इजरायलमा कारको ठक्करबाट नेपाली चेली दामी ग्याल्मु लामाको निधन

तेलअविव – सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई रोजगारीको लागि लामो समयदेखि इजरायलमा कार्यरत दामी ग्याल्मु लामा नतानिया शहरमा गाडीको ठक्करबाट घाइतेभई फारसेभाको मेयर अस्पताल पुर्याइएको उपाचारको क्रमममा निधन भएको एवान नेपाल डट एनपीमा समाचार छ |
१० अक्टूवर वुधवार रातको करिव साढे८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी दामी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो ।
उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल हुन नसक्ने बताएका थिए । विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको मृतक लामाकी इजरायलमै कार्यरत वहिनी लासोङ लामाले जानकारी दिएका थिए |
मृतक लामाकी एजेन्सी एमीका अनुसार प्रहरी घटनास्थल पुगी घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ ।
श्रोत-एवान नेपाल