तामाङले लिए आर्थिक अवस्था कमजोर परिवारको जिम्मा

राजेश रुम्बा, चितवन, असोज २५ । चितवन राप्ती नगरपालिका वडा न ११ कालो पानीका आर्थिक अवस्था कमजोर भएका एक परिवारलाई सहयोग जुटेको छ । नेपाल तामाङ घेदुङ प्रदेश न २ कि उपाध्यक्ष, लालबन्दी सर्लाही निवासी सरिता बल तामाङले मान बहादुर मोक्तानको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै शिक्षा, स्वास्थ्यको जिम्मा लिनुभएको हो । सामाजीक अभियान्ता बलले मान बहादुरका नाती प्रेम बहादुरलाई कक्षा १२ सम्मको शिक्षा र स्वास्थ्यमा लाग्ने सम्पुर्ण खर्च व्यहोर्ने प्रविद्धता जनाउनुभएको छ ।
हाल ६ वर्ष उमेरका प्रेम जन्मदा उनको आमाको मत्यु भएको परिवारले बताएका छन । श्रीमतीको मृत्यु भएपछि विछिप्त बन्नुभएका बालकका बुबामा एक्लोपन, परिवारसँग घुलमिल नहुँले, खाँना नखाने जस्ता मानसिक समस्याको लक्ष्यण देखिदै आएको छ । विहान बेलुकी हातमुख जोड्न पनि गाह्रो परेको मोक्तान परिवारले कमाउने आशा गरीएका जवान छोरोको अवस्था पनि नाजुक भएपछि कति रात भोकभोकै सुतेको दुखेसो पोखे, स्वास्थ्य, शिक्षा, मनोरञ्जन त टाढाको कुरा हो । यहि दुखेसोसहितको बालकको तस्बिर केहि समय अघि राप्ती नगरपालिकाका कार्यपालिका सदस्य तथा नेपाल तामांग घेदुङ राप्ती नगरपालिका इन्चार्च दिलकुमारी थिङ तामाङले बालकलाई सहयोग गर्न अनुरोध गर्दै सामाजिक संजाल फेसबुकमा पोस्ट गर्नुभएको थियो । सोहि जानकारीका आधारमा बल लालबन्दि सर्लाहीबाट सहयोगका लागी चितवन आउनुभएको हो ।
विहिवार स्थानीय, मिडिया कर्मी सहित बालकका घर पुग्नुभएका अभियन्ता तामाङले बालकको शिक्षा, स्वास्थ्य जिम्मा लिदै बालकका वृद्ध, आखे माम र बाउको लागि व्यवस्थित घर टहरा निर्माण गर्न आवस्यक सहयोग पनि गर्ने प्रतिबदत्ता जनाउनुभएको छ । बालक र परिवारको आधारभुत खर्च व्यवस्थापनका लागी सामाजीक अभियान्ता बलले दिल कुमारीलाई दश हजार रुपैँया हस्तान्तरण गर्नुभयो । सोहि क्रममा माहुरी ब्यबसायी महासंघ प्रदेश न ३ का अध्यक्ष धर्म राज तामाङले बालकको भबिष्य निर्धारण गर्नका निम्ति एउटा समिति नै खडा गरेर पार्दारसी रुपले आफु पनि सकेको सहयोग गर्ने बताउनुभयो । त्यसै गरि जनकल्याण सामुदायीक बन उपभोक्त समुहका उपाध्यक्ष बोध राज रुमबा तामाङ र सोही बनका कोषाध्यक्ष दील बहादुर तामाङ ले पनि मोक्तानको घर निर्माण गर्नका लागी आवस्यक काठ आफ्नो बन कार्यालयबाट निशुल्क दिने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
गरिवीको घाउमाथी यसरी भयो बज्रपात
भण्डारा बजार हुँदै उत्तरी भेग चेपांग राजमार्ग बाट १७ किलो मिटर माथि चारै तिर जंगलको बिचमा मान बहादुर उर्फा बन सिंह मोक्तान एक छोरा, नाती र पत्नी सहित बस्दै आउनुभएको छ । मोक्तानले विगत सम्झनुभयो, बुहारी सुत्केरी व्यथाले च्यापे पछि डोकोमा बोकेर भण्डारा स्वास्थ्य चौकीमा पु¥याउदा बुहारी वित्यो, त्यहिवेलादेखि छोराले मानसिक सन्तुलन गुमाएको जस्तो लागेको छ, न खानको ठेगान छ न बस्नकै । हाम्रो त कुरै छाडौं । बुहारी गए पनि नाति प्रेम छाडेको स्मरण गर्दै उहाँले भन्नुभयो नातिलाई हेरेर चित्त बुझायौ । समाज बाट टाढा जंगलको बिचमा बसेकोले पनि सामाजिक चेतना कम हुँँदा आफुहरुलाई सहयोग गर्ने कोहि नहुँदा दुख खेप्नुपरेको बताउनुभयो । आफुहरुलाई सामाजीक सुरक्षा भत्ताका बारेमा पनि राम्रो जानकारी नहुँँदा सरकारी सेवा सुविधाबाट बञ्चत हुनुपरेको गुनासो छ । मोक्तान श्रीमान श्रीमतीले नागरीकता पनि वृद्ध अवस्थामा गत साल मात्रै पाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ यसैगरी विहान बेलुका खान नपाउने, उपचारका लागी तड्पिनुपर्ने, गाँउका हामि मात्रै हौँ कि अरु पनि छन गरिव, दुखि ? उहाँ सम्झनुहुन्छ विकास भएको भए एम्बुलेन्स आउथ्योहोला हाम्रि बुहारी पनि अहिले हामिसँगै हुन्थीनहोला।