हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

शंखमुलमा एनआरएन पार्क निर्माण पुरा

एनआरएन डे अर्थात् आगामी अक्टोबर ११ का दिन विशेष कार्यक्रमबीच उक्त पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको एनआरएनए उपाध्यक्ष एवं पार्क परियोजना संयोजक कुल आचार्यले लन्डनमा जानकारी दिए । बाग्मती सफाइ अभियानसँग चार वर्षअघि एक एमओयू गरेर पार्क निर्माण सुरु गरिएको थियो ।

सुरुमा एक करोड ६२ लाख रुपैयाँ लागतमा निर्माण गर्न ठेक्का दिइएपनि भूकम्प, डिजाइन परिवर्तन, ढिलाइ आदि कारणले लागत बढेको आचार्यले बताए ।

स्पेनमा भएको युरोपेली सम्मेलनमा आचार्यले शंखमुल पार्क बनाउन चन्दा आव्हान गरेपछि एउटै कार्यक्रममा एक करोड ४२ लाख रुपैयाँ उठेको थियो । बाँकी रकम चन्दाबाटै संकलन गरिएको हो ।

आचार्यले अहोरात्र खटिने संघका अध्यक्ष भवन भट्ट र सहयोगदाता सबैप्रति आभार व्यक्त गरेका छन् ।

मन्दिरलाई थोरै छुटटयाएर बाँकी जग्गामा निर्माण गरिएको उक्त पार्क साँझ हिँड्डुल गर्न सबै उमेर समूह र विशेषगरी युगल जोडीलाई समय बिताउन प्रमुख आकर्षण बन्ने विश्वास एनआरएनको छ ।

पार्क्भित्र केटाकेटीका लागि खेल्ने ठाउँ पनि छ । स्तुपा, शौचालय र पानी पर्दा ओतमा बस्ने व्यवस्था समेत गरिएको आचार्यले बताए ।

‘आफूले थालेको प्रोजेक्ट सकिँदा खुसी छु’, लन्डनका एकजना सफल व्यवसायी आचार्यले भने, ‘नेपाल सरकारले नागरिकता निरन्तरताको व्यवस्था गरेर मातृभूमिसँग जोडिइराख्ने वातावरण बनाइदिए हामी विदेश बस्ने नेपालीले जन्मभूमिलाई नै हो माया गर्ने ।’

संघले पार्कसहित आफ्नो केन्द्रीय भवन र लाप्राक बस्तीलाई मेघा प्रोजेक्टका रुपमा काम गरिरहेको थियो । भवन निर्माण पनि अन्तिम चरणमा छ । तर, धेरैले अपेक्षा गरिरहेको लाप्राक बस्ती निर्माण भने अझै ५० प्रतिशत जति बाँकी रहेको केन्द्रीय उपाध्यक्ष आचार्यले जानकारी दिए ।

‘भूकम्प आएको दिन वैशाख १२ मै हस्तान्तरण गर्ने हिसाबले काम भइरहेको छ, आशा छ हामी सफल हुनेछौं’, आचार्यको विश्वास छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution