हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अस्ट्रेलियाका ठूला सहरमा अब आप्रवासीहरू बस्न नपाउने

अस्ट्रेलिया जाँदै हुनुहुन्छ? उसो भए थाहा पाइराख्नुस्– अब तपाईं सिड्नी, मेलबोर्न र ब्रिसबेन बस्न नपाउनुहोला।अस्ट्रेलियाका यी सहरबाट टाढा गाउँमा मात्र बस्न पाउनुहुनेछ।

अस्ट्रेलियाका यी प्रमुख सहरमा मान्छेको चाप अत्यधिक हुँदै गए पछि सरकारले यो नयाँ योजना प्रस्ताव गरेको हो। र, यो नियम नयाँ आप्रवासीहरूलाई लागू हुनेछ सिड्नी मर्निङ हेराल्डले जनाएको छ। नयाँ आप्रवासीलाई भिसा दिँदै शर्त राखेर अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रमा मात्र बस्न दिने नयाँ योजना सरकारले अघि सारेको छ। नियमअनुसार कम्तीमा पाँच वर्ष आप्रवासीहरूले ग्रामिण क्षेत्रमा बस्नुपर्नेछ।

सरकारको यो प्रस्तावित योजनामा थप के-कस्ता नियम हुनेछन् भन्ने तय भइसकेको छैन। यो योजनाले सिड्नी र मेलबोर्न जस्ता सहरमा मान्छेको चाप कम हुने र दक्ष कामदार प्रोत्साहन गर्न मद्दत गर्ने आशा रहेको अस्ट्रेलियाका जनसंख्या मन्त्री अलान टजले बताएका छन्। तर विश्लेषकहरूले भने यो नयाँ नीतिका कारण कामदार अभाव हुनसक्ने औंल्याएका छन्।

अस्ट्रेलियाको यो नयाँ योजनाले करिब ४० प्रतिशत आप्रवासी प्रभावित हुने देखिएको छ, जो यी सहरमा काम गर्न र बस्न आउँछन्। पहिलेदेखि बस्दै आएका आप्रवासीका परिवारका सदस्य र कम्पनीको ‘स्पोन्सर’ मा बसेका कामदारमा भने यो नियम लागू नहुने बताइएको छ।

ठूलो क्षेत्रफल भएको अस्ट्रेलियामा छरिएका बस्ती छन्। यहाँको जनसंख्या वृद्धिदर वार्षिक १.६ प्रतिशत छ। यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) मा आबद्ध मुलुकको तुलनामा सबैभन्दा धेरै हो।

विश्वमै सबभन्दा तीव्र गतिमा विकास भइरहेका सहरमा सिड्नी, मेलबोर्न र ब्रिसबेन पर्छन्। यसो हुनुमा आप्रवासीको ठूलो भूमिका रहेको मन्त्री टजको भनाइ छ।

बढ्दो जनसंख्याका कारण अस्ट्रेलियाका पूर्वी क्षेत्रका सहरमा पूर्वाधार विकासमा मात्र गत वर्ष करिब १५ अर्ब अस्ट्रेलियाली डलर खर्च भएको थियो। यो क्रम बेलैमा नरोकिए सन् २०३० सम्ममा खर्च करिब ४० अर्ब पुग्ने मन्त्री टज बताउँछन्।

अति घनाबस्तीका कारण सामाजिक र आर्थिक चुनौती बढेको भन्दै अस्ट्रेलिया आउनेहरूलाई साना प्रान्त र क्षेत्रमा स्थानान्तरित गर्ने योजना अघि बढेको हो।

सरकारी आँकडा अनुसार गत वर्ष झन्डै एक लाख ८० हजार जना ‘स्किल्ड माइग्रेन्ट भिसा’ मा अस्ट्रेलिया आएका थिए। कुनै कम्पनीले सम्बन्धित क्षेत्रमा दक्ष कामदार बोलाउने र सोही आधारमा त्यहाँ काम गर्न जान पाउने भिसा नै ‘स्किल्ड माइग्रेन्ट भिसा’ हो। गत वर्ष गएकामध्ये ७० प्रतिशत सिड्नी र मेलबोर्नमै बसेको सरकारी आँकडा छ।

यसरी काम गर्न गएका आप्रवासीहरू कहाँ बस्न र काम गर्न पाउने भन्ने हालसम्म नियम तोकिएको छैन। यही कारण एक–दुई ठाउँमा मात्र अत्यधिक चाप भएको अधिकारीहरूको भनाइ छ। सेतोपाटी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution