हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

संयुक्त राष्ट्र संघको राजदूतबाट निकी हेलीको राजीनामा, राष्ट्रपति ट्रम्पलाई ठूलो झट्का

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले मंगलबार आफ्नो पदबाट राजीनामा दिएकी छिन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको राजीनामा स्वीकृत पनि गरेका छन् । तर के कारणले हेलीले राजीनामा दिइन् भन्ने भने खुलासा भएको छैन । पहिले सन् २०२० को राष्ट्रपति चुनावमा उम्मेदवार बन्नका लागि हेलीले राजीनामा दिन लागेको हल्ला चलेको थियो । तर संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत हेलीले राजीनामा दिँदै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने हल्लामात्रै भएको बताइन् । उनले आउँदो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा नै प्रचारप्रसार गर्ने बताइन् ।

अमेरिकी सञ्चार माध्यमका अनुसार निकी हेलीले गएको हप्ता ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेटेकी थिइन् । त्यसबेला नै उनले राजीनामा दिन लागेको कुरा बताएकी थिइन् ।

त्यसपछि राष्ट्रपति ट्रम्पले नै ट्वीट गर्दै भनेका थिए, ‘मंगलबार ह्वाइट हाउसको ओभल कार्यालयमा मेरी साथी निकी हेलीले एउटा ठूलो निर्णय लिँदैछिन् ।’

संयुक्त राष्ट्र संघका लागि अमेरिकाको स्थायी प्रतिनिधि बन्नुभन्दा पहिले निकी हेली साउथ क्यारोलाइनाको गभर्नरका रुपमा कार्यरत थिइन् । भारतीय मूलकी हेली राष्ट्रपति ट्रम्पकी करिबी मानिन्छन् । यस्तो अवस्थामा उनको राजीनामा राष्ट्रपति ट्रम्पका लागि ठूलो झट्काका रुपमा लिइएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution