हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

तामाङ समाज उत्तर अमेरिकाको महत्पूर्ण निर्णयहरु र कार्य योजना, विवाद समाधान समन्वय समिती गठन

याम्बु – तामाङ समाज उत्तर अमेरिकाको अध्यक्ष लक्यान लामाको अध्यक्षतामा कन्फरेन्स् कल मार्फत सल्लहाकारहरु, राज्य स्तरका अध्यक्षहरु र कार्यसमितीको संयुक्त बैठकले सर्वसम्मत महत्वपुर्ण निर्णयहरु पारित गरेको छ |

विवाद समाधान समन्वय समिती गठन

न्युयोर्क राज्यमा आधिकारिक तदर्थ कमिटी मार्फत न्युयोर्क निवासी तामाङ समुदायलाई आव्हान गर्दै सम्पुर्ण प्रकृया पुरा गरेर तामाङ सोसाईटी अफ न्युयोर्क गठन हुदै गर्दा केही साथीहरुले चित्त नबुझिएको कुरा राख्दै हलबाट बाहिरिएर उपस्थित नै नभएका व्यक्तिहरुको सुचि बनाएर समानन्तर कमिटी बनाउदै आफुहरु आधिकारिक हो भन्दै सामाजिक संजालमा मिडियाबाजी गरेपछि आएको समस्यालाई विभिन्न माध्यमबाट केन्द्र र राज्य स्तरका आधिकारिक व्यक्तिहरुको पहलमा समधान गर्न खोज्दा पनि हाल सम्म विभिन्न कारणले गर्दा समस्या समधान नभएको तर अहिले आएर झन ‘तामाङ समाज अमेरिका”नाम गरेको संस्था नै दर्ता गरि अघि बढेकोले यस किसिमको समस्याले समग्र न्युयोर्क तामाङ बासी नै आलोचित भएको महसुस गर्दै आजको यस बैठकले संस्थाको सल्लाहकार विध्यासागर योन्जन तामाङको संयोजकत्वमा पॉच सदस्यीय ‘विवाद समाधान समन्वय समिती’ गठन गरेको छ |

विध्यासागर योन्जन तामाङ

समितिको संयोजक विध्यासागर योन्जन, क्यालिफोर्निया (वर्तमान सल्लहाकार),सदस्यहरु ईन्द्र तामाङ, न्युयोर्क (वर्तमान सल्लहाकार), लोक लामा, न्युह्यम्सार (वर्तमान सल्लहाकार),कुमार दोङ (अध्यक्ष-तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया) र डोल्मा लामा, लस एन्जल्स् (महासचिव, तामाङ समाज उत्तर अमेरिका) रहेका छन् |

स्पस्टिकरणको जवाफ नआएकोमा जिम्मेवारीबाट मुक्त

सल्लाहकार समितीको शान्तबाबु थोकर, सल्लहाकार भोजराज थोकर र विश्व तामाङ सम्मेलन समन्वय उपसमितिका संयोजक भरतराज लामालाई स्पस्टिकरणको लागि पत्रचार गरेकोमा कुनै पनि जवाफ नआएकोमा वहाँलाई सम्बन्धित पदीय जिम्मेवारीबाट मुक्त गरिएको छ |

आर्थिक संकलन समिति

अन्तराष्ट्रीय तामाङ काउन्सिलको चौथो सम्मेलन भारतको मिरिकमा डिसेम्बर १४, १५ र १६ मा हुने सम्मेलनको निमन्त्रण समेत प्राप्त भसकेको र तामाङ समाज उत्तर अमेरिकाले आफ्नो धारण सहित विशेष भुमिका बहन गर्दै भव्य र सभ्य रुपमा सम्मेलन सफल बनाउन आर्थिक ज़िम्मेवारी समेत बहन गर्दै भाग लिने बैठकले औपचारिक निर्णय गरेको छ । बैठकले समय मिलाउन सकिने सबैलाई सहभागीका लागी आव्हान गर्ने र आर्थिक संकलनका लागि कुमार दोङको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन समिती गठन गरेको छ |

कुमार दोङ

समितिको संयोजक कुमार दोङ , अध्यक्ष, सान फ्रानसिस्को,सदस्यहरुमा बुद्ध लामा ,वर्तमान सल्लहाकार (बोस्टन- सदस्य) र दीपेन्द्र लामा , सचिव -तामाङ सोसाईटी अफ न्युयोर्करहेका छन् |

कार्यसमितीको सदस्य र सल्लाहकार मनोनित

संदिप लामा (गोले)

विधानमा व्यवस्था भए बमोजिम अध्यक्षबाट कार्यसमितिमा मनोनित २ (दुई) सदस्य मध्ये बाकी रहेको एक सदस्य पदमा कोलोराडो निवासी “पहिलो नर्थ अमेरिका तामाङ सम्मेलन” का प्रतिनिधि संदिप लामा (गोले) लाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ |

यसैगरी कार्यसमितिलाई विभिन्न माध्यमबाट सहयोग दिन सक्ने व्यक्तिहरु, समाजमा विभिन्न कालखण्डमा विशेष विशेष भुमिका खेलि रहनु भएका वा खेल्नु भएका अग्रजहरु एवं समाजलाई अझ मजबुद बनाउन योगदान दिन सक्ने महानुभावहरुलाई विधान मुताविक सल्लहाकारमा मनोनित गर्न सक्ने व्यवस्था भएकोमा सल्लाहकारमा रत्तु लामा,प्रकाश लामा (सान फ्रानसिस्को) र फुर्वा घिसिङ (न्युह्मसार) मनोनित गरेको छ |

North America Tamang Professional Network committee:

भावि दिनहरुमा विश्व भरिका दिग्गज तामाङहरुलाई एकै फोरममा गोलबन्द गर्दै उहाहरुको अनुभव र दक्षताको उपयोग गर्दै समग्र तामाङ जातीको उत्थानमा योगदान पुर्याउने उदेश्य मुताविक तामाङ समाज उत्तर अमेरिका अघि बढि रहेको परिपेक्षमा हाललाई उत्तर अमेरिका भरिका विभिन्न क्षेत्रमा विशेष दखल भएका तामाङहरु/ विधार्थीहरुलाई गोलबन्द गर्न र उहाहरुको अनुभव समाजमा उपयोगी सिद्द गर्नका लागी तामाङ सोसाईटी अफ ग्रेटर डिसीका अध्यक्ष उत्तर लामाको संयोजकत्वमा “North America Tamang Professional Network committee” गठन गरिएको छ |

उत्तर लामा दोङ

समितिको संयोजक उत्तर लामा दोङ,सदस्यहरु मोहन वाईबा , निमा पाख्रिन,बर्षा मोक्तान , सुर्य मोक्तान र शंकर तामाङ रहेका छन् | आवश्यक अनुसार संयोजकले सदस्यहरु थप गर्न सक्ने निर्णय भएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution