चलचित्र ‘न यता न उता’ को गीत ‘चोलीको तुना’ युट्युबमा सार्वजनिक

काठमाडौं : फिल्म ‘न यता न उता’को पहिलो गीत रिलिज भएको छ। बिहीबार युट्युबमार्फत फिल्ममा समावेश ‘चोलीको तुना’ बोलको गीत सार्वजनिक गरिएको हो ।
एकनारायण भण्डारीको शब्द तथा मिलन जलन र राजन इशानको संगीत संयोजन रहेको गीतमा गीतमा राजन इशान, मिलन अमात्य, राजन राज सिवाकोटी र मीना सिंहको आवाज सुन्न सकिन्छ। विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकारहरुको नृत्य देख्न सकिन्छ।
भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, समिर दिक्षित र मिराज रोशनलाई प्रस्तुत गरिएको छ।
मिराज रोशन र विशारद बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा बुद्धी तामाङ, रविन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सेल्सा जिरेल, जिवन भट्टराई लगायतको पनि अभिनय रहेको छ।
(Next News) मेलिना राई र आशिष सचिनको ‘पिरिम नलाउने’ रिलिज »