यक्तिले पनि पार्क निर्माणमा सहयोग गरेका छन् । शंखमूल पार्कमा स–साना पोखरीहरु, चौबिसै घण्टा पानी बग्ने शंखमूल धारा लगायत संरचना निर्माण भएका छन्।

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गरे। अध्यक्ष भट्टले पार्क निर्माणमा चुनौती धेरै भए पनि आफ्नै पालामा सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरे।

यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले अनुकरणीय काम गरेर सरकारलाई गुन लगाएको बताए। अहिले देशमा स्थीर सरकार रहेकोले बैदेशिक लगानीको उपउक्त वातावरण पनि भएकोले गैरआवासीय नेपालीले देश निमार्णमा लगानी गर्न पनि आग्रह गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, निवर्तमान अध्यक्ष शेष घले तथा पूर्वअध्यक्ष जीवा लामिछानेले सामाजिक काममा एनआरएनको सँधै साथ रहने प्रतिबद्धता जनाएको सेतोपातिमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution