हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

तमु समाज युएईले तमु ल्होसार फुटबल कप २०१८ प्रतियोगिताको आयोजना गर्ने

मान सिङ तमु (मानु कोन्मे) , युएई – तमु समाज युएईले आउदो डिसेम्बर २ तारिख युएईको राष्ट्रिय दिवसको (UAE Nationlal Day) दिन अल सफा पार्क जुमेराह दुबई युएईमा “तमु ल्होसार कप” – २०१८ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।


उक्त “तमु ल्होसार कप” – २०१८ फुटबल प्रतियोगिता आयोजना गर्नको लागी तमु समाज युएईका दुबई क्षेत्रीय समितिका अध्यक्ष राजु तमुको संयोजकमा तमु समाज युएईका केन्द्रिय सचिव इन्द्र तमु सह-संयोजक,तमु समाज युएईका केन्द्रिय खेलकुद बिभाग प्रमुख जम्बो तमु,तमु समाज युएई दुबई क्षेत्रीय समितिका खेलकुद बिभाग प्रमुख प्रेम तमु,तमु समाज युएई दुबई क्षेत्रीय समितिका सह-सचिव रमेश तमु,तमु समाज युएईका केन्द्रिय सांस्कृतिक बिभाग प्रमुख अमृत तमु र चक्र तिमिल्सिना रहेको छ भने “तमु ल्होसार कप” – २०१८ फुटबल प्रतियोगिता आयोजनाको लागी आयोजक तमु समाज युएईले प्रतियोगितामा सहभागिताको लागि युएई स्थित युएईमा रहेका सम्पुर्ण संघ,संस्था तथा क्लबहरु लाई खुल्ला आमान्त्रण गरेको छ।साथै खेलप्रेमी बुद्धिजीवी मानुभाव सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु लाई उपस्थिति जनाइ खेलको मनोरञ्जनको लागी हार्दिक निमन्त्रणा समेत गरेको छ।

” तमु ल्होसार कप” – २०१८ फुटबल प्रतियोगिताको लागि प्रत्येक टिमको लागि प्रवेश शुल्क – ९९९/- (नौ सय उनान्सय ) दिराम तोकिएको छ भने टिममा समावेश हुने टिमले आयोजकले गरिएको नियमहरु पालन गर्नु पर्ने भएको छ।दर्ता शुल्क खेल अगावै बुझाउनु पर्ने,११ जना खेलाडी र ५ जना जगेडा खेलाडीको नाम दिनु पर्ने (जम्मा खेलाडी संख्या-१६),सम्पुर्ण खेलाडीले अनिवार्य फुटबल बुट र जर्सी लगाउनु पर्ने,फिफाको नियमानुसार खेल खेलाइने,सम्पुर्ण सहभागी टिम बिहान ७ बजे खेलमैदानमा उपस्थित हुनु पर्ने र अन्तर्राष्ट्रिय खेलाडी समावेश गर्न नपाइने नियम आयोजक तमु समाज युएईले जनाएको छ भने टिम दर्ता गराउने अन्तिम मिति नोभेम्बर २३ तारीख सम्म तोकेको छ।
“तमु ल्होसार कप”- २०१८ फुटबलको राशी प्रथम स्थान (तमु ल्होसार कप – २०१८ फुटबल प्रतियोगिता च्याम्पियन ) को प्रथम पुरस्कार – ५,५५५/- ( पांच हजार पांच सय पच्पन्न ) रहेको छ भन्ने द्धितिय स्थान हासिल गर्ने टिमको पुरस्कार राशी द्धितिय पुरस्कार – ३३३३/- ( तीन हजार तीन सय तेत्तीस ) दिराम रहेको आयोजक तमु समाज युएईले जनाएको छ।

२५ असोज २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution